A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 63

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 63
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 73

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 73
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

eHimalayatimes | | चेत नभएका लोकतन्त्रवादी
7th August | 2020 | Friday | 9:43:07 PM

चेत नभएका लोकतन्त्रवादी

राजन कार्की   POSTED ON : कार्तिक २८, २०७६ (९:४३ AM)

चेत नभएका लोकतन्त्रवादी

गल्लीको साञ्चा पहलमानले गलियारी बस्तीलाई पिर्छ । गाउँले पहलमानले गाउँभरि आतंक फैलाउँछ । सहरको गुण्डाले सहर तर्साउँछ । देशको गुण्डाले देशैभरि सनसनी फैलाउँछ । यस्तै गुण्डागर्दी दक्षिण एसियामा सुरु भएको छ र बलियामा खोट देखिँदा निर्धो नेपाल चोटग्रस्त हुनपुगेको छ । चोट लाग्नै नदिने, लागे बचाउन सरकार चाहिएको हो । सरकार आफ्नो जवाफदेहितामा अकर्मण्य छ, असफल छ । सरकार छ तर लोककल्याण र राष्ट्रसेवामा छैन ।

कुनै पनि जोखिमसँग सामना गर्न नैतिक बल चाहिन्छ । अमेरिकासँग उत्तर कोरिया नैतिकता र एकताको शक्तिले लडिरहेको छ । खासगरी निर्धाहरूको बल नै एकता र नैतिक बल हो । कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतले राजनीतिक नक्सामा हालेपछि नेपाल ठगिएको छ, लुटिएको छ र न्यायका पक्षमा राजनीतिक, कूटनीतिक र न्यायिक कुन बाटो अपनाउने अथवा सबै उपाय अपनाउने भन्ने द्विविधामा परेको छ । वीरका सन्तानहरू सडकमा आक्रोश पोखिरहेका छन् । राजनीतिक क्षेत्र र आम नागरिकको समेत शक्ति सरकारले पाएको छ तर त्यो ऐतिहासिक शक्तिलाई स्वाधीनता र सार्वभौमिकताका लागि प्रयोग गर्नुपर्छ भन्ने हौसला, अक्किल र आँट सरकारले देखाउन सकिरहेको छैन ।

सत्तापक्ष अर्थात् कम्युनिष्टहरू राजा महेन्द्रले पञ्चायत टिकाउन कालापानी दिएको कोकोहोला मच्चाइरहेका छन् । इतिहास भन्छ सन् १९५२ मै भारतले १८ सैनिक पोष्ट नेपालको उत्तरी भेगमा राखेको थियो, जसलाई राजा महेन्द्रले १९६९ मा हटाउने काम गरे । राजा महेन्द्रको प्रत्यक्ष शासनकाल सन् १९६० डिसेम्बर २५ देखिमात्र सुरु भएको हो ।

पञ्चायतलाई समर्थन गरेकाले कालापानी भारतलाई दिएको होइन, भारतले कालापानीमा बस्न पाऊँ भनेर भारतले पत्र लेखेको इतिहासका ज्ञाताहरू बताउँछन्, त्यो पत्र सत्ताधारीले सार्वजनिक गर्नुपर्छ । कालापानी नेपालको हो भन्ने प्रमाण त्यही पत्र हुनसक्छ । यो समय इतिहासका राजालाई दोष दिएर जिम्मेवारीबाट पन्छिने होइन, जिम्मेवार बन्ने समय हो । संकटको सामना गर्नुपर्छ भनेर कथित लोकतन्त्रवादीहरूलाई किन चेत खुल्दैन ?

कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपाल हो र यो समस्याको सुरुवात १८ औँ प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको शासनकालमा सुरु भएको हो । उनीपछि टंकप्रसाद आचार्य, केआई सिंह, सुवर्णसमशेरहरू पनि शक्तिशाली भएका थिए, कसैले यो समस्याको उठान बैठान गरेनन् । विपी कोइराला २२ औं प्रधानमन्त्री हुन् । कांग्रेसको ज्यादतीबाट देश बचाउन र देशको अस्तित्व जोगाउन राजा महेन्द्रले सन् १९६० बाट प्रत्यक्ष शासन सुरु गरेको देखिन्छ । यो विगत हो, वर्तमानमा हामी सकसमा छौँ ।

नेपालको सत्तामा विपीपछि सूर्यबहादुर थापा, डा तुलसीप्रसाद गिरी, नगेन्द्रप्रसाद रिजाल, कीर्तिनिधि विष्ट, लोकेन्द्रबहादुर चन्द, मरिचमान सिंहजस्ता व्यक्तिहरू प्रधानमन्त्री भए । यी शाही शासनकालका प्रधानमन्त्री थिए । यिनले सीमा समस्यामा ध्यान दिएनन्, समाधान गर्न सकेनन् । सन् १९९० अर्थात् २०४६ सालपछि बहुदलीय शासन सुरु भयो । कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा प्रधानमन्त्री भएका थिए । उनीहरू भारतको दबदबामा यसरी थिचिए कि तिनले सीमा समस्याको बारेमा कहिल्यै बोलेनन् । मनमोहन अधिकारीले बोल्न खोजेका थिए तर उनको कार्यकाल ९ महिनामै टुंगियो, टुंग्याइयो ।

जनआन्दोलन सफल भयो, लोकतन्त्र आयो । लोकतन्त्र आएपछि विस्तारविरुद्ध सुरुङयुद्ध गर्ने, १९५० को सन्धि खारेज गर्ने, नयाँ नेपाल बनाउनेजस्ता सपना देखेका र चर्को कुरा गर्ने प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, केपी ओलीहरू पटकपटक प्रधानमन्त्री भए । सत्तामा गएपछि कसैले स्वाधीनताको, सीमाको, सार्वभौमिकताका बारेमा सोचेनन्, मुद्दै उठाएनन् । फलतः यतिबेला भारतले आफ्नो नक्सामा कालापानी, लिपुलेक, लिम्पियाधुराका जल, जमिन, जंगल, गाउँ सबै समेटेर भारत हो भन्ने दाबी गरेको छ । दक्षिण एसियामा सिक्किम, काश्मीरपछि नेपालमाथि उसले साञ्चा पहलमानी देखाएको छ । नेपाली शासनसत्ता थुरथुर काँपिरहेको छ ।

यसैको विरोधमा नेपाली समाज आन्दोलित भएको छ र सरकारलाई अतिक्रमणविरुद्ध कदम चाल्न र नेपालको सीमा रक्षा गर्न बल दिएका छन् । त्यसै पनि सरकारको प्रमुख कर्तव्य सीमा रक्षा र नागरिक सुरक्षा हुनुपर्ने हो । नेपाल एक ढिक्का भएर ओली सरकारलाई टेवा दिइरहँदा पनि यो सरकार आलटाल गरेर बस्छ भने भारतको बाहुबलीसँग निर्धो नेपाल नैतिक, राजनीतिक, कूटनीतिक सबै किल्लामा पराजित हुने निश्चित छ ।

लोकतन्त्रप्रति हुरुक्क हुनेहरू लोकतन्त्रमा लोक र लोकक्षेत्रको गरिमा राख्न असफल भएका छन् । भारतसँगको सम्बन्धसामु अलिकति जग्गा केही होइन भन्ने झलनाथ खनाल प्रवृत्ति यसरी हल्केछ कि २३ जिल्लाका ७१ स्थानमा ६० हजार हेक्टरभन्दा बढी नेपाली भूभाग भारतले मिचिसक्यो, अब त कालापानी, लिपुलेकजस्ता क्षेत्रमा रहेका भूभाग र गाउँका गाउँ नै भारत बनाइसक्यो, यो भारतले नेपालविरुद्ध छेडेको युद्ध हो भन्ने कुरा अझै हाम्रा प्रतिनिधि शासक बुझ्दैनन् र बोल्दैनन् ।

यति गम्भीर मामिलामा आपतकालीन संसदको आहृवान गर्नुपर्ने हो, सभामुख जेलमा छन्, राजनीति भारतको प्रभाविलो भेलमा बगेको छ । सबैलाई भारतको समर्थन र सहयोग नास्सियो भने राजनीतिमा टिक्न सकिँदैन भन्ने आत्मघाती सोच छ । जनतामा भन्दा अर्काको भरमा राजनीति गर्ने र राष्ट्रभन्दा अर्काको आशीर्वादलाई महŒव दिने लोकतान्त्रिक नामको राजनीतिले नेपाल दुर्योधनले नंग्याउने, सतीत्व लुट्ने द्रौपदी बनिरहेको छ ।

भारतले दुईचार सीमास्तम्भ ढाल्यो, अलिकति जमिन मिच्यो त के भयो भन्नेहरू सत्तामा छन्, शक्तिमा छन्, नागरिक समाज र बुद्धिजीवीवर्गमा पनि छन् । भारतले छिटै नेपाललाई लिइदिए झन् बढी सुविधा पाइन्थ्यो भन्ने मानसिकता धेरैको छ । तिनले एक हात साँध सीमानाका लागि भएका युद्ध बिर्सेका छन्, एक गज कपडाको राष्ट्रिय झण्डाको महŒव सम्झन चाहँदैनन् । 

मीठोका लागि जुठो खाने बानी परेका र निम्छरो सोच भएकाहरू प्रशस्तै छन् । तिनका लागि राष्ट्रवाद भनेको भारुको फार्मिङ्बाट सजिलै फल्ने फसल हो । लोकतन्त्रको विकल्प लोकतन्त्र हो । लोकतन्त्रको यो महिमा नबुभ्mने र सतित्व अनि स्वाभिमानको व्यापार गरेर बेश्या बन्न रमाउने लोकतान्त्रिक गणतन्त्रवादीहरूलाई दयामात्र गर्न सकिन्छ । आजका युवाहरूले यिनलाई सम्झाइदिनुपर्छ– विविधता, बहुलता, अनेकताको सूत्र नेपालवाद हो, हिमाल, पहाड, तराईको तत्व नेपालीत्व हो भनेर । अस्तित्वभन्दा स्वार्थ ठूलो होइन ।

१६७५ देखि १६९८ को कालखण्ड लक्ष्मीनरसिंह मल्लको शासनकाल हो । उनका काजी थिए भीम मल्ल । सत्ता र शक्तिका पिपासु छुल्याहहरूले लक्ष्मीनरसिंह मल्लको कान भर्दै भनिदिए, ‘भोटसँग मिलेर भीम मल्ल आफैँ राजा हुन खोज्दैछ ।’ राजा हुन खोज्ने भनेर भीम मल्ललाई काटियो । उनकी सतीले सराप दिइन्– यो राज्यमा विवेक नरहोस् । त्यो सराप आज सीमामा देखिँदैछ । सीमा सुरक्षित राख्नुपर्छ भन्ने विवेक देशका शासक, प्रशासकहरूमा देखिन छाड्यो । इतिहासमा अर्को पनि घटना छ, राष्ट्रवादी भीमसेन थापालाई जेलमा मारियो र विष्णुमतीको बगरमा उनको लाश फालेर चील, कौवा र गिद्धहरूलाई खुवाइयो ।

इतिहासका साक्षी राणा शासनविरुद्ध जेहाद छेड्ने खड्गमान सिंह भन्थे, ‘प्रजातन्त्र आएपछि एक कप चियाका लागि प्रजातन्त्रवादीहरूले सम्झेनन् ।’ कति अराष्ट्रिय मार्गमा छ नेपाली राजनीति ।

राष्ट्रवादको जयगान, बहुदल र लोकतन्त्रको शासनकालमा कुनै नेताले पनि इमानदार भएर गाएनन् । जसले गाए, स्वार्थका लागि गाए र स्वार्थसिद्ध गरेर बिर्सिए । सत्ययुगमा श्रीकृष्ण थिए र धृतराष्ट्रले अँगालो मारेर भीमलाई मार्न खोज्दा फलामको भीम बनाएर धृतराष्ट्रको कूटिलताबाट भीमलाई बचाएका थिए । आजको नेपालमा श्रीकृष्ण छैनन् । भारतरूपी भीमकाय धृतराष्ट्र नेपाललाई चकनाचुर पार्र्न अग्रसर भइसकेको छ । नेपाललाई नेपाली आफैँले बचाउनुपर्छ । पलायन राजनीतिले बचाउने विश्वासिलो आधार देखिँदैन ।

भारतले कालापानी क्षेत्रबाट नेपालको मृत्युघण्टा बजायो । यसको प्रत्युत्तर हाइटीका भ्रष्ट दुभालिएरजस्ता नेताले दिन सक्दैनन् । स्वरक्षा गर्ने नेपाली जनमानसले जवाफ दिनुपर्छ, दिन थालेका छन् । यो प्रत्युत्तर आगो, डढेलो हुनसकेन भने नेपाल भारतको राजनीतिक फार्म हाउस बन्ने छ । सन् १९५० मै नेपाललाई भारतमा नमिलाएर नेहरूले हिमालय भुल गरेका हुन्, यो भुल छिटो सच्याउनुपर्छ भनेर लेख्ने भारतीय मेलिट्री साइन्सका लेखक कर्नल गौतमजस्ता सैनिकको हौसला बढेको देखिन्छ ।

संविधान असफल भयो । संसद् कहाँ छ थाहा छैन । देशको भूभाग नै लुटिँदा सरकार तमासे बनेको छ । जनयुद्ध, जनआन्दोलन, लोकतन्त्रको शक्तिमा खोई देश बचाउने जागरुकता ? देश स्वाभिमानले बन्छ, स्वाभिमानले बच्छ । नेताले स्वाभिमान बेचे पनि जनतामा नेपालीत्वको अजस्र स्रोत स्वाभिमान बाँकी छ । मिरजाफर संस्कृति रोपेर बिस्मार्कको राष्ट्रवाद फल्दैन । देश संकटमा छ, देश अस्तित्वको जोखिममा परिसक्यो । नेपाली आफैँ बिस्मार्क बन्नुपर्ने अवस्था आयो । बिस्मार्क एक थिए, नेपाली बिस्मार्कहरू अनेक छन् । अतिक्रमणकारीलाई चेतना रहोस् ।

Views: 405

सम्बन्धित सामग्री:

A PHP Error was encountered

Severity: Warning

Message: Invalid argument supplied for foreach()

Filename: site/single.php

Line Number: 81

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/views/frontend/site/single.php
Line: 81
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/core/MY_Controller.php
Line: 38
Function: view

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 87
Function: loadView

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once