A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 63

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 63
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 73

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 73
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

eHimalayatimes | | सहकारी कानुन र प्रयोग
28th September | 2020 | Monday | 9:17:18 PM

सहकारी कानुन र प्रयोग

कृष्णहरि बास्कोटा   POSTED ON : मंसिर ४, २०७६ (९:४९ AM)

सहकारी कानुन र प्रयोग

सहकारी एउटा अभियान हो । यसको निश्चित मूल्य र मान्यता छ । जसअनुसार स्वावलम्बन, स्वउत्तरदायित्व, लोकतन्त्र, समानता, समता र ऐक्यबद्धता सहकारीका मूल्य हुन् । जो जनताको सूचनाको हकअन्तर्गत जनतामा पुग्नुपर्छ । आम जनताले सहकारी संस्थाबाट यी कुराको अनुभूति गर्न सक्नुपर्छ । यस अतिरिक्त इमान, खुल्लापन, सामाजिक उत्तरदायित्व र अर्काको ख्यालका कुरा सहकारीका नैतिक मूल्य हुन् । जो जनताको पहुँचमा हुनुपर्छ । यी सबै पक्षको हुबहु अनुशरण गर्नेहरू नै सच्चा सहकारी अभियानका अभियन्ता हुन् । 

सहकारी भनेको स्वावलम्बन पनि हो । जो आप्mनो काम आफैँ गर्छ र आप्mनै खुट्टामा उभिन्छ । स्वावलम्बीका दुई गुण हुन्छन् । पहिलो, ऊ आफ्नो भर पर्छ । दोस्रो, उसको आफ्नो भाग गर्छ । ऊ अर्काको भर पर्दैन, बरु आफ्नै भर पर्छ । स्वावलम्बी आत्मनिर्भर हुन्छ । ऊ आफ्नै खुट्टामा उभिन्छ । ऊ आसमा बाँच्दैन, प्रयासमा बाँच्दछ । प्रयासमा बाँच्नेले पर्खंदैन, आफैँ गर्न थाल्दछ । उसले कसैप्रति र कुनै कामप्रति अनावश्यक शंका गर्दैन, आवश्यक आँट गर्छ । 

देख्नेले के भन्लान् भन्दैन, दैख्नेले नि जान्लान् भन्दछ । जोहो प्रयासमा बाँच्नेको आधार हो । प्रयत्नशीलले भइपरीको बारे सोच्छ । उसले राख्दछ, जतन गर्दछ, बचत गर्दछ । यस्ता सहकारी अभियानका आदर्शले सहकारीलाई सदैव जीवन्त तुल्याउन मद्दत गर्छ । 

नेपालमा सहकारी ऐन, २०७४ जारी भएको छ । यस ऐनले छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्ने लक्ष्य लिएको छ । सहकारी खेती, उद्योग, वस्तु तथा सेवा व्यवसायका माध्यमबाट आत्मनिर्भर, दिगो एंव समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने सहकारीको ध्येय हो । कम्तीमा ३० जना नेपाली नागरिकहरू आपसमा मिली विषयगत वा बहुउद्देश्यीय सहकारी संस्था गठन गर्न सक्ने प्रावधान कानुनमा रहेको छ । तर, एउटा सहकारी संस्थामा एक परिवारका एकजनाका दरले सदस्य हुने कानुनी व्यबस्था छ । 

सहकारी ऐन, २०७४ मा जिल्ला सहकारी, प्रदेश सहकारी र राष्ट्रिय सहकारी संघहरू स्थापना हुने कानुनी व्यवस्था छ । साविकमा सहकारी भनेको सानो सानो लगानी गर्ने संयन्त्र भन्ने बुझिन्थ्यो । तर, वर्तमान कानुनले यसको अवधारणामै परिवर्तन गरेको छ । सहकारीका माध्यमबाट जलविद्युत् आयोजना, रासायनिक मल कारखाना, आवासीय परियोजना, यातायात, भारी कृषि उपकरण, फलफूल प्रशोधन, जडीबुटी प्रशोधन, चिनी उद्योग, शित भण्डार, अस्पताल, शिक्षालय, प्राविधिक शिक्षालय, प्रयोगशाला जस्ता ठूला लगानीमा पनि जान सकिने कानुनी ढोका खोलिएको छ । यसैगरी, कानुनमा सहकारी बैंकहरू गठन हुने व्यवस्था पनि छ ।

सहकारी संस्था अविच्छिन्न उत्तराधिकारीवाला एक स्वशासित र संगठित संस्था हुनेछ । भाषिक, साहित्यिक, सञ्चार विशेष, कृषि, वन तथा पैदावारको उत्पादन, सञ्चय र प्रशोधन जस्ता व्यवसायिक क्षेत्रमा पनि सहकारीले काम गर्न सक्ने कानुनी व्यवस्था भएको छ । १६ वर्ष उमेर पुगेका कुनै पनि नेपाली नागरिक सहकारीको सदस्य हुन पाउँछन् । तर, कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिको एकभन्दा बढी सहकारी संस्थाको सदस्य भने हुन नपाउने कानुनी व्यवस्था छ । यसैगरी लगातार वार्षिक, साधारणसभामा विनासूचना ३ पटकसम्म अनुपस्थित हुने व्यक्ति पनि सहकारी संस्थाको सदस्यबाट हट्नुपर्ने हुन्छ । 

प्रत्येक सहकारी संस्थाको प्रारम्भिक साधारण सभा, वार्षिक साधारणसभा र विशेष साधारणसभा हुनसक्छ । सहकारी संस्थामा साधारणसभाबाट निर्वाचित सञ्चालक समिति गठन हुने, जसमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने र एक परिवारबाट एकभन्दा बढी व्यक्ति सञ्चालक हुन नसक्नेसमेत कानुनी व्यवस्था छ । सहकारी संस्थाको सञ्चालकले आफ्नो स्वार्थ जोडिएको विषयको निर्णयमा सहभागी हुन नमिल्ने र व्यक्तिगत फाइदा हुने काम संस्थाबाट गराउन नहुने हुन्छ । साथै सहकारी संस्थाको प्रयोजनका लागि वचत तथा ऋणको सन्दर्भ ब्याजदर तोक्न सकिने कानुनी व्यवस्था छ । 

सहकारी बैंकले प्रारम्भिक खर्च, अघिल्लो वर्षमा भएको नोक्सानी, पुँजीकोष, जोखिम ब्यहोर्ने कोष र जगेडा कोष पूर्ति नगरेसम्म लाभांश घोषणा गर्न वा वितरण गर्न पाउँदैन । यसैगरी, सहकारी संस्थाले एकै सदस्यलाई आफ्नो कूल शेयर पुँजीको २० प्रतिशतभन्दा बढी हुनेगरी शेयर बिक्री गर्न पनि सक्दैन । साथै सहकारी संस्थामा एक जगेडा कोष रहनेछ । सहकारी संस्थामा एक संरक्षित पुँजी फिर्ता कोष पनि रहनेछ । यसैगरी, सहकारी संस्थामा एक सहकारी प्रवद्र्धन कोष रहनेछ । 

सहकारी संस्थाले आर्थिक वर्ष सम्पन्न भएको ३ महिनाभित्र अनिवार्य रूपमा लेखा परीक्षण गराउनुपर्छ । सहकारी ऐनविपरीत काम गर्नेलाई १० वर्षसम्म कैदसजाय हुनेछ । नेपाल सरकारले विद्यालय तहको पाठ्यक्रममा आधारभूत सहकारीको ज्ञान समावेश गर्नुपर्ने र यस विषयमा विश्वविद्यालयभित्र छुट्टै संकाय रहन सक्नेछ । गाउँपालिका क्षेत्रभित्र सञ्चालित वित्तीय कारोबार गर्ने सहकारी संस्थालाई कर लाग्ने छैन । 

यसैगरी, सहकारी संस्थाले बिउपुँजी अनुदानबापत बढीमा ७ लाख ५० हजार रुपैयाँसम्म पाउने व्यवस्था छ । पुँजीगत अनुदानतर्फ भने कुल स्थिर पुँजीको आवश्यकताको ६० प्रतिशतसम्म रकम उपलव्ध हुन सक्छ । साथै सञ्चालन अनुदान भने आवश्यकताअनुसार प्रदान गर्न सकिन्छ । यी कानुन ज्ञान हासिल गरी सहकारी संस्था सञ्चालन गर्दा अपेक्षित उपलब्धि हासिल गर्न सकिने हुन्छ ।

अब प्रश्न उठ्छ, सहकारी संस्थाले के कस्तो पारदर्शिता अपनाउनुपर्छ ? मूलतः सहकारी संस्थाहरू स्वयं खुल्ला रहने संस्था हुन् । तथापि तिनले सार्वजनिक गर्नुपर्ने प्रमुख बुँदाका बारेमा यहाँ चर्चा गरिन्छ । पहिलो कुरा, सामान्य सूचनाअन्तर्गत सबै सहकारी संस्थाले आप्mनो दर्ता नम्बर र मितिका साथै दर्ता गर्ने कार्यालयको विवरण सार्वजनिक गर्नुपर्छ । यसैगरी प्रत्येक सहकारी संस्थाले आप्mनो कार्यक्षेत्र, महिला र पुरुष सदस्य संख्या तथा सञ्चालक संख्याको बारेमा जानकारी सार्वजनिक गर्नुपर्छ । 

यसैगरी, आप्mनो सहकारी संस्थाको सम्पर्क व्यक्ति र सूचना अधिकारीको नाम, पद र सम्पर्क नम्बर सार्वजनिक गर्नुपर्छ । यसबाट सहकारी संस्थाको गरिमा वृद्धि हुनेछ । दोस्रो कुरा, सहकारी संस्थाहरूले आप्mनो वित्तीय अवस्थाको विवरण सार्वजनिक गर्नुपर्छ । यसका शेयर पुँजी, जगेडा कोष, अन्य कोषहरू र कुल वचतको जानकारी सार्वजनिक गर्नुपर्छ । यसैगरी, सहकारी संस्थाहरूले कूल लगानीमा रहेको ऋण र सोमध्ये भाका नाघेको तथा भाकाभित्रको रकमबारे बताउनुपर्छ । यस अतिरिक्त चालु आर्थिक वर्षमा हालसम्मको जम्मा आम्दानी र खर्चको स्थिति तथा सदस्यहरूको विवरण पनि सार्वजनिक गर्नुपर्छ । 

प्रत्येक सहकारी संस्थाले वर्षेनी अनिवार्य रूपमा साधारणसभा गर्नुपर्छ । यस्तो साधारणसभामा सम्पूर्ण प्रगति विवरण प्रस्तुत गर्नुपर्छ । यस्तो प्रगति विवरणको पुस्तिकामा संस्था स्थापना भएदेखिको इतिहास र प्रगतिका कुराहरू समेटिएको हुनुपर्छ । यसैगरी, सहकारी संस्थाले गरेका सबै प्रकारका सामाजिक कार्यहरू र संस्थाले गरेका विभिन्न स्किम, कार्यक्रम, आय आर्जन लगायतका कामहरू पनि पुस्तिकामा अद्यावधिक हुनुपर्छ । 

यसैगरी, सहकारी संस्थाको नालीबेली समेटिएको अध्यक्षको प्रतिवेदन पनि साधारणसभामा पेस गर्नुपर्छ । यस्तो साधारणसभामा कोषाध्यक्षको आय व्ययको विवरण तथा लेखा परीक्षकको प्रतिवेदन पनि प्रस्तुत गर्नुपर्छ । यसरी कुनैपनि सहकारी संस्थानको कुनै पनि कुरा गोप्य हुँदैनन्, बरु सबै कुरा खुल्ला नै हुने गरेका छन् । यसर्थ नागरिकको सूचनाको हकको प्रचलनमा सहकारी क्षेत्र नै मुलुककै उत्कृष्ट क्षेत्र हुनुपर्छ । यो विषय प्रमाणित गर्न सफलता मिलोस् भन्ने सबै सहकारीकर्मीहरूमा कामना ।

नेपालको संविधानको अनुसूची ८ अनुसार सहकारी संस्थाको दर्ता, नवीकरण, सञ्चालन, नियमनको जिम्मेवारी स्थानीय तहमा रहेको छ । यसर्थ सबै पालिकाले सहकारीका सुपथमूल्य पसल खोल्नुपर्छ । पालिकाभित्रको माग र आपूर्तिको व्यवस्थापन गर्ने जिम्मेवारी सहकारी संस्थाहरूलाई दिनुपर्छ । पालिकाहरूले सहकारी खेती र सामूहिक खेती गर्न प्रोत्साहित गर्नुपर्छ । नागरिकमा बचत गर्ने बानीको विकास गराउन सहकारी संस्थाहरूलाई अघि सार्नुपर्छ । 

उन्नत जातका बिउबिजन बिक्री गर्ने, अग्र्यानिक खेती गर्ने, प्रांगारिक मलको उत्पादन र प्रयोग बढाउने, जैविक विषादी उत्पादन र उपयोग गर्ने, सिँचाइ सुविधा व्यवस्थापन गर्ने काम सहकारी संस्थामार्फत गर्नुपर्छ । साथै कृषि उत्पादनको बजार व्यवस्थापन, ग्रेडिङ, प्याकेजिङ, स्टोर व्यवस्थापन, कोल्ड स्टोर, प्रोसेसिङ, ब्राण्डिङ गर्ने काम पनि सहकारी संस्थामार्फत गर्नुपर्छ । यसबाट गाउँगाउँमा सिंहदरबार पुगेको अनुभूति हुनेछ । 

नेपाल सरकारले खाद्यान्न, हरियो तरकारी, फलफूल, माछा–मासु र दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । यसलाई सहकारी संस्थामार्फत सार्थक गर्नुपर्छ । यसैगरी, जनताको दैनिक जीवनमा अत्यावश्यक पर्ने वस्तुहरू नुन, दूध, पेट्रोलियम पदार्थ, औषधि जस्ता वस्तुहरू सूचीकृत गरी सहकारीबाट तोकिएको मूल्य र तोकिएको गुणस्तरमा प्राप्त हुने प्रत्याभूति दिलाउन पालिकाहरू अग्रसर हुनुपर्छ ।

अन्त्यमा, नेपालमा रहेको विद्यमान बेरोजगारीको समस्या समाधान गर्न सहकारी संस्थाहरूले युवालाई तालिम दिने र ऋण प्रवाह गर्ने क्षेत्र पहिचान गर्नुपर्छ । यस्ता क्षेत्रमा कपाल काट्ने सैलुन र ब्युटीपार्लर सञ्चालन, सिकर्मी, डकर्मी, प्लम्बर र इलेक्ट्रिसियन तालिम हुनसक्छ । कृषि उत्पादनको प्याकेजिङ, ग्रेडिङ र प्रशोधन गर्ने, हस्तकलाका सामग्री निर्माण गर्ने, खाडसारी उद्योग स्थापना र जडीबुटीको अक्सन हाउस खडा गर्ने हुनसक्छ । 

यसैगरी, वडापिच्छे सुपथमूल्यको सहकारी पसल स्थापना गर्ने, साइकल र मोटरसाइकल तथा मोबाइल, रेडियो र घडी मर्मत सेवा सञ्चालन गर्न सकिन्छ । फोटोकपी सेवा, फोटो खिच्ने पसल, ड्राइक्लिनर सप, पत्रिका पसल सञ्चालन, तरकारी संकलन र बिक्री केन्द्र, खाद्यान्नको होम डेलिभरी तथा गाउँ, नगर र टोल सफाइ कार्यक्रम सञ्चालन पनि सहकारीका माध्यमद्वारा गर्न सकिन्छ । 

सहकारी संस्थाले सिलाइबुनाइ, घरेलु हस्तकला वा काष्टकला, स्टिल फिक्सर, वेल्डिङ, पेन्टिङ, कडाइ (बुटिक), कम्प्युटर तालिम तथा खरायो पालन, कुखुरापालन, बाख्रापालन, गाई भैंसी पालन, बंगुर पालन लगायतबाट आर्थिक समृद्धिको काम गर्न सक्छन् । अष्ट्रिज पालन, बेमौसमी तथा उन्नत तरकारी खेती, च्याउ खेती, फलफूल खेती, माछापालन, मौरीपालन र जडीबुटी प्रशोधनमा युवालाई सघाउन सक्छन् ।

यसका साथै होटल मेनेजमेन्ट, होमस्टे, कुक तालिम, टे«किङ गाइड, प्याराग्लाइडिङ, रोपग्लाइडिङ तालिम, रिसोर्ट सञ्चालन, होेटल सञ्चालन र साहसिक खेल, ड्राइभिङ र लाइफगार्ड तालिम तथा स्वास्थ्य सेवातर्फ प्याथलोजी, एक्सरे, एमआरआई, अल्टासाउण्ड, ब्लड बैंक सञ्चालन गरी मुलुकको सेवा गर्न सक्छन् । यी काममा सहकारी संस्थाहरूलाई सफलता मिलोस्, यही शुभकामना छ । 


Views: 256

सम्बन्धित सामग्री: