A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 63

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 63
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 73

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 73
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

eHimalayatimes | | नेपाल भ्रमण वर्ष र होटल उद्योग
15th August | 2020 | Saturday | 7:57:20 PM

नेपाल भ्रमण वर्ष र होटल उद्योग

निनाम कुलुङ ‘मंगले’   POSTED ON : फाल्गुन ४, २०७६ (४:०२ PM)

नेपाल भ्रमण वर्ष र होटल उद्योग

हालै विभिन्न सञ्चारमाध्यममा आएका समाचारअनुसार नेपाल आउने विदेशी पर्यटकको संख्या गत वर्षभन्दा घटेको छ । ती सञ्चारमाध्यमले अध्यागमन विभागलाई उद्धृत गर्दै लेखेअनुसार नेपाल आउने विदेशी पर्यटकको संख्या सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना रहेको थियो भने, सन् २०१९ मा ११ लाख ५२ हजार ५०१ जना रहेको छ । यसको अर्थ सन् २०१९ मा सन् २०१८ को तुलनामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १.०७ प्रतिशतले कमी आएको हो । 

सन् २००५–००६ मा नेपालमा आएको राजनीतिक परिवर्तनपछि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या लगातार बढ्दै आएको थियो ।  सन् २०१५ मा आएको प्राकृतिक विपत्ति अर्थात् भूकम्प र भारतीय नाकाबन्दीका कारण एकै वर्षमा (सो वर्ष) लगभग ३३ प्रतिशतले घटेर ५ लाख ३८ ९७० जना विदेशी पर्यटकले मात्र नेपाल भ्रमण गरेका थिए । तर, त्यसपछि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या सन् २०१८ सम्म लगातार बढिरहेको थियो । अर्थात् सन् २०१६ मा ७ लाख ५३ हजार २ जना, सन् २०१७ मा ९ लाख ४० हजार २१८ र, सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेको थिए । 

यसरी हेर्दा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि अस्थायी रूपमा बस्न र खानका लागि नभई नहुने होटल, लज, गेष्ट हाउस, बेड एण्ड ब्रेकफाष्ट (बीबी), होम स्टे र होष्टल आदि खुल्ने क्रम दु्रत गतिमा बढिरहेको देखिन्छ । लगभग एक वर्षअघि आएको एक समाचारअनुसार नेपालको होटल उद्योग (ठूला, मझौला तथा ससाना होटलहरू) मा मात्रै लगभग १० खर्ब रुपैयाँ लगानी भइसकेको छ । त्यो आधारमा हेर्दा हाल नेपालको होटल उद्योगमा १३–१४ खर्बभन्दा बढी लगानी भइसकेको हुनुपर्छ भनी अनुमान गर्न सकिन्छ । एउटा उदाहरण हेरौं, जस्तो कि, कैलाली जिल्लाको धनगढीका विभिन्न स्थानमा होटल उद्योगमा आठ अर्बभन्दा बढी लगानी भएको छ भनी समाचार आएको थियो । 

सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङ जिल्लामा रहेको हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल तथा अन्नपूर्ण राउण्ड पदमार्ग क्षेत्रमा पर्ने मुक्तिनाथ बाबा धामको भ्रमण गरे । मुक्तिनाथ धाम विश्वभरिकै हिन्दूहरूले एकपटक पुग्नैपर्ने भनी चिनिएको भए पनि नेपाल र भारतका हिन्दूहरूमात्रै पुग्ने गरेका थिए । मोदीको भ्रमणपछि सिद्ध तीर्थस्थल मुक्तिनाथ बाबा धामको प्रचार अझ बढेको छ । विश्वभरिकै जो कोही हिन्दू धर्मालम्बीहरू भए पनि एकपटक पुग्नैपर्ने भनी मान्यता झन बलियो हुनथाले पछि प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ बाबा धामको भ्रमण गर्ने भारतीय पर्यटक (हिन्दू तीर्थयात्रीहरू) को घुइँचो लाग्न थालेको छ । मुक्तिनाथ बाबा धाममा घुइँचो लाग्ने क्रममा नेपाली मध्यम वर्ग पनि थपिएका छन् । मुक्तिनाथ धाम प्रशिद्ध तीर्थस्थलका रूपमा अझ बढी प्रचार हुँदैछ । यसरी भारतीय हिन्दू तीर्थयात्रीलगायत अन्य देशका पर्यटकको चाप बढ्न थालेपछि हाल मुक्तिनाथलगायत माथिल्लो मुस्ताङ क्षेत्रमा नयाँ होटल, लज र गेष्ट हाउस खुल्ने क्रम बढेको देखिन्छ ।  

विसं २०७६ साउनको अन्त्यमा काठमाडांैबाट प्रकाशित हुने एक अनलाइनमा पर्यटन र होटलसम्बन्धी छापिएको एक समाचारमा उल्लेख भएको तथ्यांकअनुसार सन् २०१५ मा मुक्तिनाथ र त्यस वरिपरि १५ वटामात्रै पर्यटकस्तरीय होटल थिए भने हाल सो क्षेत्रमा पर्यटकस्तरीय होटलको संख्या २२÷२३ वटा पुगेको छ ।

हुन पनि सन् १९९३÷९४ तिर यो पंक्तिकार ट्रेकिङ मजदुरको रूपमा पहिलोपटक थोराङपास ट्रेक जाँदा मुक्तिनाथमा जम्मा दुइटामात्रै होटल देखेको थियो । त्यसो त त्यो बेला थोराङपास टे«कमात्रै नभएर नेपालका प्रायः सबै ट्रेकिङ रूटहरूमा होटल वा लज उपलब्ध हने सम्भावना नभएकैले क्याम्पिङ ट्रेक गर्ने प्रचलन बढी थियो । हाल गाउँगाउँ, टोलटोलमा जताभावी (आवश्यक–अनावश्यक रूपमा) सडक (मोटर बाटो) खनेकाले कतिपय ठाउँ (टे«किङ रुट) मा त मोटर पनि चल्ने–पुग्ने भएकाले क्याम्पिङ ट्रेकको अस्तित्व कतैकतै मात्रै बाँकी छ । 

त्यो बेला मुक्तिनाथ बाबा धाम दर्शन गर्न आउने भारतीय र नेपाली हिन्दू तीर्थयात्रीहरू पाटी, पौवा वा धर्मशालामा बास बस्थे भने युरोप, अमेरिकालगायत विकशित देशका पदयात्री क्याम्पिङ (पाल टाँगेर) गरेर बस्थे । 

गत वर्षको तथ्यांकअनुसार मात्रै पनि नेपालले वार्षिक २५ लाख विदेशी पर्यटकहरू धान्नसक्ने बेड क्षमता छ । यसबीचको एक वर्षमा केही नभए तापनि १०÷१२ हजार बेड क्षमता बढेको हुनसक्छ । यसरी हाम्रो देश नेपालमा होटल उद्योगले अपेक्षितभन्दा छिटोछिटो गति लिएको मान्न सकिन्छ । तर, त्यहीअनुसार विदेशी पर्यटकहरू नेपाल भ्रमणमा आएनन् भने, होटल उद्योगले नाफा कमाउने त कता हो कता सञ्चालन खर्चसमेत उठाउन कठिन पर्ने देखिन्छ । त्यसमाथि ‘होष्टेल’ र ‘होम स्टे’ ठूला होटलहरूका लागि प्रतिस्पर्धी रहेको देखिन्छ । यसरी हेर्दा काठमाडांै जस्तो सुविधा सम्पन्न क्षेत्रमै ‘होष्टेल’ र ‘होम स्टे’ चलाउन दिनु हुँदैन भन्ने ठूला होटलका सञ्चालकहरूले राखेको मागलाई पनि सम्बोधन गर्ने हो कि ¤ यसतर्पm सरकारको मातहतमा रहेको निकायले सोच्नुपर्ने देखिन्छ ।

अहिले नेपालमा १४ (पछिल्लोपटक अरू दुइवटा थपिए भन्ने भनाइ छ) वटा त पाँचतारे होटलमात्रै सञ्चालनमा आएको छन् । त्यस्तै चारतारे होटलको संख्या आठवटा छ भने, तीनतारे होटलको संख्या ३७ वटा छ । उता दुईतारे होटलको संख्या ४३ वटा छ । एकतारे होटलको संख्या ३३ वटा छ भने पर्यटकस्तरीय होटलको संख्या ५०७ वटा छ । यो होम स्टे र होष्टलबाहेकको संख्या हो । होटल सञ्चालकहरूको संस्था (हान) ले दिएको जानकारीअनुसार अरू तीन–चारवटा ठूला होटल बन्दैछन् । हुन त यसरी पाँचतारे होटल बढ्ने क्रममा छ भने एकताका दक्षिण एसियाकै उत्कृष्ट होटल भनी चर्चामा आएको पूmलबारी रिसोर्ट हालसम्म बन्द अवस्थामा छ । बन्द भएका होटलहरूको कुरो गर्दा होटेल शेर्पा, होटल काठमाडांै, ब्लु स्टार होटल, नारायणी होटल, होटल क्रिस्टललगायत नेपाल धेरै होटल विभिन्न कारणले विगतमा बन्द भएका थिए । विभिन्न कारणले बन्द भएका कतिपय होटल सधैँका लागि बन्द भए तापनि एभरेष्ट होटल भने फेरि खुलेको छ । पूmलबारी रिसोर्ट भने बन्द भएकै अवस्थामा छ । आशा गरौँ, दक्षिण एसियाकै उत्कृष्ट भनी चिनिएको पूmलबारी रिसोर्ट छिट्टै खुल्नेछ ।

खासमा के भनिन्छ भने हाल नेपालमा खुलेका जति ‘लक्जरीयस’ र ‘डिलक्स’ होटलहरू छन्, ती होटलहरूले सञ्चाल खर्च उठाउन नसकेपछि सस्तो दरमा (प्राइस वार) दिन थालेका छन् । यसले गर्दा अन्य तारे (चार, तीन, दुई, एक) होटलहरू झनै मर्कामा परेका छन् । हालै आएको एक ताजा समाचारअनुसार हाल नेपालमा सञ्चालित ठूला (तारे) होटलहरूको अकुपेन्सी ४५ देखि ५५ प्रतिशतमात्रै छ । निश्चय नै, यस्तो स्थितिमा होटल उद्योगका लगानीकर्ताले बैंकबाट लिएको ऋण कहिलेसम्ममा र कसरी तिर्ने ? होटल सञ्चालन खर्च कसरी धान्ने ? यस्ता प्रश्नहरू उठ्न थालेका छन् । जबकि सञ्चालन खर्च उठाउनमात्रै पनि ६०–६५ प्रतिशतभन्दा माथि अकुपेन्सी हुनुपर्छ भन्ने सञ्चालकहरूको भनाइ छ । भ्रमण वर्षले बढाएको अवस्थामा बाहेक अक्पुपेन्सी ६० प्रतिशत नाघ्न कठिन छ । 



Views: 167

सम्बन्धित सामग्री:

A PHP Error was encountered

Severity: Warning

Message: Invalid argument supplied for foreach()

Filename: site/single.php

Line Number: 81

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/views/frontend/site/single.php
Line: 81
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/core/MY_Controller.php
Line: 38
Function: view

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 87
Function: loadView

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once