A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 63

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 63
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 73

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 73
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

eHimalayatimes | | स्वर्ग यात्रा
30th September | 2020 | Wednesday | 2:35:21 AM

स्वर्ग यात्रा

शंकरप्रसाद लुुइँटेल   POSTED ON : माघ ४, २०७६ (१०:३३ AM)

स्वर्ग यात्रा

सनातन धर्मको औपदेशिक पाठले स्वर्ग, नर्क र मोक्षप्राप्तिका उपाय निर्दिष्ट गर्छ (अरू सम्प्रदायको पनि होला तर विषयवस्तु अनभिज्ञताका कारणले उल्लेख गर्न सकिएन) । के गरे स्वर्ग गइन्छ, कसो गर्दा नर्क अनि मोक्ष कसरी हुन्छ भन्ने बाटाहरू भन्छ तर यसै गर भनेर कसैलाई निर्देशित गर्दैन । यहाँ हामीले आफूलाई उपयुक्त मार्ग आफैँ छान्न सक्ने प्रजातान्त्रिक अधिकार छ । यसरी मूल्यकन गर्ने हो भने ‘डेमोक्रेसी’ भन्ने शब्दको उत्पतिभन्दा केही हजार वर्ष पहिले नै सनातनीहरूले ‘प्रजातान्त्रिक’ अभ्यास सुरू गरेका थिए भन्दा अत्युक्ति नहोला । 

वास्तवमा यी तीन अवधारणाहरू (स्वर्ग, नर्क र मोक्ष) हाम्रो जीवनका स्रोत र अभिप्रेरणाका रूपमा विद्यमान छन । सरदर यिनै कुरामा आधारित भएर हाम्रा समाजमा नियम–कानून बनेका छन् । अन्य जनावर र ‘मानवजनावर’ बीच यही एउटा अवधारणाको मात्रै फरक छ ।  मान्छेसँग छनौट गर्न सक्ने क्षमता र अवसर छ, जनावरसँग त्यो छैन । 

यहाँबाट अघि बढ्न दुई वटा आधारभूत अवधारणाको अर्थ बुझ्न जरुरी हुन्छ, १) बौद्धिकीकरण (इन्टलेक्चुअलाइजेसन) र २) अनुभूति (एक्चुअलाइजेसन) । 

बौद्धिकीकरण ः यो एउटा तार्किक अथवा परम्परागत मान्यतामा आधारित रहेर मानसका माध्यमबाट बुद्धिले तुष्टि लिने प्रक्रिया हो । मानसलाई थोरै बुझौँ । हाम्रो टाउकोभित्र झण्डै–झण्डै खैरो रङ्गको अर्धतरल पदार्थ हुन्छ, हामी त्यसलाई ‘दिमाग’ वा ‘मस्तिष्क’ भनेर सम्बोधन गर्छौं । अंग्रेजीमा ‘ब्रेन’ भनिन्छ । यो स्नायु प्रणालीको अत्यन्त सूक्ष्म, जटिल तथा अत्यन्तै संवेदनशील संरचना हो । यो संरचना सञ्चालन गर्ने संयन्त्र मानस अर्थात मन हो (कहीँ कहीँ विद्वानहरूले मानस हृदयमा बस्छ भनेर व्याख्या गरेको पाइन्छ तर त्यो हृदय ‘मुटु’ हो अथवा ‘हृदि’ अर्थात आज्ञा चक्रको स्थान हो भन्ने प्रष्ट विवरण पाइन्न) । 

हाम्रो पूर्वीय योग विज्ञान अथवा सूक्ष्म विज्ञान (मेटाफिजिक्स) ले हाम्रो ढाड (स्पाइन) मा अचम्मको चेतन प्रणाली (नाडी विज्ञान– मेरिडियन) को विवरण प्रस्तुत गर्छ जहाँ यो मानसयन्त्र स्थिर अथवा शान्त भएपछि यात्रा सुरू गर्न सकिन्छ भन्छ । मस्तिष्क सूचना प्रणालीको केन्द्र हो । अचम्म के हुन्छ भने मस्तिष्क आफैंले कुनै सूचना उत्पन्न गर्न सक्दैन । यस यन्त्रलाई प्रयोग गरेर ‘मानस’ ले यो ‘सूचना’ को हक आफूमा सुरक्षित राखेको छ (संकटकालमा बुद्धिले यो सूचनाको हकमाथि आधिपत्य जमाएर मानसलाई नियन्त्रणमा लिँदो रहेछ तर यो बिरलै मात्र हुँदो रहेछ) । मानव शरीरको मृत्यु हुँदा यो मस्तिष्क पनि सँगै मर्छ तर मानस इन्द्रिय भईकन पनि दोष–भोग बाँकी रहेसम्म जीवित रहन्छ । यसले हामीले लुगा फेरेजस्तै गरेर शरीर फेरिरहन्छ । 

हाम्रो मानससँग अद्भूत र अद्वितीय क्षमता हुन्छ । यसले ज्ञानेन्द्रिय र कर्मेन्द्रियका माध्यमबाट बाहृय सूचना उपलब्ध गरेर आफ्नो संकल्प–विकल्पसँग तुलना गर्छ । यो तुलनाबाट यसले बुद्धिलाई त्यसै अनुसारको सूचना सम्प्रेषित गर्छ । यसैका सूचनाका आधारमा हाम्रो बुद्धिको विकास हुन्छ । हामीलाई कुनै कुरो बुझ्न बुद्धि आवश्यक पर्छ । बुद्धि नै यस्तो संयन्त्र हो जसले ठीक–बेठीक छुट्याएर अहंलाई उसै रूपले सूचना सम्प्रेषित गर्छ । जब मानसले सूचना संग्रह गरेर बुद्धिलाई पठाउँछ, तब बुद्धिले ती सूचनाका आधारमा आफ्नो ज्ञान (नलेज) संग्रह गर्छ । यो सूचना प्राप्त गर्ने र ज्ञान उपलब्ध गर्ने प्रक्रिया सापेक्ष हुन्छ । सापेक्षको अर्थ हुन्छ कुनै अर्को वस्तु अथवा आधारको अपेक्षा गर्नु । बुद्धिले मनको अनि मनले स्रोत (पुस्तक, सिनेमा, प्रयोग, स्पर्स इत्यादि) को अपेक्षा गरेको हुन्छ ।

यो ज्ञान हासिल गर्ने क्रममा हाम्रो मानसले कहिलेकाहीँ अचम्मलाग्दो कृत्रिम दुनियाँ (आर्टिफिसियल फेन्टासी) समेत प्रस्तुत गरेर बुद्धिमाथि कब्जा जमाउँछ । यस्तो अवस्था मानसिक विचलन (स्केजोफ्रेनिया, हृयालुसिनेसन) पनि भन्ने गरिन्छ र यो क्रम अत्यधिक मात्रामा वृद्धि भएको अवस्थामा पागलपन (ल्यूनाटिक) हुन्छ । साधारण अवस्था होस् अथवा विचलित अवस्था, मानसले बुद्धिलाई अभिप्रेरित गरेर अनुभवजन्य कुरा तर्कका बलमा अनुभूत गराउने प्रक्रिया बौद्धिकीकरण (इन्टलेक्चुअलाइजेसन) हो ।

अनुभूति : यो एक प्रकारको प्रयोग हो, विज्ञानको प्रयोगशाला जस्तै । आगो तातो हुन्छ भनेर तापको परिकल्पनामा डुबेर पसिना काढ्नु बौद्धिकीकरण हो तर आगो छोएर हात पोलेपछि अनुभूत ज्ञान प्राप्त हुनु, ताप अथवा पोलाई अनुभूति हुनु अनुभूति (एक्चुअलाइजेसन) हो । अनुभूति अड्कलका भरमा र तर्कका बलले प्रमाणित हुँदैन, ठीक विज्ञानका सूत्रजस्तो । 

यी दुवै बौद्धिकीकरण र अनुभूति मानस र बुद्धिको संयुक्त प्रयास हुन् । मानस अत्यन्तै जटिल संयन्त्र हो । आजभोलि यो मात्र बुझ्न मनोविज्ञान (साइकोलोजी) भन्ने अलग्गै विषय छ । यहाँ एउटा अर्को कुरा के बुझ्न जरुरी हुन्छ भने मानससँग यस्तो विचित्रको क्षमता हुन्छ कि यसले अस्तित्वमै नभएको कुरा समेत दुरुस्त अनुभूति गराइदिन्छ । अधिकांश मनोवैज्ञानिकहरू अझै मानसको यस चामत्कारिक गुणको कारणको खोजी गरिरहेका छन् । कहिलेकाहीँ पढेका अथवा सुनेका विषयहरूमा हामी यति लीन हुन पुग्छौँ कि हामी आफूलाई त्यही पात्र अथवा अवस्थामा पीडा अथवा सुख अनुभूति गरी रहेका हुन्छौँ । यो पीडा अथवा सुख भोग्दाको अनुभूति ठ्याक्कै अनुभूति भएको महसुस हुन्छ । यसै विचित्र गुणलाई आधार बनाएर भारतीय विद्वान राहुल सांकृत्यायन ले ‘ईश्वर मानवका मानस पुत्र है’ भन्ने निष्कर्ष निकाले । 

सार कुरा के हो भने सुनेर, छोएर, देखेर, चाखेर अथवा सुँघेर कुनै कुराको ज्ञान हासिल गर्ने क्रममा हाम्रो दिमागमा केही द्रब्य उत्सर्जित हुन्छन् जो इन्जाइम बनेर पोखिन्छन् । ती द्रब्यले जुन सन्देश बुद्धिलाई पठाउँछन, त्यही व्यवहार हाम्रो मानस र शरीरमा उत्पन्न हुन्छ । सत्यको खोज तथा अनुभूतिको मार्गमा यस गुणले धेरै बाधा उत्पन्न गर्दोरहेछ । यो एक प्रकारले पूर्वाग्रही मानस अथवा ‘माइण्ड कण्डिसनिङ’ हो । निश्चित कुराको आधार बनाएर परिणाम ‘आउटकम’ पहिल्यै निर्धारित गरेर सोहीअनुरूपको व्यवहार मानसले गर्दो रहेछ । यो अनुभूतिले बुद्धि, अहं र महतलाई पनि मात ख्वाउँदो रहेछ । 

मूल विषय : 

शास्त्रले ‘प्रायश्चित’ अर्थात ‘क्षमा याचना’ लाई ठूलो प्राथमिकता दिएको पाइन्छ । प्रायश्चित गर्दा मानस एक प्रकारले हर्षित हुँदो रहेछ । यो हर्षको भावमा जब मन तरंगित हुन्छ, त्यसले सन्तुष्टिको सन्देश बुद्धिलाई सम्प्रेषित गर्दो रहेछ । ‘भालुको मन खुन्यूमाथि’, बुद्धिलाई योभन्दा अर्को के चाहियो ! बुद्धिले मानसमा यो भाव उत्पन्न हुँदा अत्यन्तै सन्तोषको सन्देश अहंलाई पठाउँदो रहेछ । अहं तुष्ट भएपछि महत स्वर्गीय मोदमा रम्दो रहेछ । यहाँ यस प्रकारको अनुभूति हुँदा आँखाले अनौठो प्रकारको प्रकाश देखिँदो रहेछ । हल्का पहेँलो, सुनौलो रंगको प्रकाश, ठिक्क उज्यालो, आकाश जस्तो नीलो देखिने भूमिजस्तै प्रकारको आधार, सबैतिर देखिने ३६० डिग्री वर्तुलाकार (स्फेरिकल भिजन) दृष्टि (एकै दिशाबाट सबैतिर देखिने), पाँचै इन्द्रियले सबैले सबै काम गर्ने, सबै एकै, सबै फरक फरक, आँखा खुलै हुँदा पनि पृथ्वीका कुनै दृश्य नदेखिने, यो शरीर यथावत यन्त्रवत काम गरिरहन्छ । त्यसको स्पष्ट बोध भएर पनि कुनै अवरोधबिना यो मोद अनुभूत हुने, दृष्टिगोचर हुने अचम्म लाग्दो अनुभूति । 

यो विषय बौद्धिकीकरण गरेर बुझाउन सकिन्न । जहाँसम्म शब्द पुग्छ, त्यहीँसम्मको गतिमात्र बौद्धिकीकरण गर्न सकिन्छ । यहाँ शरीरको कुनै भार हुँदैन, फलस्वरूप कुनै किसिमको पीडाजन्य अनुभूति नहुने रहेछ । यहाँ अरू धेरै प्रकारका दृश्यहरू देखिन्छन् तर ती उल्लेख गर्नु सान्दर्भिक छैन । यहाँ मानसले जे भोग्छ, त्यो सांसारिक र शारीरिक दुवै हिसाबमा स्पष्ट अनुभूत हुँदो रहेछ । अचम्म ! मनले सोचिसक्दा वस्तु अथवा भोग उपलब्ध हुने, जहाँ पनि प्रकट र अलप हुनसक्ने तीव्रतम गति, प्रकाशमय शरीरको अनुभूति ! मानसदेखि महतसम्म (अन्तःकरण चतुष्ट्य) ले सायद यस संसारमा सधैँभरि भोग्न चाहेको यही हो कि, मन गदगद, बुद्धि तुष्ट, अहं संतुष्ट, महत आनन्द ¤ झण्डै झण्डै शास्त्रले बयान गरेको सत–चित–आनन्द जस्तो । यति हुँदाहुँदै पनि थोरै अपुग भएजस्तो भावले पुनः एक प्रकारको अतृप्ति अनुभूत हुँदो रहेछ । 

यो भोगले मानस जति आकर्षित हुन थाल्यो, उति आफ्नोपनको विस्मृति हुन सुरू भयो । क्रमशः अहं बलशाली हुँदै आउँदो रहेछ, लेकको जुका शरीरमा टाँसिएजस्तो । जुका त अघाएपछि पुर्लुक्क लड्छ तर यो अहं जति भोग बढ्दै गयो त्यति नै लोभी हुँदै आउँदो रहेछ । ‘जस्तोसुकै परिस्थिति आइपरे पनि म यो भोगबाट बाहिर निस्कन चाहन्नँ’, यो भाव बलशाली हुँदै आउँदो रहेछ । नर्कबाट ‘बाउन्स ब्याक’ भएको मानसले प्रायश्चितको राहत पाउँदा आँधीबेहरीजस्तो हुत्तिएर स्वर्गयात्रा गर्दो रहेछ । यो स्वर्गको रचनाकार हाम्रो आफ्नै मानस नै हुँदो रहेछ । यो दोष–भोगको यात्राको विस्तार भनेको ‘मनदेखि मनसम्म’ भनेजस्तै रहेछ । यो मनले बौद्धिकीकरण गरेर प्रस्तुत गरेको एक प्रकारको परिदृश्य मात्रै रहेछ । 

केही समय पहिले मलाई ‘हृयालुसिनेसन’ भन्ने मानसिक रोग लागेको थियो । ‘डिप्रेसन’ अर्थात ‘हीनताभाव’ यसको प्रारम्भिक लक्षण थियो । यो हृयालुसिनेसनको चरणमा यस्तै किसिमका अनुभूतिहरू हुने गर्थे । त्यसबेला खासगरी आफूले गर्न नसक्ने काम ‘फेन्टासी’ दुनियाँमा मानसले नाटकजस्तो प्रस्तुत गर्दथ्यो । दृश्य देखिनु, आवाज सुन्नु, भित्रभित्रै कुराकानी (कन्भेर्सेसनल प्याटर्न) उत्पन्न भएर आफ्नो बहुव्यक्तित्व (स्प्लीट पर्सनालिटी) अनुभव हुन्थ्यो । अहिलेको अनुभव र हृयालुसिनेसन बीच धेरै गहिरो फरक पाइयो । हृयालुसिनेसनले जति–जति असामान्य दृष्टि देखिन्थ्यो उति–उति हीनताभाव उत्पन्न हुन्थ्यो भलै स्वर्गीय दृश्य नै देखिएको किन नहोस् । अहिलेको अनुभवले तृप्ति र स्पष्ट दृष्टिकोण दियो । अथवा भनौँ, हृयालुसिनेसन अथवा ल्यूनाटिक प्रच्छन्नताले दृष्टिमात्रै प्रदान गर्छ भने यो यात्राले अनुभवसहितको स्पष्ट दृष्टिकोण । 

हुन त यी सबैखाले अनुभव मानसले नै प्रदर्शन गर्ने स्वर्ग–नर्क प्रहसन (हेल–प्यारडाइज डाइमेन्सन) मात्रै रहेछन्, जसभित्र अहिले असली ठानेर भरण–पोषण गर्दै यो आलेख तयार पार्ने शरीर र मानस समेत पर्छ । यहाँसम्मको अनुभव हुँदा यस्तो प्रश्न जागृत भयो ः शास्त्रले गुणगान गाएका विश्वामित्र ऋषि सायद हाम्रै मानस पो हुन् कि ¤ 

सामान्य भौतिक लौकिक दुनियाँदेखि घोरभन्दा पनि घोर नर्क अनि सुखभोगको काष्ठा स्वर्ग सबै आफ्नै मनको बिस्तारमात्रै रहेछ । मन र बुद्धिको यात्रा ‘जो जो बराजै, सोई सोई नाति’ भनेजस्तो रहेछ, मन जताजता बुद्धि उतैउतै ¤ शास्त्र किटान गरेर भन्छ ः तिमी चाहे स्वर्ग जाऊ वा नर्क, भोग समाप्त भएपछि तिमी फेरि यहीँ फर्किनु पर्छ । 

एकपटक फेरि ‘यत पिण्डे तत ब्रहृमाण्डे’ सूत्र यहाँ उल्लेख गरौँ । जे यो शरीरमा छ, त्यही यो ब्रहृमाण्डमा । जीवित हुँदा जे अनुभूत हुन्छ, त्यही मृत्युसिछ पनि अनुभूत हुँदो हो । हामीले यस पृथ्वीलोकमा मानव शरीर लिएर मानसलाई आधार बनाएर अथवा भनौँ मनमा आश्रित भएर जे जति कर्म गर्छौं ती कर्मले स्वर्ग अथवा नर्कको भोगको गति प्रदान गर्ने रहेछन् । 

यो स्वर्गानुभूति शृंखला झण्डै चार घण्टासम्म अनुभूत भयो, जो अनुभूत भएका बखत अरू सहभागीहरूले मेरो शरीरप्रति गरेको टिप्पणी यस्तो थियो ः स्थिर आसनमा निर्धक्क हलचल नगरी चारघण्टा हवन गरेको पहिलोपटक ¤  

यहाँ यो कुरा स्पष्ट हुन्छ कि हाम्रो मानसले यो शरीरलाई जसरी चलाउन चाहृयो, त्यसरी नै चलाउन सक्दो रहेछ । खाली मन कुन कुरामा अथवा विषयमा आश्रित छ, त्यसमा भर पर्दो रहेछ शरीरले गर्ने व्यवहार । 

नर्क–स्वर्ग भोगपछि :

आखिर मन के चाहँदो रहेछ त ? तृप्ति । 

असीमित र अनन्त मन कसरी ससीम र टुक्रे भोगले तृप्त होला र ? मनले नर्क रचना ग¥यो, त्यसको पनि सीमा छ । स्वर्ग, सुखदुःख, जे जे रचना ग¥यो ती सबैको सीमा छ तर मन आफू असीम ¤ कस्तो द्वन्द्व ¤ आफू बस्ने घर आफूभन्दा सानो ¤ यस्तो अर्को प्रबल ध्वनि तिरभित्रको द्रष्टा हो वा जीव स्वयं आकर्षित भयो । यसले मन देख्यो, बुद्धि देख्यो, यिनको गति देख्यो । अहं र महत पनि देख्यो र भन्यो ः अरे चक्र भनेको त यही पो रहेछ ¤

अहिले ‘म’ का धेरै आयाम दृष्टिगोचर भए । राम्रो, नराम्रो, भोग, दुःखसुख इत्यादि । यो पनि ‘म’ त्यो पनि ‘म’ । एउटा ‘म’ विशेषण र अलंकारमा आश्रित छ, अर्को ‘म’ हेर्छमात्र, केही गर्दैन । एउटा ‘म’ सधैँ केही न केही खोजिरहन्छ । अर्को ‘म’ केही खोज्दैन । एउटा ‘म’ कहीँ पुग्न प्रयत्नरत छ, अर्को ‘म’ लाई कहीँ जानु छैन । पहिले नर्क अनि फेरि स्वर्ग अनुभूत हुँदा एउटा ‘म’ उसै गरी विचलित र हर्षित भयो । अर्को ‘म’ मा कुनै पनि भाव, विचलन, हर्ष–बिस्मात इत्यादि छैन । यहाँ पुग्दा अचम्मको अनुभूति के भयो भने सक्कली र नक्कली दुईवटा ‘म’ एउटै शरीरमा आश्रय बनाएर बसेका हुँदा रहेछन् । शास्त्रमा पढेको कुरो यहाँ फलिभूत भएजस्तो । 

द्वा सुपर्णा सयुजा सखाया समानं वृक्षं परिषस्वजाते ।

तयोरन्यः पिप्पलं स्वाद्वत्त्यनश्नन्नन्यो अभिचाकशीति ।। 

(श्वेताश्वतरोपनिषत् ४ र ६)

दुई उस्तै सुन्दर पंख भएका साथी–साथी पक्षी एउटै पीपलको रूखमा आश्रय गरेर बस्छन् । एउटा रूखको फल खान्छ, त्यसै अनुरूप स्वाद लिन्छ । अर्को खाँदैन, हेर्छमात्र ।

शास्त्रले ‘द्वैत’ अर्थात ‘दुई’ भनेर ‘ईश्वर’ र ‘जीव’ भनेको कतै यही त होइन ? जे ‘ईश्वर’ को लक्षण बताएको छ, त्यो पनि ‘म’ हुन्छ, अनि जे जे ‘जीव’ को लक्षण बताएको छ, त्यो पनि ‘म’ नै हुन्छ । यो अनुभूतिपछि मानसले एक प्रकारको हलुका तृप्तिको अनुभूति ग¥यो । यहाँ यति भन्न उपयुक्त हुन्छ कि मन जति–जति यो अर्को भित्री द्रष्टा (हेर्ने मात्र) ‘म’ तर्फ आकर्षित हुँदै गयो त्यति त्यति विश्राम र सन्तोषको अनुभूति हुँदै गयो । 

(अष्ट्रेलियाबाट)


Views: 1227

सम्बन्धित सामग्री: