A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 63

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 63
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 73

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 73
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

eHimalayatimes | | सम्झनामा विनय कसजु
30th September | 2020 | Wednesday | 1:45:34 PM

सम्झनामा विनय कसजु

कृष्णहरि बास्कोटा   POSTED ON : मंसिर २१, २०७६ (११:४६ AM)

सम्झनामा विनय कसजु

गत २०७६ मंसिर ८ गते म बुद्ध एयरको उडानबाट काठमाडौं फर्किंदै थिएँ । साइलेन्ट मोडमा रहेको मेरो मोबाइलमा पूर्वसूचना आयुक्त सविता भण्डारी बरालको फोन आयो । म सवार हवाईजहाज काठमाडौं उपत्यकाभित्र छिरिसकेको थियो । यसरी उडिरहेको हवाईजहाजमै मोबाइल फोन उठाउनु उचित ठानिनँ । मनमा किन फोन आयो होला भन्ने कौतुहल भइरहृयो । करिब २–३ मिनेटमै हवाइजहाज जमिनमा अडियो । हवाई जहाजका पङ्खा बन्द भए । 

यात्रुहरू हवाईजहाजबाट बाहिरिन थाले । यही बेला मैले सवितालाई फोन गरेँ । उहाँले दुःखी हुँदै पूर्वप्रमुख सूचना आयुक्त विनय कसजू बिरामी परी मेडिसिटी अस्पतालमा करिब ३ हप्तादेखि उपचार गराइरहनु भएको जानकारी गराउनुभयो । उहाँले कहिले भेन्टिलेटरमा त कहिले आइसियुमा राखेर उपचार गराउनु परेको पनि बताउनुभयो । उहाँलाई निमोनिया भएपछि १९ कात्तिकमा अस्पतालमा पु¥याइएको रहेछ । 

मैले उहाँ कुन कक्षमा उपचाररत हुनुहुन्छ भनी सोधेँ । सवितालाई पनि यस कुराको जानकारी रहेनछ । मैले अत्तालिँदै म सोझै अस्पताल जाने कुरा बताएँ । एयरपोर्टदेखि अस्पतालको यात्रामा विनयकुमार कसजूसँग कुराकानी गर्ने गरेको मोबाइलमा पटक पटक फोन गरेँ । उठेन । भारी मन लिएर अस्पताल पुगेँ । 

मेडिसिटी पुग्दा झमक्क साँझ परेको थियो । अस्पतालको रिसेप्सन बन्द भइसकेको थियो । अस्पतालका एक जना स्टाफ भेटेर विनयकुमार कसजू कहाँ हुनुहुन्छ, कम्प्युटरमा हेरिदिन अनुरोध गरेँ । दयालु हृदयका कर्मचारी मलाई सघाउन अग्रसर भए । उनले ७२ वर्षको मानिस हो भनेर । मैले हो त भनेँ तर, त्यति धेरै उमेरको नहुनु पर्नेजस्तो लाग्यो । २००४ सालमा गुल्मीको रिडीमा जन्मनुभएका कसजू ७२ वर्ष पुगेको सत्य कुरा स्वीकार्न मलाई करै लाग्यो । 

ती कर्मचारीले छैठौँ तलाको उहाँको ६०३ नम्बरको बेडमा जान लिफ्ट कुन दिशामा छ भन्नेसमेत बताइदिए । उनलाई धन्यवाद दिएर म धर्मपत्नी सुनिता बास्कोटाका साथ बेडतर्फ लम्किएँ । लिफ्ट नजिक पुगेर रोकिँदा मेरी श्रीमती धेरै पछाडि परिसकेकी रहिछन् । म हिँडेर होइन, दौडिएर कसजूलाई भेट्न गइरहेको रहेछु । साथै सवितालाई पनि बेड नम्बर भनिदिनु प¥यो भनी कोटको खल्तीबाट मोबाइल झिक्दै थिएँ, उहाँकै फोन आइरहेको रहेछ । मैले केही भन्न नपाउँदै उहाँले ‘म पनि पुल्चोकनिर छु, तत्कालै अस्पताल आउँछु’ भन्नु भयो ।

मेडिसिटी अस्पतालको लिफ्ट निकै द्रुत गतिमा चल्ने मेरो विगतको अनुभव थियो । आज लिफ्ट निकै ढिला हिँडेको अनुभूति गरेँ । कारण मेरो मन छिटो–छिटो हिँड्न आतुर थियो । अन्त्यमा म विनयकुमार कसजूले उपचारमा रहनुभएको बेडमा पुगेँ । तीन जना चिकित्सकसहितको टोलीले उहाँको शारीरिक परीक्षण गरिरहेका थियो । म तिनै डाक्टरहरूको पछाडि उभिएँ । 

कोठामा कसजूकी धर्मपत्नी गंगादेवी कसजू, जेठा छोरा अभिनय र एकजना अर्का मानिस हुनुहुन्थ्यो । ती ६ जना कसैले पनि म बिरामीको कोठामा प्रवेश गरेको नोटिस गरेनन् । विनयकुमार कसजूका नयनले भने मेरो खोजी गरिरहेका थिए क्यारे । निमेषभरमै भीडको बीचमै कसजू र मेरो आँखा जुधे । मलाई देख्ने बित्तिकै उहाँको अनुहार धपक्कै बलेको महसुस गरेँ । म उहाँलाई अस्पतालको बेडमा देखेर भावुक भएँ । यो आत्मीयता, मनोविज्ञान, आँखाको भाषा, हृदयको अनुभूति करिब एक डेढ मिनेट चल्यो । चिकित्सकको टोली बाहिरिएपछि भेट्न÷बोल्न पाएँ । 

म विनयकुमार कसजूतिर बढ्दै थिएँ, उहाँले कानमा श्रीमतीलाई प्रमुख आयुक्त भनी चिनाउनुभयो । मैले प्रष्ट सुनेँ । छोराले पनि नमस्कार गर्नुभयो । मैले ‘सरलाई कस्तो छ’ भनी सहास गरेर सोधेँ । उहाँले उत्साहका साथ उपचार भइरहेको, आफू ठिकै रहेको जवाफ दिएपछि वातावरण केही सहज हुँदै आयो । सोहीबीच पूर्वआयुक्त सविता पनि आई पुग्नुभयो । आयोगका काम कारबाही र आयुक्तका सुख, दुःखका कुरा भए । करिब आधा घण्टा बितेछ । पाँच मिनेटजस्तो पनि लागेन । 

कोमल हृदयका धनी, शालीन परिवारजनले रात पर्दै गएकाले हामीलाई घर फर्किन अनुरोध गर्नुभयो । फोटो खिचौँ भन्ने कुरा उठ्यो । मलाई विनयकुमार कसजू सरलाई छुन मन लाग्यो । उहाँको पाखुरा समातेँ । ‘म साथमै छु, सर तपाईंलाई केही हुन्न’ भनेँ मनमनै । उहाँ खुसी हुनु भएको महसुस गरेँ । तत्कालै उहाँको श्रीमतीले बिरामीलाई छुनुपूर्व हात सफा गर्ने झोल मलाई दिनुभयो । म डराएँ । मैले गल्ती गरेँ जस्तो महसुस गरेँ । बिरामीलाई छुन हुँदैनथ्यो जस्तो लाग्यो । मेरो हात विनयकुमार कसजूको हातमा मित्रवत्, आत्मीयतावस र स्वफूर्तरुपमा गएको थियो । मैले ठिक गरेँ वा बेठिक ¤ तर, त्यो ‘छुवाइ’ नै मेरा लागि अन्तिम भयो ।

अस्पतालबाट भारी मन लिएर पटक विनयकुमार कसजूसँग बिदा माग्दै नमस्कार गर्दै बिरामीको शैय्याबाट बिदा भएँ । भोलिपल्टै ९ गतेका दिन भैरहवा जाने कार्यक्रम थियो । सोही दिन भैरहवाबाट फर्किंदा एयरपोर्टमा करिब साँझको ८ बजेको थियो । भोलि १० गते अफिसपछि भेट्न जाउँला भन्ने सोचेर घरतर्फ हिँडे । मंसिर १० गते आयो । आयोग गएँ । अपराहृन करिब ३ बजेतिर आयोगबाट बाहिरिन मोटरमा चढेर बाटो काट्दै थिएँ । पुनः सविता भण्डारी बरालको फोन आयो । उहाँले निराश भएर ‘कसजूसर रहनुभएन’ भन्नुभयो । म निःशब्द भएँ । केही नभनी फोनको लाइन काटेँ । हतार र हतास मनस्थितिमा चालकलाई मेडिसिटी अस्पताल तुरुन्त पु¥याउन आग्रह गरेँ । 

मंसिर १० गते अपराहृन करिब ४ बजे कसरी म मेडिसिटी अस्पताल पुगेँ यादै भएन । रिसेप्सनमा मानिसको भिड थियो । कहाँ सोधौँ, कसलाई के भनौँ भयो । केही पटक अभिनय कसजूलाई फोन गरेको थिएँ, उठेन । अन्त्यमा अस्पतालको सोधपुछ कक्षमा पुगेँ । त्यहाँ रहेका कर्मचारीले विनयकुमार कसजू आइसियूमा रहनुभएको भन्दै अस्पतालको अर्कोपट्टिको लिफ्टबाट जान सल्लाह दिनुभयो । 


मलाई सविताले गलत सूचना दिएको अनुभूति भयो । उहाँ त आइसियूमै उपचार गराई रहनु भएको महसुस गरेँ । केही राहतको अनुभूति गर्दै लिफ्ट चढेँ । आइसियुको ग्रिल बाहिर मानिसको भिड थियो । पालेदाइ भिड व्यवस्था गरिरहनुभएको थियो । उहाँले म दौरा–सुरुवालमा रहेको, मेरो अधैर्यतापूर्वकको आग्रह र अशान्तता देखेर होला तत्कालै भित्र जाने अनुमति दिनुभयो । आइसियूमा सबै बेडमा बिरामीलाई एक एक गरेर हेरेँ, विनयकुमार कसजू देखिनुभएन । मैले एकजना सिष्टरलाई सोधेँ । उहाँले चारैतिर पर्दा लगाएको बेडतर्फ इंगित गर्नुभयो । 

विनयकुमार कसजूले उपचार गराइरहनुभएको आइसियूको बेडमा उहाँ चिरनिद्रामा हुनुहुन्थ्यो । अनायासै मेरा हात उठे, अभिवादन गरेँ । अघिल्लोपटक जस्तो उहाँले अभिवादन फर्काउनु भएन । औषधि एक बोरा जति छरपस्ट थिए, किन औषधि नखानुभएको होला जस्तो लाग्यो । डाक्टर र बिरामी कुरुवा पनि किन सँगै नबसेको जस्तो लाग्यो । करिब तीन मिनेट चारैतिर पर्दाले घेरिएका र चिरनिद्रामा रहेका विनयकुमार कसजूको शैय्याको छेउमा म निष्काम, निःशब्द, निउर्देश्य ठिङ्ग भइरहेँ । आफूसँगै हार मानेर त्यहाँबाट बाहिरिएँ । मेडिसिटीको मूलद्वारमा करिब ५ मिनेट उदास भएर उभिएँ । पुनः अभिनय कसजूलाई फोन गरेँ । उहाँले पार्किङबाट मूल गेटमै आइपुग्न लागेको बताउनु भयो । 

म र अभिनय मेडिसिटी अस्पतालको मूलद्वारमा कुराकानी गर्न थालेपछि क्रमशः आफन्त र शुभचिन्तकको भीड लाग्यो । त्यहाँ खटिनुभएका पालेदाइले ढोकामा होइन, साइडमा उभिएर छलफल गर्न अनुरोध गर्नुभयो । हामीले त्यसै ग¥यौँ । के कसरी श्रद्धान्जलिको प्रबन्ध गर्ने भन्ने विषयमा कुराकानी भइरहँदा एकजना भद्र महिलाले उहाँ साहित्यकार हो, प्रज्ञा प्रतिष्ठानले कार्यक्रम गर्नुपर्छ, राष्ट्रिय सूचना आयोगबाट पनि कोही आउनुहोला नि भन्नुभयो । 

मैले नम्रतापूर्वक म आफू नै प्रमुख आयुक्त भएको परिचय दिएँ । उहाँले शुरूदेखिकै मेरो सक्रियता देखिरहनुभएको थियो । केवल म को हुँ भनेर चिन्नुभएको रहेनछ । क्षमायाचनाको भावमा दुःखको क्षणमा उहाँका गला अवरुद्ध भए । मैले सम्हालिन अनुरोध गरेँ । करिब एक डेढ घण्टाको छलफल पछि एक बजे पशुपति आर्यघाटमा श्रद्धान्जलिको प्रबन्ध गर्ने तय भएपछि म अस्पतालबाट बाहिरिएँ । 

मंसिर ११ गते बिहान आयोगको पूर्ण बैठक बस्यो । हामीले कठोर मन गरेर विनयकुमार कसजूप्रति शोकप्रस्ताव पारित ग¥यौँ । उहाँकी धर्मपत्नीले आर्थिक सहायताका लागि पठाउनु भएको कागज नेपाल सरकार कहाँ पठाउने निर्णय ग¥यौँ । फूलका माला र गुच्छा लिएर गह्रौँ मनले पशुपति आर्यघाटतर्फ प्रस्थान ग¥यौँ । 

विनयकुमार कसजू सेतो रङको पहिरनमा चिरनिन्द्रमा हुनुहुन्थ्यो । अनुहार धपक्क बलेको थियो । परिवारजनले उहाँकी धर्मपत्नीलाई अन्तिम श्रद्धान्जली दिन आग्रह गर्नुभयो । त्यसपछि संक्षिप्त मन्तव्यको कार्यक्रम राखियो । मैले कठोर भएर कसजूका असल काम स्मरण गरेँ । आयोगबाट तयार भएको प्रेस विज्ञप्ति आयुक्त यशोदा तिम्सिनालाई वाचन गर्न आग्रह गरेँ । त्यसपछि मलाई विनयकुमार कसजूको पार्थिव शरीरमा माल्यार्पण गर्ने प्रथम व्यक्तिको रूपमा आमन्त्रण गरियो । मैले उहाँप्रति अन्तिम अभिवादन गरेँ, हातको माला चढाएँ । यसले मलाई कसजूप्रतिको निकटता एकपटक पुनः बोध गरायो । भाव विहौल हुँदै करिब एक घण्टाको पशुपति आर्यघाटको बसाइपछि बाहिरिएँ । 

यो मन अझै पनि पूर्ण काबूमा, सहजतामा, स्वाभाविकतामा फर्किन सकिरहेको छैन । मेरा परम मित्र, मेरा अग्रज, विनय सर तपाईं हुनुहुँदा यो मुलुकमा हामी २ जना प्रमुख सूचना आयुक्त छौँ भन्थेँ । तपाईंले भौतिक शरीर छोडेर जानु भयो । म एक्लिएँ । तपार्इंलाई याद गरिरहेको छु । विनय सर तपाईं जहाँ हुनुहुन्छ, त्यहीँ रहेर नागरिकको सूचनाको हकको वकालत गरिरहनु होला । लोकतन्त्र र मानव अधिकारको पक्षमा झण्डा उठाउनु होला । 

नेपाली भाषा, साहित्य, बाल साहित्य र पत्रकारिताकै क्षेत्रमा योगदान गरिरहनु होला । तपार्इंलाई मुलुकले सम्झिरहेको छ । एक सपुत गुमाएकोमा दुःख मनाएको छ । तपाईंका सत् पथमा अर्को पुस्ता हिँडिरहेको छ । यही नै तपाईंप्रतिको सच्चा श्रद्धान्जलि हो भन्ने ठानेको छु ।

Views: 332

सम्बन्धित सामग्री: