A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 63

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 63
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 73

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 73
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

eHimalayatimes | | विदेशिएका युवा र हराएका पिङ
29th September | 2020 | Tuesday | 3:13:48 PM

विदेशिएका युवा र हराएका पिङ

बिनु लुइँटेल   POSTED ON : आश्विन २९, २०७६ (९:४४ AM)

विदेशिएका युवा र हराएका पिङ

बाल्यकालमा घरमा जमरा राखेपछि र डाडाँमाथि पिङ हालेपछि बल्ल दशैँ आएको महसुस हुने गर्दथ्यो । वर्षभरि  शहरमा बसेर कामकाजमा व्यस्त रहने भएपनि चाडपर्व र रमाइलाले सबैलाई गाउँमै तान्ने गर्छ । 

सधैँको जस्तो यस वर्ष पनि दशैँ आएर गइसकेको छ तर जतिवटा दशैँ आउँदै जाँदै गर्छ त्यति नै दशैँका पुराना कुराहरू गुम्दै गएको हामी महसुस गर्न सक्छौँ । दशैँ तिहारजस्ता चाडपर्वका समयमा गाउँघरमा राखिने लिंगेपिङ हराउँदै जान थालेका छन् भने गाउँघरमा युवा जनशक्ति कम भएर पनि यस्तो  भएको हुनसक्छ । बजार क्षेत्रमा मनोरञ्जनका अन्य धेरै साधन हँुदा पिङ बनाउने परम्परा पातलो हुँदै गएको छ । पहिले पहिले दशैँ आउन लाग्दा गाउँघरका साथीभाइ जम्मा भएर लिंगेपिङ राख्ने चहलपहल हुन्थ्यो, बाँस काट्ने, बाबियो काटी डोरी बाट्ने चटारोसँगै दशैँ आएको भान हुन्थ्यो । अहिले त पिङ पनि नौलो हुन थालिसकेको छ । केही वर्षअगाडिको दशैँको रौनक नै बेग्लै हुने गर्दथ्यो । पाँच वर्षमात्र पछाडि फर्किएर हेर्ने हो भने समयमै गाउँघर जाने सर्वसाधारणको लहर नै लाग्थ्यो भने गाउँभरि युवा पुस्ताहरू भेला भएर रोटे र लठ्ठे पिङ बनाउँन प्रतिस्पर्धा नै गर्दथे । दशैँको टीकाको जति महŒव छ त्यति नै महŒव दशैँमा खेलिने लठ्ठे र रोटे  पिङको थियो । पिङबिनाको दशैँ के दशैँ, गाउँघरको भञ्ज्याङ चौतारीमा खरको लठ्ठे पिङ बनायो अनि खेल्यो आहा∕ कति मज्जा हुन्थ्यो तर अहिले गाउँघर पूरै सुनसान जस्तै बनिसकेका छन् भने रोटे र लठ्ठे पिङ पनि बिस्तारै हराउँदै छन् ।  गाउँमा पिङ बनाउने कोही मानिस नै देखिँदैनन् । गाउँका धेरै जसो घरमा महिला, वृद्धवृद्धा र बालबालिकामात्र भेटिन्छन् । साथीभाइ मिलेर दशैँ आउनुभन्दा एक महिनाअघिदेखि नै पिङ बनाउने सल्लाह हुन्थ्यो । अहिले युवाहरू कोही विदेशिएका छन् त कोही शहर पसेका छन् । गाउँ रित्तो देखिन्छ । केही वर्षअगाडि  दशैँको जुन माहोल गाउँघरमा देखिन्थ्यो अहिले त्यो सबै हराउँदै गएको छ । 

दशैँका बेला भने सम्झेर एकपटक भए पनि युवाहरूको जमात गाउँमा बाक्लै हुन्थ्यो तर अहिले त्यस्तो छैन । समयसँगै पर्वको रौनकमा पनि फेरबदल आएको छ । टीका लगाउनेबित्तिकै पिङमा मच्चिएर भुईं छोड्नुपर्छ भन्ने भावना थियो । अहिले यस्तो भावना पनि हराउँदै गएको छ । आफ्नो बाल्यकालमा चारपाँचवटा पिङ एकैदिन चहारेर भ्याउने हामीजस्ता युवापिँढीका लागि यो इतिहास बनिसकेको छ । गाउँमा यतिखेर चर्खे पिङ त राख्नै छोडिसकेको अवस्था छ  । लठ्ठेपिङ कताकति  छिटफुट रूपमा देख्न सकिन्छ । वर्षमा एकपटक आउने महान् चाड दशैँका बेला साथीभाइ जम्मा हुने माध्यम यस्तै  पिङहरू बन्ने गर्थे, यसले भ्रातृत्वको सम्बन्धलाई पनि प्रगाढ गराउँछ तर गाउँघरमा युवा पुस्ता नहुनु र भएकाले पनि संस्कृतितिर त्यति ध्यान नदिनुका कारण पिङ हराउँदै जान थालेका हुन् । बिस्तारै हाम्रो चाडपर्व मनाउँने चलन फेरिँदै गएको छ भने हामी बदिलइरहेका छौँ । हाम्रा संस्कारमा पनि परिवर्तन आएको छ । पहिला दशैँ कहिले आउला भन्ने हुन्थ्यो तर अहिले दशैँ आएको पनि पत्तै हुँदैन । पर्वमा रमाउन हामीले भुलेका छौँ । जुवातास र मध्यपानमा मात्र ध्यान दिनुभन्दा लोप हुने अवस्थामा रहेको दशैँ आएको आभाष दिलाउने पिङमा पनि ध्यान पुगे पर्वको पनि महŒव बढ्छ तर अहिले गाउँ होस् या शहर  दशैँ आयो गयो भन्नुसिवाय केही भएको देखिँदैन ।  बसाइँसराइ र वैदेशिक रोजगारीका कारण गाउँघरमा युवाको जमात कम हुनुले यसमा प्रभाव पारेको छ ।

दशैँ मान्नकै लागि देशका ठूला शहर र विदेशबाट आएका युवासमेत पिङ बनाउने तथा खेल्ने काममा खासै चासो  दिँदैनन् । उनीहरू इन्टरनेट चल्ने ठाउँको खोजीमा देखिन्छन् । युवाको अभावका कारण दशैँमा खेलिने चर्खे र लठ्ठेपिङ हराउँदै गएका छन् । दशैँमा बनाइने काठेपिङका लागि आवश्यक काठसमेत पछिल्लो समय लोप हुँदै गएको छ । पिङमात्र होइन यतिखेर घरघरमा पुग्ने सडक बनेका कारण विगतमा जस्तो बाटोमा चहलपहल, पैदलयात्रीको ओहोरदोहोर गाउँघरमा देखिनै छोडिसकेको छ भने दशैँका बेला राखिने पिङ खेल्नेको भिड देखापर्न छोडेको छ । वृद्धवृद्धा र बालबालिकामात्रै भेटिने गाउँघरमा न पिङको लागि लठारो बाट्ने मान्छे  छन् न त काठ नै ।  काठ बोक्न सक्ने युवा कोही रोजगारीको सिलसिलामा विदेशमा छन् भने कोही देशका ठूला शहर छिरेका छन् । दशैँको बेलामात्रै टीका थाप्न गाउँ आउने युवाले पिङ हाल्ने समय पाउँदैनन् र पाएपनि तिनले यसतर्फ खासै चासो देखाउँन छोडेका छन् । युवा पिँढीले मनोरञ्जनका लागि टेलिभिजन, सिनेमाघर, इन्टरनेट आदि विभिन्न साधनको प्रयोग बढाउँदैै लानु र शहरी जीवन आफैँमा व्यस्त बन्दै गएका कारण शहर बजारमा पिङ राख्ने चलन कम हुँदै गएको सामाजिक अगुवाहरूको भनाइ छ । 

सामाजिक अभियान्ता तथा संस्कृतिविद् भीमेश्वर घिमिरे भन्छन्, ‘नेपालका मौलिक परम्परा र संस्कृति संरक्षणका लागि यस्तै सानासाना परम्परागत कार्यको जगेर्ना गर्दै नजाने हो भने भोलिका पुस्ताले पिङ पुस्तकमा मात्र देख्न पाउने छन् ।’  युवा पुस्ताले समयमै यसको संरक्षणमा ध्यान नदिने हो भने हाम्रा मौलिक परम्परा र संस्कृति लोप भएर जाने कुरामा चिन्ता व्यक्त गर्दै समयमै यसलाई जोगाउन लाग्नुपर्ने उनको भनाइ छ । 

 


Views: 202

सम्बन्धित सामग्री: