A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 63

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 63
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 73

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 73
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

eHimalayatimes | | आत्मसाक्षात्कारको उपकरण
15th August | 2020 | Saturday | 7:19:36 PM

आत्मसाक्षात्कारको उपकरण

शंकर लुइँटेल   POSTED ON : फाल्गुन ४, २०७६ (३:११ PM)

आत्मसाक्षात्कारको उपकरण

सुन्दै अचम्म लाग्ने के भन्या होला यस्तो ? आत्मा पनि काहिँ उपकरणले भेटिन्छ र ? चाहिने पो कुरो गर्नु पर्छ । हन लेख्ने भन्दैमा जे पायो उही लेख्ने ? 

‘आ शंकर, खाई सार कि लाई सार, मरेपछि लम्पसार खोइ एक चम्चा अचार हाल् याँ’ परेको म आफैँ ब्यहोर्छु’ सहिद गंगालाल अस्पतालमा दुई हप्तापछि दिदीको मुटुको अपरेसन छ । लगभग दिदी सिकिस्त जस्तै छन्, बोली चाहिँ ट्याउँ ट्याउँ ¤ ‘अप्रेसन छ हाओ दिदी, पछि निकी भए’ सी खाऊ न’ भनेको ‘अप्रेसन त दुई हप्तापछि बल्ल छ, बीचैमा म मरेँ भने चैं ?’ भनेर दिदी खाना खान बस्ने जमर्को गर्न थालिन्, उठ्नै सकिनन् । यसो हेर्छु, बाँसलाई साडी लगाइदिएर ओछ्यानमा फ्याँकेको जस्तो देखिन्छ । भिनाजु रुञ्चे हाँसो हाँस्नु हुन्छ, ‘माया तिमी अहिल्यै जाने बेला भएको छैन ¤ भाइले भनेको मान न, कति नरम पारेर भात पकाएको छ, अचार पछि खानू,’ दिदीले टेरपुच्छर लाइनन् । 

डाक्टरले आफ्नो कुशलताको प्रयोग कन्जुस्याइँ नगरी गरे भने जीवन हम्मेसी नसकिने रहेछ । अप्रेसनलाई तात्तातै रगत चाहिन्छ भनेर हाँप र झाँप गर्दै ३ बजेतिर कामको गाडी बाँसबारी हुइँक्याउन लगाएर पुगेँ । पुग्न त पुगेँ तर मैले रगत दिनु परेन । सेल्स डिस्प्याच र पेजर (उस् बेलामा मोबाइल हाम्रो पहुँचमा आइसकेको थिएन) ड्राइभरलाई थमाएर । 

‘अफिस लगेर म्यानेजरलाई दिनू, म भोलि बल्ल आउँछु’ भनेर पठाएँ अनि बाहिर चौरमा साँल्लाईसँग गफ गरेर अप्रेसनको खबर सुन्न बसियो । भिनाजु धेरै जसो अप्रेसन थिएटर छेउमै अडिनु हुन्छ । झण्डै साढे चारतिर खबर आयो, ‘अप्रेसन सफल भयो’ । भिनाजु पिल्पिलाउनु भयो, साँल्लाई र म पनि अलिक लामो सास फेर्न थाल्यौं । मुटुको अपरेसन गर्ने डाक्टर, भगवान कोइराला । नाम र काम उस्तै ¤ दिदी बाँचिन् ।

मेरो मगजमा एउटा कुराले अखडा जमाउन थालेको निकै समय भइसकेको थियो । पौराणिक पात्र ध्रुव वन जाने बेलामा सोच्छन्, ‘मलाई बाटैमा हिंस्रक जनावरले मारे भने नि ?’ फेरि मनमनै उत्तर दिन्छन्, ‘बाँचेँ भने परमात्मा भेटौंला, मरेछु भने आफ्नै आत्मा ¤ ‘यति कुरो बुझेपछि त पुगी गो नि ¤ हान्निए जंगलतिर । म सोच्न थालेँ, ‘जनावरले मार्दा ध्रुवले आफ्नै आत्मा देख्ने अठोट गरेका थिए भने यी अप्रेसन गर्ने डाक्टरले त झन् अप्रेसन गर्यैपिच्छे बिरामीको आत्मा देख्दा हुन् । मुटुमै आत्मा हुन्छ रे ।

आफ्नो आत्मा खोज्न होस् अथवा अरूको, जंगल जाने क्रम रोकिएको छैन । ऊ बेलामा जंगल नगएका मान्छे ऋषि हुँदैन थिए रे । पौराणिक इतिहास पल्टाएर हेर्दा छर्लङ्ग हुन्छ, प्राय सबै ऋषिमुनि जंगलकै उत्पादन हुन् । जंगलमा आत्मा र परमात्मा मात्रै होइन अरू धेरै कुरा पनि भेटिन्थे रे उस बेला । भरत राजा राजपाटबाट निवृत्त भएर जंगल गए । तपस्या गरे, आत्मा भेटे, परमात्मा पनि ¤ समय साँच्चै खेलाडी हुँदो रहेछ । विचरा भरत, मृग आयो, पाठो दिएर भाग्यो ¤ मृगको पाठो र भरत ऋषिको कथाले कालीगण्डकी पुगेपछि बल्ल तरान पाउँछ । विश्वामित्र पनि राजा नै हुन् । जंगल गए, मेनका पाए, सकुन्तला जन्माए । 

शकुन्तलाको कथाले लक्ष्मीप्रसाद देवकोटाको समेत पात्रता कोरेको रहेछ उस बेलामा ¤ कसको कहाँ के संयोग हुन्छ भन्ने कुराको अड्कल गर्न गाह्रो हुँदो रहेछ । जंगल सबैको प्रिय स्थल । भगवानको निर्वास जाने ठाउँ, रासलिला गर्ने ठाउँ ¤ जंगलको महिमा हेर्दै लैजाँदा कहिलेकाहीँ लाग्छ, जंगल त भगवानको पनि भगवान पो हो कि क्या हो ¤ खगोलशास्त्रीका अनुसार अरू ग्रहतारामा जंगल छैन रे । यही पृथ्वीमा मात्रै छ रे । यस्तो अद्वितीय ठाउँ पृथ्वी ¤ जे होस् आत्मज्ञानका विद्यार्थीको गन्तव्य भनेको जंगल नै देखिन्छ । आत्मज्ञानी मान्छेको लक्षण के हो त भन्दा भगवान श्रीकृष्ण अर्जुनलाई भन्नुहुन्छ ः 

दुःखेष्वनुद्विग्नमनाः सुखेषु विगतस्पृहः ।

वीतरागभयक्रोधः स्थितधीर्मुनिरुच्यते ।। (श्रीमद्भगवद्गीता २र५६)

दुःखमा मन नबिगार्ने, सुखले नमात्तिने रोग, भय, क्रोध इत्यादिबाट अविचलित व्यक्ति मुनि कहलिन्छ । मुनि आत्मज्ञानी हो । आत्मज्ञानीको लक्षण बताउँदै गर्दा योगानन्द परमहंसले उल्लेख गरेको माताजीको याद आयो, मातालाई खाना अरूले नै खुवाउनु पथ्र्यो । उहाँले खाएको हेर्दा खाना र मिष्ठान्न दुवैको स्वादमा केही अन्तर जस्तो देखिन्थ्यो, अनुहारको भाव जस्ताको तस्तै रहन्थ्यो ।

अस्ति एक दिन काम खेल्दा ‘सुपरभाइजर’ ले फ्याट्टै एउटा कुरो भन्यो, ‘दिस एब्सर्ड वल्र्ड इज मेकिङ आवर लाइफ मिनिङलेस (यो ‘एब्सर्ड’ दुनियाँले हाम्रो जीवन पनि ‘निरर्थक’ बनाउँदै लाँदै छ) । ‘खै के भएको हो आजकाल, साना साना कुराले पनि मथिंगल नराम्रोसँगले हुँडलिन्छ । कतै म पनि पो आत्मज्ञानीकै बाटामा पो छु कि क्याहो झैँ भन्का छुट्छ ।

अनि फेरि आफैँ हाँस्छु र सम्झिन्छु, घुमाउने रोग लागेको बाख्रो जस्तो, आफ्नै पुच्छर टोक्न घुम्यो घुम्यो पुर्लुक्क लड्यो अनि फेरि तंग्रियो, घुम्न थाल्यो, एउटै क्रम, एउटै भ्रम ¤ अल्बर्ट कामु झल्झली याद आयो । त्यो सिसिफस् अझै ढुंगो गुड्काउँदै होला कि छाड्यो होला ? एब्सर्ड हेमिंवेको माझी बुढो, अझै नाउ लिएर समुद्रमा जाँदै होला कि पेसा बदल्यो होला ¤

पहिले पहिले घरमा खाना खान पाहुना बोलाउने चलन थियो । अहिले झण्डै झण्डै त्यस्तै चलन छ तर खाना खाने पाहुना नबोलाएर ‘खाना खाने खेताला’ बोलाउने गरिन्छ । काम गर्न बोलाएको खेतालासँग धनीले सुख–दुःख अथवा सञ्चोबिसञ्चो सोधी राख्दैन, खाली काम ग¥यो गरेन, अह्राएको काम सक्यो सकेन त्यहीमात्रै चासो हुन्छ । आजभोलि खाना खान बोलाउँदा पनि त्यसै गर्ने चलन छ । बोलाउनेले पनि आतिथ्य सत्कार इत्यादिमा ध्यान दिनु पर्दैन, जानेले पनि शिष्टाचार इत्यादिमा ध्यान दिनु पर्दैन । 

बोलाउनेले बोलाउँछ, आफू सुइँय गयो, ठ्याप्प पलेँटी कसेर भटाभट भात टिप्यो, उठ्यो, चुठ्यो अनि हिँड्यो । कसैलाई बोल्ने फुर्सत कहाँ छ र ? उसै पनि आत्माज्ञानीको लक्षणअघि नै भनि सकियो । ज्ञानी नै भइसकेपछि संसारबाट लिप्सा हटेर आफैँमा केन्द्रित हुनु स्वाभाविकै हो । ऊ बेलामा त्यत्रो त्यत्रो तपस्या गरेर आर्जन गरेको आत्मज्ञान अहिले कसरी यति सुलभ होला र भन्ने प्रश्न उब्जिन्छ । ऊ बेलामा आत्मज्ञान हासिल गर्ने उपकरण थिएन त्यही भएर त्यति ट्याम लाग्थ्यो क्या ¤ किखकसु (किस्सा खतम, कहानी सुरु)

अस्ति भर्खर एउटा घरमा खाना खाने खेताला लाग्न गइयो । अर्मपर्म आफ्नो चलन ¤ पुरानो एउटा पर्म पनि तिरिने भनेर गइयो ¤ जाँदा खासै केही भएन । जानै पर्ने पनि होइन, तैपनि गइयो हिमी (हाम्रो हिसाब मिल्यो) पनि भयो । अनुभवको चलन छ, यस्तो खालको अनुभव भयो ।

धेरै जना थियौँ र कोही पनि थिएनौँ । सबैसँगै खाँदै थियौँ, र सबै एक्ला एक्लै खाँदै थियौँ । आआफ्नै हात, आआफ्नै मुख ¤ अरू कसैतिर हेर्दा अथवा कुरा गर्दा हात अथवा मुख पो सापटी माग्ने हुन् कि भन्ने पिरलो जस्तो ¤ सबैलाई एकै किसिमको अनुभूति नभएको हुन सक्छ, यो अनुभूति व्यक्तिपिच्छे फरक फरक हुन्छ । सबै घोत्लिएर कोही पर्म लगाउन र कोही तिर्न व्यस्त थियौँ । राजाको काम, कहिले जाला घाम ¤ कतिखेर खाइसकिएला र हिँड्न पाइन्छ भन्ने हतारो सबैमा देखिन्थ्यो । 

घोत्ले परेर पल्लो टेबलमा बस्ने महिलाले हाई चेयरमा राखेर घोत्ले पारिएको बच्चालाई खाना ख्वाएको दृश्यमा आँखा अडियो । महिला घोत्ले, बच्चा पनि घोत्ले परेका ¤ महिलाको चम्चा बालकको मुखमाभन्दा नाकमा ज्यादा ठक्कर खाएको देखिन्थ्यो । पटकैपिच्छे नाकैमा सोझै चम्चा जाइलाग्दा पनि बच्चा चाहिँ झर्को नमानी खाएको जस्तो देखिन्थ्यो । होइन साइन्सले अंग प्रत्यारोपण गरेको त सुनेको थियो, स्थानान्तरण पनि गर्न थालेछ क्या हो भनेर म झण्डै छक्क परेको ¤

आधुनिक जमानामा पनि हामी सबै आत्मज्ञानी भएको देख्दा मन हर्षित भयो । यो आत्मज्ञानको स्रोत क्या हो ? राजा परीक्षितलाई श्राप आइलाग्यो । मृत्यु टार्ने उपाय छैन । टार्ने उपाय नभएपछि बरु यसलाई उद्धार गर्ने भनेर परीक्षित गम खाँदा भए । खोज्दा खोज्दा गरेर जंगलबाट सुकदेवलाई ल्याएर भगवानको लीला र कथा सुनेपछि बल्ल परीक्षितको मृत्युको उद्धार भयो रे भन्ने कथा आउँछ । आजकल त्यस्तो महाभारत गर्नै पर्दैन । बाटो शान्त, घर शान्त, मन्दिर शान्त, जता गयो उतै शान्त । सबैतिर मान्छे तर सबैतिर शान्त ¤ यो शान्ति र आनन्दको स्रोत चाहिँ ‘मोबाइल’ भन्ने उपकरण रहेछ । कथामा वर्णन गरिएको जस्तै, ठ्याक्कै यसको र ‘त्यसको’ लक्षण मिल्छ । 

कथामा आत्मालाई प्राप्त गरेपछि के हुन्छ भनिएको पाइन्छ । मानिसले आफ्नो पुरुषार्थ यही चिज प्राप्त गर्न खर्च गर्नुपर्छ । यसलाई प्राप्त गरेपछि अर्को प्राप्त गर्नुपर्ने विषय बाँकी रहँदैन । यससँग साक्षात्कार भएपछि अर्को कुराको चाहना हुँदैन, अर्को दृश्य हेरौँ जस्तो हुँदैन । योसँग कुरा गर्न थालेपछि संसार सबै फिक्का लाग्दछ, संसारको स्वर मन पर्दैन । यो सबै समयको एकमात्र भरपर्दो साथ होस् इत्यादि । 

एउटा मोबाइल हातमा झुण्ड्याए भै’हाल्नेमा शास्त्र त्यत्तिकै यति धेरै दुःख दिने बात गर्छ यार ¤ अहिले आएर ती ऋषिमुनिहरूको त्यत्रो प्रयासप्रति टिठ लागेर आयो । विचरा भरत ऋषिलाई एउटा ट्याप्रो मोबाइल दिएको भए न मृग देखिन्थ्यो, न पाठो ¤ जन्म जन्मान्तरसम्म कुर्नु पर्दैनथ्यो । तिनै विश्वामित्र ऋषिलाई पनि मोबाइल दिएको भए मेनकालाई पृथ्वीसम्म आउने कष्ट हुँदैनथ्यो । ऋषिको ध्यान मोबाइलबाट हट्ने नै थिएन । यो उल्टो युग ¤ पैले मोबाइल वैज्ञानिक आएर पछि बल्ल ऋषि आएका भए कति सजिलो हुन्थ्यो ?

मोबाइलको परिभाषा यस्तो छ ः जीवात्मालाई आत्मसाक्षात्कार गराउने सजीव यन्त्रलाई मोबाइल भनिन्छ । 

(अष्टे«लियाबाट)


Views: 365

सम्बन्धित सामग्री:

A PHP Error was encountered

Severity: Warning

Message: Invalid argument supplied for foreach()

Filename: site/single.php

Line Number: 81

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/views/frontend/site/single.php
Line: 81
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/core/MY_Controller.php
Line: 38
Function: view

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 87
Function: loadView

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once