A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 63

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 63
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 73

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 73
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

eHimalayatimes | | मधुसुदनको स्वास्थ्य अभियान
30th September | 2020 | Wednesday | 1:46:45 AM

मधुसुदनको स्वास्थ्य अभियान

अजय श्रेष्ठ   POSTED ON : माघ १०, २०७६ (१०:११ AM)

मधुसुदनको स्वास्थ्य अभियान

२०४४ साल फागुन २ गते मानुवाकोटको ककनी ८ मा बुबा शिवराम भेटुवाल र आमा भगवती भेटुवालको पहिलो सन्तानका रूपमा यस धर्तीमा पाइला टेकेका मधुसुदन यतिबेला योगका कारण देश विदेशमा चर्चामा छन् । हालै उनले ‘अष्ट्रेलियाको लागि म योग, ध्यान गर्छु’ भन्ने नाराका साथ १२ जनवरी आइतबार अष्ट्रेलियाको भिक्टोरिया राज्यअन्तर्गत मेल्बर्न सहरको लेलोर हस्किसन पार्कमा एक दिवसीय योगविज्ञान शिविर सम्पन्न गरे । अष्ट्रेलियामा जारी आगलागी ‘बुसफायर’ नियन्त्रण र पीडितहरूको सहयोगका लागि योग विज्ञान शिविर आयोजना गरिएको थियो । 

मानसिक र शारीरिकरूपमा स्वस्थ्य रही भौतिक प्रगति र आध्यात्मिक उन्नति गर्दै सेवाको भावना जगाउन योगमा जोडिन आवश्यक रहेको र ब्राहृमणको सृष्टिसँगै योग पनि सिर्जना भएकोे योगी मधुसुदनको धारणा छ । योगी भेटवालका अनुसार योग शिविरमा नौ सय अष्ट्रेलियन डलर संकलन भएकोे र बैंकमार्फत छ सय गरी हालसम्म अष्ट्रेलियन पन्ध्र सय डलर संकलन भइसकेको तथा बैंकमार्फत सहयोग उठ्ने क्रम जारी रहेको छ ।

उनका अनुसार केही दिनपछि उक्त संकलित सहयोग रकम कण्ट्रिफायर अथोरिटीलाई हस्तान्तरण गरिने छ । साथी अष्ट्रेलिया र नेप्लिज नेवरहुड कम्युनिटीको सहकार्यमा सामाजिक अभियन्ता तथा योगाभ्यासी रोशनी श्रेष्ठ र अर्की सामाजिक अभियन्ता एवम् नेप्लिज नेवरहुड कम्युनिटीकी संयोजक अमृता गुरुङको पहलमा उक्त योग विज्ञान शिविर सम्पन्न भएकोे थियो ।

शिविरको मुख्य उद्देश्य आगलागी पीडितहरूको सहयोगार्थ आर्थिक संकलन रहेकाले शिविरमा अष्ट्रेलियालाई कर्मथलो बनाएर बसेका तथा अष्ट्रेलिया घुम्न आएकाहरूको उलेख्य सहभागिता रहेको थियो । नेपाल र अष्ट्रेलियाको राष्ट्रिय गान गाएर शिविर सुरु भएकोे थियो ।

यस्तै उनले अन्य थुपै देशमा पनि योग शिविरहरू चलाउँदै आएका छन् । कठोर तपस्या, साधना र अध्ययनले योगीका रूपमा नेपाल र नेपालबाहिर चर्चा पाएका मधुसुदन वर्षमा ६ महिना हिमालयकै सेरोफेरोमा बस्ने गर्छन् । त्यसैले उनी ‘हिमालय योगी’ का रूपमा पनि परिचित छन् । आफ्नै साधनाका लागि त्यहाँ बस्ने उनी यसका अतिरिक्त हिमालमा रहेर योग गर्न चाहने विभिन्न मुलुकका योगप्रेमी पर्यटकलाई पनि प्रशिक्षण दिने गर्छन् ।

कलिलै उमेरदेखि आध्यात्मिक चिन्तनतर्फ हेलिएका मधुसुदनले २०६१ सालदेखि योग गर्न थालेका हुन् भने २०६४ मा औपचारिकरूपमा रामदेवको पतञ्जली योग आश्रममार्फत जोडिएका हुन् । योगमा लागेको यो १५–१६ वर्षको यात्रामा उनका सयौं स्वदेशी तथा विदेशी अनुयायीहरू रहेका छन् । नेपाल संस्कृत विश्वविद्यालयबाट योग प्राकृतिक चिकित्सा विषयसमेत अध्ययन गरेका उनले भारत, थाइल्याण्ड, इण्डोनेसिया, फिलिपिन्सलगायत देशमा गएर योग प्रशिक्षण दिएका छन् भने उनकै सक्रियतामा योगले खेलकुदका रूपमा राष्ट्रिय खेलकुद परिषद्भित्र प्रवेश पाएको हो । 

उनी सन् २०१७ मे ६–९ मा सम्पन्न प्रथम साउथ एसियन योग स्पोर्टस् च्यान्पियनसिपमा उमेर समूहबाट दोस्रो भए भने सन् २०१८ जनावरी १७–१८ मा सम्पन्न प्रथम नेसनल योग स्पोर्टस् च्यान्पिनसिप खेलमा पनि दोस्रै भए । यसैगरी २०१९ जुन ८–९ मा भएको सेकेण्ड नेसनल योग स्पोर्टस् च्यान्पिनसिपमा आफ्नो उमेर समूहबाट प्रथम र सबै उमेर समूहको प्रथमबाट उत्कृष्ट हुन सफल भएका थिए । त्यस्तै २०१८ मे ४–६ मा सम्पन्न प्रथम साउथ एसियन योग स्पोर्टस् च्याम्पियनसिपमा नेपाल प्रथम भए । 

देशको गरिमा बढएको भन्दै राष्ट्रिय खेलकुद परिषद्ले उनलाई प्रोत्साहनपत्रसँगै स्वर्ण पदकबाट सम्मान ग¥यो । त्यस्तै प्रथम माउण्ट एभरेष्टइण्ट र नेशनल योग फेष्टिबल २०१८ मा उनी प्रथम भए । यसका अतिरिक्त उनले क्षेत्रीय, जिल्ला, अञ्चल एवम् राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा हुने विभिन्न सभा, सम्मेलन र प्रतियोगितामा भाग लिएर आफ्नो कला प्रदर्शन गर्दै सम्मान, अभिनन्दन तथा पुरस्कार प्राप्त गरे । उनले साउथ एसियन कप योगा कम्पिटिसन २०१८ र २०१९ मा जुरी (निर्णायक) को भूमिकासमेत निर्वाह गरेका छन् ।


Views: 163

सम्बन्धित सामग्री: