A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 63

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 63
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 73

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 73
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

eHimalayatimes | | नभएकै हो त भावनात्मक एकता !
7th August | 2020 | Friday | 9:55:30 PM

नभएकै हो त भावनात्मक एकता !

स्वयम्भूनाथ कार्की   POSTED ON : पुष २८, २०७६ (१०:३६ AM)

नभएकै हो त भावनात्मक एकता !

इष्ट इण्डिया कम्पनीलाई हिमवत्खण्डमा औपनिवेशिक विस्तारमा तगारो भए बडामहाराजा श्री ५ पृथ्वीनारायण शाह । प्राचीन नेपाल अर्थात् नेपाल मण्डल खण्डखण्डमा विभाजित थियो । कतै भाइअंश, कतै अरू नै कारणले बाइसे चौबीसे भनिने पचासौँ टुक्रामा नेपाल मण्डलको हिमाली, पहाडी क्षेत्र, त्यसपछि चौदण्डी भनिने भित्री मधेस, तराईका टुक्राहरूमा विभाजित नेपाललाई जोडेर त्यसको राजा हुन लोभ लाग्ने पृथ्वीनारायण शाह एक्ला थिएनन् । 

उनका पुर्खाहरूको पनि यो दमित इच्छा थियो । त्यस्तै अरू राजाहरूको पनि लोभ थियो नै । सबै सफल हुने कुरा भएन । त्यसैले केही टुक्रा जोडिने फेरि अंशबण्डामा टुक्रने क्रम चालु थियो । यस्ता जोडिएका नागरिक बीचमा वैमनस्य कायम रहने गथ्र्यो । 

यो कुरा गोपाल वंशदेखिकै इतिहास अध्ययन गर्ने हो भने प्रष्ट हुन्छ । पराजित भएर जोडिएका टुक्राहरूका नागरिकमा र विजयी टुक्राका नागरिकहरूमा रहेको द्वेष त्यसबेलाको समाजमा व्याप्त थियो । यसलाई पुष्टि गर्ने व्यवहार रहेको कुरा पनि त्यही इतिहासको सूक्ष्म अध्यननले देखाउँछ । त्यसैले अनेकौँ प्रयत्न भए पनि पृथ्वीनारायण शाह पहिलाका जोडाइ अधुरा रहे । त्यो युगमा संसारभर विजयीले विजितमाथि दुव्र्यवहार गर्थे । यो चलन वर्तमानमा विश्व मानवताको ठेकेदारसरह भएका पश्चिमा मुलुकहरूमा तुलनात्मक रूपमा धेरै थियो । करिब तीन सय वर्षअघिको नेपाल यसबाट अछुतो रहने कुरै भएन । 

विजित मुलुकका नागरिक पक्रेर दास बनाउने चलन थियो । विजित मुलुकलाई क्रुरतापूर्वक लुट्ने प्रचलन थियो । सिपाही विद्रोह दबाउन जंगबहादुरले सहयोगस्वरूप पठाएका सैनिकलाई पुरष्कारस्वरूप लखनौ लुट्न लगाएका थिए, अंग्रेजहरूले । नेपाली जनमानसमा निर्दयातापूर्वक र निष्फिक्रीका साथ सम्पत्ति आफ्नो बनाउने कामलाई ‘लखनौ लुट’ भनेर अहिले पनि भनिँदैछ ।

तर, यस्तो युगमा पृथ्वीनरायण शाहले क्रमभंग गरे । अर्थात् विजितको परम्परा, संस्कृतिलगायत सम्पत्तिविहीन पारेनन् । त्यतिमात्र होइन त्यहा“ विजेता र विजितको भेदभाव पनि हुन दिएनन् । दुवै एकै हुन् भन्ने कुरा व्यवहारमै देखाए । काठमाडौं उपत्यकाको संस्कृति र परम्पार यथावत रूपमा अघि बढाए । आफू पनि त्यसमा सामेल भए । राजाज्ञा नागेर कुनै अपवाद घटना भएका थिएनन् भन्न खोजिएको होइन, भएका हुन सक्छन् । आज पर्यन्त विरोध चलेकै छ । अर्को क्रमभंग राज्यलाई राजाको भाइअंश लाग्ने सम्पत्ति होइन भन्ने स्थापित गरे । हुन त यो महँगो प¥यो, उनका सन्तानहरूबीच भाइअंश नपाएकाले विद्वेष सिर्जना भयो । 

तर, अहिलेलाई यो कुरा यस आलेखको विषयवस्तु होइन । कुरो कतिसम्म हो भने अब उप्रान्त मुलुक फेरि पहिलेजस्तै नटुक्रिने भयो । दिव्य उपदेशमा उनले प्रष्ट निर्देश गरे कि यो राज्य केवल राजाको दुःखले अर्जेको होइन चार जात छत्तीस वर्णको साझा फूलबारी हो । 

कसैकसैले यहा“ भुलवश चार वर्ण छत्तीस जात हुनुपर्नेमा चार जात छत्तीस वर्ण भन्ने गर्छन् । त्यो सही होइन, चार वर्ण छत्तीस जातले वर्ण व्यवस्थाअन्तर्गत मात्र बुझाउँछ । वर्तमानमा आपूmलाई अहिन्दु भन्नेहरूलाई समेट्दैन तर चार जातले आपूmलाई हिन्दु भन्नेलाई समेट्छ भने छत्तीस वर्णले आपूmलाई अहिन्दु भन्नेलाई पनि समेट्छ । यो कामले एक नेपालीलाई जस्तो भए पनि अर्को नेपालीसँग भावनात्मकरूपले जोडेको थियो र जोडेको पनि छ । 

यहा“ एक कुरा उल्लेख गर्न आवश्यक छ कि वर्तमानमा दिव्य उपदेश भनिएको पुस्तक दिव्य उपदेशका रूपमा बडामहाराजबाट आएको होइन । बडामहाराजबाट त आफ्नो जीवनको उल्लेख गर्नुपर्ने कुरा र उल्लेख गर्न सम्झेको कुरा भविष्यलाई राखिदिएको हो । 

त्यसैले सुरुमै भनिएको छ, ‘बुढा मरै भाषा सरै’ । तिमीहरू सबै छेउ सुनाई गयाका भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउन्, यो राजे थामी खानन्’ । दिव्य उपदेश त पछि नाम दिइएको हो । त्यसैले कोही दिव्य उपदेश त्यसबेलाको चलन थिएन त्यसैले यो कुरा बडामहाराजको हु“दै होइन भन्छ भने त्यो आफ्नो मूर्खता प्रदर्शन गर्दैछ । 

किनभने, बडामहाराजले यसलाई दिव्य उपदेश नाम दिएका होइनन् । यो राष्ट्र कसरी बन्यो अनि कसरी यसलाई थामेर भोग गर्न सकिन्छ भन्ने आफ्नो अनुभव र अर्ती दिएको हो । बडामहाराजले बोलेको पहिलो वाक्य नै नपढी यसको अस्तित्व खारिज गर्दा बडामहाराजको मोरो काढ्न सकिन्छ भनेर कसैलाई लागेको छ भने त्यसलाई के भन्ने, जनता आपैmँले सोच्नेछन् ।

पहिलो परिचय अर्थात् चल्तीको भाषामा पहिचान नेपाली नभएर अन्य भएको अवस्थामा भावनात्मक त परै जाओस् कुनै पनि किसिमको एकता हु“दैन । विभिन्न जातजातिमा सम्प्रदायमा बा“डिएर कोभन्दा को ठूलोको प्रतिस्पर्धाले एकता होइन वैमनस्य बढाउँछ । त्यसैले भावनात्मक एकताका निमित्त पहिलो परिचय अथवा पहिचान नेपाली हुनुपर्छ । एकले अर्कासँग संवाद गर्न साझा भाषा हुनुपर्छ । त्यसपछि आआफ्नो विविधता दोस्रो परिचय अर्थात् पहिचान हुन्छ । यो आधारभूत कुरा थाहा नभएको सम्भवत कोही छैन । तर, करिब पौने तीन शताब्दीपछि बडामहाराजबाट खाएको हारको बदला लिन केही खटाइएका छन् । अहिले आएर बल्ल यिनीहरूको दाउ लाग्दैछ । कतिपय त त्यही टुक्रे राज्यको पनि सपना देख्दैछन् । 

धर्मगुरु भएर धर्मभन्दा आपूmले आश्रय लिएको मुलुक इष्ट इण्डिया कम्पनीको अधीनमा पु¥याउन षड्यन्त्र गरेबापत देश निकाला गरेर बेतिया धपाइएका केपुचीन पादरीले सम्पूर्ण इसाई जगतमा भ्रम छर्न सफल भए । बडामहाराजले धर्मको आडमा मुलुकप्रति षड्यन्त्र गर्ने पादरी तथा इसाईलाई देश निकाला गरेका थिए । नेपाल इसाई प्रवेश निषेध भएको थिएन र छैन पनि । आफ्नो धर्म परम्परा मानेर बस्न कहिल्यै कुनै बाधा गरिएन । अरूलाई ललाईफकाई धर्म परिवर्तन गर्नमात्र रोक लगाइयो । यसलाई नेपालमा इसाई पस्न बन्देज लगाएको प्रचार गरेर आफ्नो हारको बदला लिन पश्चिमा समाजका केहीलाई प्रभावमा लिन सफल भएको परिस्थिति हो । पश्चिमाहरू सधैँ पृथ्वीनारायण शाहको नीतिको विरोधमा रहे । नेपालबारे उनीहरूले यही नीतिअन्तर्गत लेखे, लेखाए । 

उनीहरूको यो प्रभाव पार्न सक्ने जति नेपालीलाई प्रभाव पार्ने अभियानअन्तर्गत नेपालको एकीकरण अझ सही भन्ने हो भने नेपाल मण्डलको पुनः एकीकरण नै अवैध हो अमानवीय हो भन्ने प्रचार थालेका हुन् । तत्कालीन विश्वको युद्धको प्रचलन बडामहाराजले लडेको युद्धभन्दा कैयौं गुना बर्बर थियो । सजाय दिने मृत्युदण्ड दिने बर्बर तथा कष्टदायक यन्त्रहरू प्रयुक्त हुन्थे । 

ती कस्ता भयानक यन्त्र थिए भन्ने कुरा इण्टरनेटमा भेटिन्छन् । विजितलाई त्यसबेला गरिने व्यवहार पनि इतिहासमा अंकित छन् । तर, बडामहाराजले विजितलाई अलग व्यवहार गरेनन् । यो सही पनि थियो, उनले विजय होइन एकीकरण गरेका थिए । त्यसैले जो जो समाहित हँुदै गए ती नेपालका सम्पत्ति हुँदै गए । पृथ्वीनारायण शाहको समयको दुई सय वर्षभन्दा पछि नेपालमै भएको ‘जनयुद्ध’ मा के के भयो, भुक्तभोगीको स्मरणमा ताजै छ । 

यदि नेपालको एकीकरणमा भावनात्मक एकता नभएको भए किन पा“चथरको लिम्बु विदेशमा गोर्खाको नामले परिचित हुन गौरव गर्छ ? किन नेपाली भनेर तेरिया मगरलाई जिताउन सबै नेपाली प्रयत्न गर्छन् ? किन कोही नेपाली परदेशमा कठिनाइमा पर्दा सबै नेपाली मद्दतका निमित्त जुरुक्क उठ्छन् ? छातीमा हात राखेर भन्ने हो भने कतै कुनै नेपालीको कीर्ति गाथा सुन्नेबित्तिकै मनमा आउने आनन्दले नेपाली भावनात्मकरूपले एक भएको कुराको डंका पिटेको छ । 

तर, नेपालको अस्तित्व नै अवैधानिक साबित गर्ने अभियान लिएकाहरूले दिमाग भुटेका कथित विद्वान भने यो कुरा महसुस गरेर पनि चिन्न सक्दैनन् । वर्तमानको समस्या नै यही हो, आफ्नोमा गौरव गर्न नसक्नु । गौरव गर्नमात्र नसकेमा खासै केही हुँदैन थियो तर यस्ता सोच भएका आफ्नोमा लज्जा बोध गर्न सिकाउँछन् । 

यदि यो सब भावनात्मक एकता होइन भने त्यो एकताको प्रारूप कस्तो हुन्छ ? के यसको कुनै खाका छ ? भन्ने नै हो भने सम्भवतः संसारका सबै मुलुकभन्दा नेपालमा भावनात्मक एकता छ । त्यसैले त अरू मुलुकहरूले हामी एक हाँै भन्ने बुझाउने अभियान चलाउँदैछन् । नेपाली भने दशकौंदेखि षड्यन्त्रकारीले हामी अलग हौँ एक होइनौँ भन्ने अभियान चलाउँदा पनि अभैm एक ढिक्का छन् । नेपालीमा भावनात्मक एकता नदेख्नेहरू कुनै आग्रह वा पूर्वाग्रहले प्रेरित छन् । भावनात्मक एकता भएन भनेर निकै ठूलो हल्ला चलाइएका बेला पनि नेपाली जनताले पत्याएनन् र असफल बनाइदिए । फेरि फेरि हुने प्रयास पनि असफल हुनेछन् । 

(कार्की विराटनगरबाट लेख्छन् ।)


Views: 250

सम्बन्धित सामग्री:

A PHP Error was encountered

Severity: Warning

Message: Invalid argument supplied for foreach()

Filename: site/single.php

Line Number: 81

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/views/frontend/site/single.php
Line: 81
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/core/MY_Controller.php
Line: 38
Function: view

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 87
Function: loadView

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once