A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 63

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 63
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 73

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 73
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

eHimalayatimes | | हरिदाइको यो हुटहुटी
7th August | 2020 | Friday | 9:52:26 PM

हरिदाइको यो हुटहुटी

गोविन्द लुइँटेल   POSTED ON : कार्तिक ३०, २०७६ (१०:२५ AM)

हरिदाइको यो हुटहुटी

केही दिनयता उसको हातमा हरदम एउटा किताब छ– नेपाली क्रान्ति र गणेशमान सिंह । लेखक छन् उसका सुपरिचित हरि गौतम जसलाई उसले करिब बाह्र वर्षअघि चिनेको हो र ऊ सम्मानले हरिदाइ भन्छ । 

हरिदाइसँग काठमाडौंमा पारिवारिक साइनोले परिचय हुँदा एकापसमा व्यक्तित्वको परिचय हुन पाएको थिएन । एक दिन फोन आयो । हरिदाइ उसकोमा आउने भए । उसले बिहानको खाना खाने गरी स्वागत गर्ने भयो । उमेरभन्दा अलिक पहिल्यै कपाल फुलेर सेतै भएका, अग्लो कदका, खाइलाग्दो ज्यानका हरिदाइ भोलिपल्ट एकाबिहानै आइपुगे । कपाल उसको भन्दा पनि निख्खुर सेतो ।

खाना तयार हुन्जेल भलाकुसारी हुने नै भयो । बोलक्कड रहेछन् हरिदाइ; ठ्याकै ऊजस्तै । निकटको साइनोले आत्मीयताको डोरी बाट्ने नै भयो । आज हरिदाइले उसलाई भेट्नुको खास उद्देश्य छ । उनी एउटा खोजमूलक पुस्तकको तयारीमा छन् । धेरै खोजकर्ताका आलेख समेटेर एउटा बृहत् पुस्तक प्रकाशन गर्ने हुटहुटी छ हरिदाइमा । 

उनले आफ्नो हुटहुटीको पोयो फुकाए । त्यसैको बेलिविस्तार लगाए । उसले सुन्यो; केही आश्चर्यभावका साथ सुन्यो । केही जिज्ञासा राख्यो र केही प्रश्न पनि । भरखरै परिचय विस्तार हुँदैछ । एक–दुई प्रश्न त नसोधेको भए पनि हुन्थ्यो होला । उसले हृयाकुलाले मिचेर सोध्यो । उसले पुस्तकमा समेटिने आलेखहरूको प्रकृति र पुस्तकको आकारबारे जिज्ञासा राख्यो । हरिदाइ आफ्नो उद्देश्यमा दृढ देखिन्छन् । उनी जसरी पनि पुस्तक प्रकाशन गरेरै छाड्नेवाला छन् । उसको यही निष्कर्ष भयो । उसले प्वाक्व भन्यो– दाइ ! यति काम गर्न त बहुलाउनु पर्छ । अनि सोध्यो– तपाईं बहुलाउन तयार हो ? 

हरिदाइ अलमलिएजस्ता देखिए । यो कस्तो कुरा हो ! के प्रश्न हो ! यस्तो उट्पट्याङ कुरामा के बोल्नु ! के जवाफ दिनु ! हरिदाइको अनुहारमा यस्तै भाव झल्कियो । हरिदाइले हाँसेर टारे । उसलाई आफूले पाहुनासँग शिष्टाचार अलिकति नाघेको महसुस भयो, थोरै पछुतो पनि । उसले आफ्नो प्रश्नको पृष्ठभूमि बयान ग-यो । हरिदाइको अनुहारमा स्वाभाविक मुस्कान देखाप-यो । 

खाना तयार भयो । उसले पुस्तकका सिलसिलामा सकेको सहयोग गर्ने वचन दियो । हरिदाइसँग फाटफुट भेट भइरहृयो । उसले सोधिरहृयो– दाइ ! किताबको काम कहाँ पुग्यो ? 

हरिदाइ जवाफ दिन्छन्– धमाधम छ । 

अचानक एक दिन हरिदाइले पुस्तक छापिएर आएको जानकारी गराए । त्यसको केही दिनमा आफ्नो कार्यालयमा बोलाए, पुस्तक देखाउँदै भने– यी यस्तो पो तयार भयो त ! उसले ‘झापा दिग्दर्शन’ पुस्तक हातमा लियो । पेज पल्टाएर हे-यो; ९३६ छ, केही बेर किताबमा घोरियो । डेढ किलोभन्दा एक ग्राम पनि कम छैन होला भन्ने अनुमान गर्दै भन्यो– गज्जब भएछ, बधाई छ दाइ !

हरिदाइ मुस्कुराए, धन्यवाद भने अनि सोधे– के म पक्का बहुलाएछु ? 

ऊ जिल्ल प-यो अनि मुस्कुरायो । उसलाई आफ्नो ठाडो बोलीमा त्यति बेलै पछुतो लागेको थियो तर उसले त्यसो भन्नुमा उसको आफ्नै तर्क छ । अकारण भनेको होइन । उसलाई घत लागेको कुरा हो । यसले ठ्याक्कै त्यै कुरा अरू दुई–तीन जनालाई पनि भनेको छ । पहिलोपटक भनेको चाहिँ हरिदाइलाई नै हो । अरूलाई चाहिँ उसले थोरै भूमिका बाँधेरमात्रै भन्यो; हरिदाइलाई सिधै ।

हरिदाइलाई जवाफ दियो– हो; मैले भनेको पुग्यो; तपाईं पक्का बहुलाउनुभयो । हरिदाइ छँदा खाँदाको जागिर छाडेर नबहुलाएका भए; ऊ दाबीका साथ भन्छ; झापा दिग्दर्शन यसरी छापिने थिएन । यति बृहत् ग्रन्थ आउने थिएन । 

हरिदाइले सम्पादनमा सहयोग गर्नुप-यो भनेका थिए तर उसले त्यो अवसर पाएन । कतै हरिदाइको चित्त त दुखेन !

के छैन झापा दिग्दर्शनमा ! झापा जिल्लाको भौगोलिक स्वरूप र इतिहास, जनसङ्ख्याको विविधतामाथि विहङ्गम दृष्टि, पर्यावरण, आर्थिक–सामाजिक र शैक्षिक अवस्था, राजनीतिक र प्रशासनिक अवस्थाको विवेचना छ । अनेक जातजातिका भाषा, साहित्य र संस्कृतिको पूरा जानकारी छ । 

झापाको राजनीतिमाथि विहङ्गम विवेचना छ । झापाको कम्युनिष्ट आन्दोलन र त्यसका नेता, झापामा काङ्ग्रेस, महिला आन्दोलन, जनआन्दोलनदेखि माओवादी विद्रोहसम्म समेटिएको छ झापा दिग्दर्शनमा । चर्चित झापा विद्रोह छुट्ने कुरै भएन । मेचीपुल सपनाको कथा छ । झापाका प्राकृतिक स्रोत र पर्यटकीय स्थलहरूको वर्णन छ । अनुसूचीमा जिल्लाका अनेक तथ्याङ्कहरू समेटिएका छन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा कारावास भोग्ने, भूमिगत हुने, निर्वासित हुने र सहादत प्राप्त गर्नेहरूको लामो सूची हेर्न पाइन्छ । र, धेरै पक्ष बृहत् रूपमा नसमेटिएको भए एउटा जिल्लाको पुस्तक यति ठूलो आकारको हुने थिएन । ऊ ठोकुवा गरेर त भन्न सक्दैन तर नेपालका जिल्लाहरूका विषयमा छापिएका पुस्तकमध्ये सबैभन्दा बृहत् झापा दिग्दर्शन नै हुनुपर्छ ।

हरिदाइसहित ४० जनाभन्दा बढी लेखकका आलेख समेटिएका छन् । भानु भण्डारी, डा. सुरेन्द्र केसी, कृष्ण धरावासी, डा. केआर खम्बु, सरस्वती कार्की, द्रोणप्रसाद आचार्य क्षेत्री, लीला उदासी, गोपालकुमार बस्नेत, यज्ञराज प्रसाईं, वैरागी काइँला, डा. नरेन्द्र चापागाईं, भक्त खपाङ्गी, पात्र धिमाल लगायतका अनुन्धानात्मक आलेख छन् । 

ग्रन्थ तयार गर्ने क्रममा हरिदाइ चार वर्ष झापा घुमे; गाउँगाउँ पुगे; कतिपटक त खानसम्म हण्डर खाए । यति धेरै व्यक्तिहरूबाट विवेचनात्मक लेखहरू जम्मा गरेर, तिनको उचित सम्पादन गरेर, तथ्य–तथ्याङ्क रुजु गरेर पुस्तक तयार गर्नु चानचुने काम थिएन । हरिदाइ घुमे; झापा बुझे; बुझाए; आलेखहरू तयार गराए, सम्पादन गरे । हरिदाइ झापा दिग्दर्शनका संयोजक तथा सम्पादक छन् । प्रधानसम्पादक छन् डा. गोविन्दराज भट्टराई । डा. भट्टराईले भाषाशैली र प्रस्तुतिमा निखार दिए, माझ्नुसम्म माझे अनि तयार भयो झापा दिग्दर्शन । सम्पादनमै तीन वर्ष लाग्यो । जम्माजम्मी सात वर्षमा तयार भयो । 

हरिदाइका लागि ती सात वर्ष कम्ती भुक्तमानका थिएनन् । सिङ्गो जिल्लाका गाउँहरू घुम्नु, त्यहाँको बहुपक्षीय वस्तुस्थिति बुझ्नु, आफ्नै भाषा–संस्कृति भएका आदिबासीहरूसँग संवाद गर्नु, झरीबादल र गर्मी झेल्नु त्यति सजिलो थिएन । 

जिल्ला घुम्ने काम लगभग पूरा गरेर हरिदाइ काठमाडौं आए २०६४ सालमा । उठ् जोगी फड्कार छाला, जहाँ जाला उहीँ खाला जस्तो थियो हरिदाइको चाला । उनी जोगी त थिएनन् । स्थिर भएर उनले एउटा बृहत् ग्रन्थ प्रकाशन गर्नु थियो । कीर्तिपुरमा एउटा कोठा भाडामा त लिए तर भाडा तिर्ने पैसा छैन; खानु र अरू दैनिक खर्च चलाउनु प-यो । पुस्तक निकाल्नु त भालुको कन्पट हुने हो कि जस्तो पनि भयो । 

उनलाई हौसला दिन्थे डा. भट्टराई । पछि नहट भाइ; म छु भन्थे । उनैले भरथेग गरे । तीन वर्ष त कोठाभाडा नै तिरिदिए । अरू खनखाँचो पनि टारिदिए । डा. भट्टराई पनि झापाकै स्थायी बासिन्दा हुन् । हरिदाइका निकटका नातेदार पनि । उनलाई हरिको दृढताले एउटा राम्रो ग्रन्थ तयार भएरै छाड्छ भन्ने पूरा विश्वास थियो । साँच्चै उनको विश्वासमा घात भएन । प्रधानसम्पादकका रूपमा उनले ग्रन्थमा सन्तोष प्रकट गरेका छन् । 

२०१८ सालमा दुर्गम पूर्वी पहाडको हाङ्देवामा जन्मेका हरिदाइको गाउँमा नजिकै स्कुल थिएन । उनका बुबाले तै छोराले पढ्न पाउला कि भन्ने अपेक्षाले सात वर्षको उमेरमा दुई घण्टा टाढाको मावल, मेदिबुङ पठाइदिए । मामा भोलानाथ घिमिरेले बालसुबोधिनी प्रधान पाठशालामा भर्ना गरिदिए । मामा प्राथमिक कक्षाका शिक्षक थिए । उनी आफैँले अक्षर चिनाए । हजुरआमा, ठूलीआमा र मामामाइजूको प्यारमा हरिदाइ मावलमा रत्तिए । उनलाई मावली नै आफ्नो घरजस्तो भयो । साँच्चै, त्यही स्कुलबाट हरिदाइले २०३७ सालमा एसएलसी उत्तीर्ण गरे । मावलीलाई हर्षित तुल्याए । स्वाभाविकरूपमा बाबुआमा खुसी हुने भइहाले ।

हरिदाइ आफ्नो शिक्षाका लागि सधैँ मावलीप्रति अनुगृहित छन् । मामाले जोड गरेर अक्षर नचिनाएका भए खोइ म कहाँ हुन्थेँ भन्छन् हरिदाइ । उनले आफ्ना पुस्तकमा मावलीप्रति गौरव प्रकट गर्न छुटाएका छैनन् । अक्षर चिनाउने मामाको जति बयान गरेर पनि थाक्दैनन् । 

अझै पढ्ने हो भने उनले मावलीघर छोड्नुपथ्र्यो । उनी धरान झरेर पिण्डेश्वर विद्यापीठमा भर्ना भए । उत्तरमध्यमा पूरा गरे । यतिन्जेलमा उनका बुबाआमा हाङ्देवा छाडेर मोरङतिर झरिसकेका थिए । हरिदाइलाई केही काम गर्नुपर्छ; केही आर्जन गर्नुपर्छ भन्ने लाग्यो । उनी २०४२ सालमा मोरङको उत्तरी गाउँ बाराङ्गी पुगे अनि त्यहाँको महेन्द्र माविमा शिक्षक भए । त्यति बेला त्यो गाउँसम्म जाने गाडी सुविधा थिएन । तल कानेपोखरीमा पूर्व–पश्चिम राजमार्ग छाडेर पूरा छ घण्टा हिँड्नु पथ्र्यो । केही वर्षपछि लेटाङसम्म गाडी चल्यो तैपनि दुई घण्टा त हिँड्नै पथ्र्यो ।

पढाइ रोकियो । जागिरको लोभ हुने नै भयो । जागिर नछाडी हरिदाइ विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा भर्ना भए । त्यहीबाट बिए उत्तीर्ण गरे । सरकारी स्कुलमा जागिर छँदैछ । फेरि उही क्याम्पसमा भर्ना भए अनि नेपाली भाषामा एमए उत्तीर्ण गरे । 

शिक्षण पेशामा प्रवेश गर्ने क्रममा हरिदाइको एउटा अविस्मणीय घटना छ । उत्तरमध्यमा पूरा गरेपछि उनी ताप्लेजुङ गए । सदरमुकामबाट झण्डै एक दिन टाढाको कुम्भकर्ण निमाविमा सञ्चालक समितिबाट नियुक्ति पाए । नियुक्ति समर्थन गराउन प्रधानाध्यापक जिल्ला शिक्षा कार्यालय गए । जिशिअ थिए खेमराज रेग्मी । उनले राजनीतिक संलग्नताको आरोप लगाएर नियुक्ति बदर गरिदिए । अनि निराश हरिदाइ पुगे बाराङ्गी । 

हरिदाइले २०५८ सालसम्म महेन्द्र माविमा पढाए । सेवा प्रवेशको केही वर्षपछि स्थायी पनि भएका थिए । कुन तोडले हो हरिदाइले १७ वर्ष पढाएको सरकारी स्कुलको जागिर चटक्कै छाडे अनि तल पथरीको एउटा निजी विद्यालयमा शिक्षक भए । उनले विद्यालय सञ्चालनको अंशियारी पनि लिए । फेरि कुन तोडले हो हरिदाइले दुई वर्षमा त्यो पनि चटक्कै छाडिदिए । 

अनि जोगीजस्ता भएका हरिदाइ केही दिन रन्थनिएर थाले झापा घुम्न । उनी झापामा अति पिछडिएको कुनै एउटा आदिवासी जातिबारे अध्ययन गरेर एउटा सानो पुस्तक निकाल्न चाहन्थे । यही सिलसिलामा केही दिन घुमेपछि उनी पूरै झापा जिल्लाको सबै पक्षको परिचय समेटिएको ग्रन्थ तयार गर्ने निष्कर्षमा पुगे । 

तब तयार भयो झापा दिग्दर्शन ।

तयार त भयो । छाप्ने कसरी ! हरिदाइलाई पर्नुसम्म सकस प-यो । छपाइ खर्च सात लाख हुने भयो २०६७ सालमा । उनी धेरै प्रकाशकहरूकहाँ धाए । ग्रन्थको महत्ता बुझाउने प्रयास गरे अनि छापिदिन आग्रह गरे । अँ हँ ! कुनै पनि प्रकाशकले पत्याएन । नछापी भएको छैन । उनी आफैँभित्र हठी भए । केही निकटस्थहरूसँग राय मागे; सल्लाह गरे; सम्भावना र जोखिम बुझे । अनि आफैँ एउटा प्रकाशन कम्पनी चलाउने निष्कर्षमा पुगे । यसरी सुरु भयो ओरिएन्टल पब्लिकेसन । त्यही पब्लिकेसनले छाप्यो झापा दिग्दर्शन । 

ओरिएन्टल पब्लिकेसनले नौ वर्षमा १२० वटा पुस्तक छापेको छ । 

हरिदाइ प्रकाशक पनि भए । खोज र अनुसन्धानको भोक पनि जाग्दै गएको थियो । एक दिन एकजना परिचित व्यक्ति नेपालको राजनीतिक क्रान्तिका लौहपुरुष गणेशमान सिंहका बारे लेखिएको एउटा पुस्तक बोकेर आए । हरिदाइले छाप्न मन्जुरी जनाए तर पुस्तकमा केही सम्पादन गर्नुपर्ने आवश्यकता देखाए । लेखक मन्जुर भए । हरिदाइले प्रसङ्गअनुसार केही घटना र तथ्यहरू थपेर सम्पादन गराए । लेखकले छाडेको ६० पेजको पुस्तक ९० पेज भयो । यसो गर्नु उनको व्यावसायिक बाध्यता थियो । यसरी ३० पेज थपिएको जानकारी पाएपछि लेखक पुस्तक नछाप्ने भएर गए । 

हरिदाइको स्वाभिमान जागृत भयो । गणेशमान सिंहबारे एउटा खोजमूलक पुस्तक लेख्छु भन्ने दृढता लिए । अनि सुरु गरे अध्ययन र खोज । अन्ततः तयार भएर छापियो एउटा बृहत् ग्रन्थ– नेपाली क्रान्ति र गणेशमान सिंह । 

त्यही ग्रन्थ केही दिनदेखि उसको हातमा छ । 

खोज–अनुसन्धान कहिल्यै सकिँदैन । नेपालको राजनीतिक क्रान्तिका थोरै शिखपुरुषहरूमध्ये एक हुन् गणेशमान सिंह । उनी आफ्नो अभिव्यक्ति, दृढता र हक्की स्वभावका कारण लौहपुरुष कहलिएका थिए । तीस वर्षे निरङ्कूश पञ्चायती शासनका विरुद्धको संयुक्त जनआन्दोलनसम्म आइपुग्दा गणेशमान सिंह सर्वमान्य नेता भएका थिए । उनी काङ्ग्रेस थिए तर सर्वमान्य थिए । 

क्रान्ति नायक शिखर पुरुष गणेशमान सिंहका बारे धेरै लेखिएको छ । धेरै लेखकले कलम चलाएका छन् तैपनि कम लेखिएका नेता हुन् गणेशमान सिंह । उनी आफैँले भनेको ‘मेरो कथाका पानाहरू’ को तीन भागबाहेक उनका बारेमा सिङ्गो किताबको सङ्ख्या थोरै छ । भएकाले पनि राजनीतिक पक्षमा बढी जोड दिएका छन् । 

हरिदाइले राणाकाल र त्यसअघिको शासनव्यवस्था, गणेशमान सिंहको पारिवारिक पृष्ठभूमि, उनको जन्म, बाल्यकाल र शिक्षा, उनको विद्रोही स्वभाव, राजनीति प्रवेश, जेल, निर्वासन, उनको सङ्घर्ष र उनले भोगेको कष्टसाध्य समयको बयान गरेका छन्≤ जन्मभन्दा अघिदेखि मृत्यु पर्यन्त । ग्रन्थबारे हरिदाइको प्रस्तावना छ– यो ग्रन्थ नेपाली क्रान्ति र गणेशमान सिंहको सङ्घर्ष र त्यसको प्रारूप हो; यसभित्र नेपाली जनताका सङ्घर्षका कथा उनिएका छन् । 

भूमिकामा डा. गोविन्दराज भट्टराईले लेखेका छन्– एक उज्ज्वल नक्षत्र गणेशमानको रोशनिमाथि विस्मृतिको उपेक्षाको बादल लाग्न थालेको समयमा एक अनुसन्धाताले गरेको यो थालनी प्रशंसनीय छ । यो पढेर मभित्र पनि नेपालको त्यो कठोर काल सम्झँदा मनमा कम्पन छुट्यो; गणेशमानप्रति श्रद्धाले फेरि शिर निहुरियो । 

गणेशमान सिंहको जीवनवृत्तबारे विस्तारमा जानकारी पाउन उपयोगी ग्रन्थ तयार गरेका छन् हरिदाइले । जहानियाँ, निरङ्कूश राणाकालविरुद्धको क्रान्तिदेखि पञ्चायती शासनविरुद्धको आन्दोलनको नायकत्व र आफ्नै पार्टीभित्र विद्रोहको कालखण्डसम्मको अधिकतम जानकारी समेटेका छन् हरिदाइले । 

जनआन्दोलनका समयमा बिबिसी नेपाली सेवासहित विदेशी रेडियोले गणेशमान सिंहसँग गरेका कुराकानी ग्रन्थको फरक विशेषता मान्नै पर्छ । गणेशमान सिंहको एउटा अप्रकाशित अन्तर्वार्ता पनि समेटिएको छ । उनीबारे विभिन्न व्यक्तिका विचार समेटिका छन् । ग्रन्थमा प्रस्तावनासहित कुल २१ अध्याय र दुई परिशिष्ट खण्ड छन् । हरेक अध्यायमा अनेक उपशीर्षकहरू छन् । 

