A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 63

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 63
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 73

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 73
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

eHimalayatimes | | डा. केसी मर्नु हुँदैन
7th August | 2020 | Friday | 8:30:35 PM

डा. केसी मर्नु हुँदैन

गोविन्द लुइँटेल   POSTED ON : कार्तिक २७, २०७६ (९:५१ AM)

डा. केसी मर्नु हुँदैन

डा. गोविन्द केसी सुदुरपश्चिमको डडेल्धुरामा आमरण अनशनमा छन्; नौ दिन भएको छ । उनको माग सदावहार एकै प्रकृतिको हुन्छ, अहिले पनि उही हो । चिकित्सा शिक्षामा व्यापार भयो; यसरी स्वास्थ्य सेवा राम्रो हुँदैन; यसमा सुधार गर्नुप-यो; विश्वविद्यालयहरूमा भारी सुधार गर्नुप-यो; थिति बसाल्नु प-यो ता कि कुनै व्यक्तिले मनपरी गर्न नपाओस् । यसो ग-यो भने जहाँ जहाँ बसे पनि नागरिकले सुलभ ढङ्गले उपचार सेवा पाउँछन्; कुशाग्र छ भने विपन्न परिवारको विद्यार्थी पनि चिकित्सक हुनसक्छ ।

डा. केसीको माग यसकै सेरोफेरोमा छ जहिल्यै पनि । यसो भनेर उनले के बिगारेका छन् र ! तर यहाँ त उनले सबैथोक हरण गर्न खोजेस्तो गरी एक थरीले आगो ओकल्ने गरेका छन् । आगो ओकल्ने तिनै हुन् जसले मेडिकल शिक्षाका नाममा वर्षौंदेखि लुट मच्चाएका छन् र जसले तिनलाई लुट मच्चाउन छुट दिएका छन् । तिनका लागि डा. केसी विषवृक्ष हुन् । तिनीहरू यो वृक्ष ढाल्न चाहन्छन् । यसो हो भने यो विषवृक्ष अझै फैलिनुपर्छ; थुप्रै बिरुवा उमार्नुपर्छ । 

विकट जुम्ला पुग्दा होस् कि अलिक सुगम इलाम, उनलाई अनशनस्थलबाट उठाएर काठमाडौं ल्याउन पाए कानमा तेल हालेर बसे हुन्छ भन्ने मानसिकता छ शासनाधिकारीको । डडेल्धुरामा पनि यस्तै प्रयास भएको छ । एकपटक नसकेर के भयो र ! हेलिकोप्टर छँदैछ, प्रहरी छँदैछ, जति बेला पठाए पनि भइगयो । इलामबाट काठमाडौं आएपछि डा. केसी आफैँले अनशन त्यागे । इलाममा प्रतिरोधी अनशनकारी पनि भेटिए । सत्ताले चाहेपछि जे पनि भेटिन्छ । डा. केसीलाई थाहा छ, इलामबाट काठमाडौं जानु र डडेल्धुराबाट जानुमा तात्विक अन्तर केही पनि छैन । दुवैको नियति एकै हो । 

सरकारमा नेकपा एमालेका नेता प्रधानमन्त्री थिए । डा. केसी अनशनमा थिए । वहसको केन्द्रमा थियो काठमाडौंको मनमोहन मेडिकल कलेज । एमाले नेताहरू डा. केसी मनमोहन मेडिकल कलेजका विरुद्ध अनशन बसेका हुन् भनेर आक्रोशित थिए । अर्कोपटक झापाको बिएमसी मेडिकल कलेज यसै गरी वसहमा आयो । त्यस्तै आक्रोश प्रकट भयो । डा. केसी अनशन बस्न छाडेनन् । उनी मरेनन् । अझै मरेका छैनन् । उनी पागल पनि भइसकेका छैनन् । विषवृक्ष ठान्नेहरूले पागल भने पनि कुनै मनोचिकित्सकले आजसम्म भनेको छैन । भनेछ भने हो रहेछ भनौँला । 

डा. केसी डडेल्धुरामा आमरण अनशन बसेको आठौं दिन शिक्षामन्त्रीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनलाई अनशन त्याग्न सुझाव दिए । यस्तो सुझाव किनभने अहिले सरकारलाई उनको अनशन र स्वास्थ्यका कुरामा ऊर्जा खर्च गर्ने फुर्सद छैन । छिमेकी भारतले सीमा मिचेको छ । कालापानी, लिपुलेकदेखि लिम्पियाधुरासम्मको नेपाली भूभाग अतिक्रमण गरेको छ; सैनिक क्याम्प राखेको छ र सिङ्गो देश यतैतिर केन्द्रित भएकोले झिनामसिना कुरामा ऊर्जा खर्च गर्नु उचित छैन । उनका विचारमा यो अनशनले नेपाली भूमि अतिक्रणबाट जोगाउन चाहिने ऊर्जा नष्ट हुन्छ । 

शिक्षामन्त्रीको भनाइअनुसार कतै हामी अब भारतसँग युद्ध गरेर पो हाम्रो जमिन फिर्ता गर्ने तयारीमा त छैनौँ भनेर एकछिन टाउको रन्थनाउनु अचम्म भएन । मानौँ भारतले हालसालै हाम्रो जमिन मिचेको हो र भारतले नयाँ नक्सा निकालेपछि हाम्रो सरकारले थाहा पाएको हो । देशको सीमानाबारे थोरै चासो राख्ने जो कोहीले झण्डै ६० वर्षअघि नै थाहा पाएको हो । अतिक्रमण विरुद्ध आवाज उठेकै हो । हो, यति बेला यसले सघन रूप लिएको छ र विवाद सुल्झाउन पहल गर्ने एउटा मौका पनि आएको छ । सीमा विवाद सुल्झाउन र आफ्नो भूमि रक्षा गर्न नेपाल सरकारले गर्ने राजनीतिक, कूटनीतिक वा अन्य आवश्यक पहलमा डा. केसीको अनशन कति बाधक हुन्छ भन्ने यो बबुरोको मथिङ्गलमा छिरेन । त्यो बाधा शिक्षामन्त्री जान्लान् वा विधाता । 

डा. केसी आमरण अनशन बसे । बाढीपहिरो आयो अनि उनले अनशन त्यागे । अर्को पल्ट नजिकै दशैँ आयो, कहिले नाकाबन्दी, कहिले के । फेरि उनले अनशन त्यागे । यसपालि उनको आमरण अनशनकै मौका पारेर भारतले हाम्रो भूमि आफूमा गाभेको देखाएर नक्सा निकाल्यो । मानौँ नेपाल डा. केसीको आमरण अनशनमा भुल्ने भएकाले नेपाली भूमि कब्जा गरेको ग-यै पार्न भारतलाई सजिलो हुनेछ । शिक्षामन्त्रीले भनिसके देशमा अर्कै वहस छ, अनशनमा ऊर्जा खर्च गर्ने समय छैन । त्यसो भए सरकारले सङ्कटकाल घोषणा गर्ला, युद्ध छेड्ला अथवा डा. केसीलाई मर्न डर लाग्ला र आखिरमा अनशन त्याग्लान् । 

सरकारले आफ्नो भूमि जोगाउन पहल गर्नै पर्छ । एकपछि अर्को प्रयास गर्नै पर्छ । ऐतिहासिक तथ्य प्रमाणका आधारमा भारतसँग राजनीतिक, कूटनीतिक र अन्य जो चाहिने पलह गर्नै पर्छ । भारत त मिचाहा हो, अतिक्रमकारी हो, पीडक हो । उसले अवश्य पनि लौ तिम्रो जमिन छोडिदिएँ भन्नेछैन । आफ्नो भूमिको माया प्रत्येक नेपाली नागरिकलाई छ, चाहे त्यो अति नै निर्जन र अगम्य किन नहोस् । नेपाली नागरिकले ‘नालापानी किल्लामा, नसुती चारै प्रहर, खुबैसित लडे थे, बलभन्द्र कुँवर,... आइमाईमान्छे ओइरेर, केटाकेटी धुइरेर,... मूला काटे झैँ काटी, खुकुरी घुमे फनन...’ भन्ने इतिहास पढेका छन् । नपढेकाले सुनेका छन् । पूर्वमा तिष्टा र पश्चिममा कुमाउ गढवालसम्म हाम्रो सीमाना थियो भन्ने पनि प्रत्येक नेपालीलाई थाहा छ । वीर पुर्खा लड्दा लड्दै पनि अनेक दाउपेचले हामी मेची–कालीमा खुम्चियौँ । भइगयो भनेर मान्यौँ तर भारत हामीलाई निमुखो ठान्दो छ । 

तै पनि भन्नै पर्छ; आजका दिनमा डा. केसीको आमरण अनशन र भारतले हाम्रो भूमि अतिक्रमण गरेको घटनाबीच कुनै साइनो छैन । साइनो खोजेर टार्न सके सरकारको सफलता मान्नुपर्ला । अथवा डा. केसीले नै साइनो खोज्लान् । 

डा. केसी सोह्रपटक अनशन बसिसके । अहिलेको सत्रौँ हो । एउटै कुरामा सत्रपटक अनशन त त्यो व्यक्तिमात्रै बस्न सक्छ जसलाई मृत्युको भय छैन । चिकित्सा शिक्षामा बितेका चार–पाँच वर्षमा, नगन्य नै सही, जति सुधार भयो; त्यो उनकै कारणले भयो नत्र बेथिति देखेका भरमा कुनै नेता र सरकारको कानमा बतास लाग्ने थिएन । 

शिक्षा होस् कि स्वास्थ्य, निजी लगानी हुन नदिने वा भएको लगानी फिर्ता दिने सामथ्र्य कुनै पनि सरकारसँग हुनेछैन समाजवादको जत्रै ठूलो दमाहा बजाए पनि । असीमित लुट रोकियोस् र एउटा मेधावी विद्यार्थी पैसा नभए पनि डाक्टर भएर सेवा गर्न पाओस् । यति गर्न सके धेरै गरेको हुनेछ । जो थालनी भएको छ; डा. केसी मर्नबाट डराएका भए शायद सम्भव हुने थिएन । 

डा. केसीलाई मर्न डर छैन तर अहिल्यै मर्नु हुँदैन । सत्रपटक अनशन बसेका डा. केसी अब एउटा व्यक्तिमात्रै होइनन्; चिकित्सा क्षेत्र सुधारका अभियान हुन्; बेथितिविरुद्धका आन्दोलन हुन् । बहुजन हिताय निःस्वार्थ त्यागका प्रतीक हुन् । उनी सत्याग्रही हुन् । यो अभियान जनजनमा फैलिनुपर्छ≤ आन्दोलन चर्किनुपर्छ । आन्दोलन भनेको नाराजुलुस र हड्तालमात्रै होइन; चेतना विस्तार हो । चेतनासँग हेपाहा हच्किन्छ । नेपालको सन्दर्भमा बहुसङ्ख्यक विपन्नको हितका खातिर त्याग हो । महाकवि देवकोटाले भनेझैँ आफू मिटाई अरूलाई दिनु हो । यही हो साँचो सत्याग्रह । आफूलाई मिटाउने साहस त गोविन्द केसीहरूमा मात्रै हुन्छ । आज एक जना गोविन्द केसी छन्; थाहा छैन अर्को जन्मिन कति समय लाग्छ । त्यसैले डा. केसी यति चाँडै मर्नु हुँदैन । जसले मर्नबाट जोगाउने अपेक्षा गरिएको हो उसले छाडिसकेको छ । जुम्ला र इलामले चेतनाको त्यो सन्देश दिइसकेका छन् । डडेल्धुराले त्यो सन्देशको मर्म बोध गर्नुपर्छ । डा. केसी मर्नु हुँदैन । मरोस् भन्नेको इच्छा पूरा हुनु हुँदैन । निमुखा र विपन्न नेपालीलाई घात हुनु हुँदैन ।   

प्रिय पाठक ! यति लेखिसक्दा डा. केसीले अनशन स्थगित गरेको समाचार आयो । 



Views: 519

सम्बन्धित सामग्री:

A PHP Error was encountered

Severity: Warning

Message: Invalid argument supplied for foreach()

Filename: site/single.php

Line Number: 81

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/views/frontend/site/single.php
Line: 81
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/core/MY_Controller.php
Line: 38
Function: view

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 87
Function: loadView

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once