हरिदाइ भन्छन्– यो ग्रन्थमा गणेशमान सिंहमात्रै छैनन्; उनीसँगै नेपाली क्रान्ति र सामाजिक पृष्ठभूमि पनि हिँड्छ । 

ग्रन्थमा खोटहरू कोट्याउने ठाउँ थुप्रै हुन सक्छन् । हरिदाइ आफैँ भन्छन्– यस पुस्तकले पुस्तक हुनुका थुप्रै आधारहरू पूरा नगरेको हुनसक्छ, कतिपय ठाउँमा सिलसिला भङ्ग भएको हुनसक्छ तर गणेशमानबारे भेटिएसम्मका तथ्यहरू समेटेको छु । 

हुन पनि गणेशमान सिंहबारे ६७७ पेजमा एउटै ग्रन्थ उपलब्ध छैन । हरिदाइले तथ्यहरूमा कतै कतै त्रुटि नै गरेका रहेछन् भने पनि त्यसले एउटा वहस सिर्जना गर्नेछ र तथ्य पत्ता लगाउन अनुसन्धाताहरूलाई प्रेरित गर्नेछ । किनभने खोज त सधैँ अपूरो नै रहन्छ । डा. भट्टराईले भनेझैँ यो बृहत् ग्रन्थ ‘नेपाली क्रान्ति र गणेशमान सिंह’ ले पाठकको मनमा राजनीतिक विद्रोहको कम्पन सिर्जना गर्नेछ । नेपाली क्रान्तिको गौरवमय कथा भन्नेछ र ती लौहपुरुषप्रति श्रद्धाले शिर झुक्नेछ । 

उसले यो ग्रन्थ सर्सर्ति पढेर नेपाली राजनीतिक क्रान्तिको गौरवमय इतिहास र इतिहासपुरुष गणेशमानसिंहप्रति फेरि एक पटक श्रद्धाले शिर झुकायो । उसको अकाट्य ठहर छ– नेपाली क्रान्तिको पृष्ठभूमि र गणेशमान सिंह चिन्न यो अजोडी ग्रन्थ हो । 

यसैले होला हरिदाइले गणेशमानबारेको आफ्नो कृति छाप्न नामन्जुर गरेर हिँडेका ती लेखकलाई रचनागर्भका लागि धन्यवाद दिएका छन् । 

भाषाशैलीमा केही त्रुटिहरू अवश्य छन् । धेरै ठाउँमा पदसङ्गतिको असङ्गति खट्किन्छ । ग्रन्थको महत्तासामु त्यो यसै बिलाउँछ पनि । 

सानोतिनो लगावले यस्ता गहन ग्रन्थ तयार हुँदैनन् । एकोहोरिनु पर्छ । त्रिपन्न घुस्सा, चवन्न ठक्कर खान तयार हुनुपर्छ । यसका लागि जो कोही तयार हुँदैन । छँदाखाँदाको सरकारी जागिर छाडेर हरिदाइ साना तोडले अनुसन्धाता भएका अवश्य होइनन् । सिधारेखाको जीवनले त यस्तो काम गर्दैन । भारी बोकेर उकालो ओह्रालो हिँड्नै पर्छ । हरिदाइले भारी बोक्ने यही जीवन रोजे । सत्र वर्षको जागिर छाडेको रात हरिदाइको मनमा कस्तो आँधीतुफान चल्यो होला ! ऊ यसो अनुमान गर्छ । 

हरिदाइ यतिमा रोकिएका छैनन् । ‘अन्तर्राष्ट्रिय रेडियो आवाजमा नेपालको प्रजातान्त्रिक आन्दोलन’ र ‘जनजागृति र निर्मान सेवा’ प्रकाशोन्मुख छन् । व्यक्तिवृत्तका दुई कृति सम्पादन गरेका छन् । भन्छन् : म काम सिक्दैछु; सिक्दासिक्दै केही गर्दैछु । 

साधुवाद हरिदाइ ! 

आगामी कदमका लागि हार्दिक शुभकामना ! 

Views: 626

सम्बन्धित सामग्री:

A PHP Error was encountered

Severity: Warning

Message: Invalid argument supplied for foreach()

Filename: site/single.php

Line Number: 81

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/views/frontend/site/single.php
Line: 81
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/core/MY_Controller.php
Line: 38
Function: view

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 87
Function: loadView

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once