A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 63

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 63
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 73

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 73
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

eHimalayatimes | | नेपाली पर्यटनमा विदेशी योगदान
15th August | 2020 | Saturday | 6:52:22 PM

नेपाली पर्यटनमा विदेशी योगदान

निनाम कुलुङ ‘मंगले’   POSTED ON : फाल्गुन १४, २०७६ (१०:३९ AM)

नेपाली पर्यटनमा विदेशी योगदान

हाल पर्यटनलाई विश्वका प्रायः सबै मुलुकले उद्योगको रूपमा मान्यता दिइसकेका छन् । हाम्रो देश नेपालले पनि धेरै ढिला गरी केही वार्षअघि मात्रै औपचारिक रूपमा यो विषयमा निर्णय गरेको थियो । जे होस्, विश्वका अधिकांश मुलुकका पर्यटन व्यवसायी र सरकारका लागि कम लगानी र लगभग शून्य जोखिममा खोलिने वा सुरु गरिने र आमदानीको राम्रो स्रोतको रूपमा पर्यटन उद्योगलाई लिने गरिन्छ । विश्वमा औपचारिकरूपमा पर्यटन व्यवासाय सुरु भएको लगभग एकसय ८१ वर्ष भइसकेको छ । विश्वमा पर्यटन व्यवसाय औपचारिक रूपमा सुरु भएको सन् १८४१ मा हो । 

सो वर्ष बेलायती नागरिक थोमस कुकले व्यवस्थित र संगठितरूपका निश्चित रकम लिएर आफ्नै देशका नागरिकहरूलाई देशभित्रै घुमाउन सुरु गरेका थिए । निश्चय नै त्यसअघि पनि विश्वका अनेक मानिसहरूले अनेक खालका भ्रमणहरू गरेका थिए । तर, ती मानिसहरूले फरक–फरक उदेश्य भ्रमण गर्थे । धार्मिक, व्यापारिक, जासुसीलगायत अनेक खाले खोजअनुसन्धानका लागि धेरै मानिसहरू त्यो बेला पनि अन्य देशको भ्रमणमा निस्कन्थे । तर, त्यसमा केही न केही उद्देश्य  हुन्थ्यो । 

त्यसैले बेलायती नागरिक थोमस कुकको भ्रमण टोलीलाई नै पहिलो पर्यटकीय टोली मान्नुपर्ने हुन्छ । थोमस कुकले सुरुमा आफ्नै मुलुक बेलायतका पर्यटकहरूलाई आफ्नै मुलुकको विभिन्न ठाउँको भ्रमण गराएर आन्तरिक पर्यटकको रूपमा भ्रमण व्यवसाय सुरुवात गरे । जसको पर्यटकीय विदा मनाउनेबाहेक अरू कुनै उद्देश्य थिएन । यसरी कुनै उद्देश्य, नाफा वा व्यक्तिगत स्वार्थ नलिई गराएको भ्रमण भएकोले उक्त भ्रमण टोलीलाई ‘पर्यटकीय टोली’ मानियो । नेपालका सबै खालका काममा प्ररम्भिक चरणमा विदेशीहरूकै मार्गनिर्देशन र योगदान रहेको पाइएको छ । यसैगरी नेपालमा पर्यटन व्यवसायको जग बसाल्ने काममा विदेशीहरू नै कुनै न कुनै रूपमा आइपुगेका देखिन्छन् । यसलाई सकारात्मक  सान्दर्भिक हुन्छ । 

यसरी स्वदेशकै आन्तरिक पर्यटकलाई घुमाउने व्यवस्था मिलाएर उनले ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसाय सुरु गरे । सोही कारणले गर्दा उनलाई पर्यटनको सुरुवातकर्ता मात्रै होइन, पर्यटन क्षेत्रको पिता नै मान्ने गरिएको छ । तर, सुरुमा उनले पनि दीर्घकालीन योजनाविनै भ्रमण व्यवसाय सुरु गरेकाले उक्त व्यवसायबाट नाफा गर्न सकेनन् । उनको व्यवसाय घाटामा गयो । 

यसरी घाटाको व्यापार धेरै लामो समयसम्म चलाउन सकिने कुरो भएन । अतः उनले यसबाट पाठ सिकेर फेरि कमिसनको आधारमा ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसायको सुरुवात गरे । सुरुमा उनले लागत खर्चबाहेक पाँच प्रतिशत खुद नाफा कमिसन लिने गरेका थिए । यसरी सन् १८४५ मा फेरि कमिसन खाएर यो व्यवसाय सुरु गरेपछि उनले पछाडि फर्केर हेर्नु परेन । यसरी आन्तरिक रूपमा सुरु गरेको भ्रमण व्यवसायले राम्रो प्रगति गरेपछि उनी सन् १८७२ मा १० जना बेलायती नागरिकलाई लिएर पर्यटकीय उद्देश्यका साथ विश्वका विभिन्न देशहरूमा भ्रमण गर्न निस्किए । 

यसरी लगभग १ सय ८२ वर्षअघि थोमस कुकले १० जना पर्यटक लिएर विश्वको विभिन्न देशमा पर्यटकीय उद्देश्यले घुम्न निस्किए यता विश्वका अधिकांश मुलुकका अरबौं मानिसहरूले पर्यटकीय उद्देश्यका साथ विश्वका अधिकांश मुलुकको पर्यटकीय स्थलको भ्रमण गरेका छन् । 

नेपालमा अहिले २० लाख विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउँदै रहेको अवस्था छ । 

त्यसो त नेपाली पर्यटनको कुरो गर्दा १०४ वर्षे राणा शासनकालमा विदेशीहरूलाई नेपाल भ्रमण गर्न बन्देज लगाइएको थियो । तापनि विसं २००७ को राजनीतिक परिवर्तनसँगै विदेशीहरूका लागि नेपाल खुला भयो । विसं २०१७ सालको राजनीतिक परिवर्तनपछि बढी नै विदेशी पर्यटकहरूले नेपाल भ्रमण गर्न थाले । तर, त्यो बेला पर्यटकका लागि चाहिने आधारभूत आवश्यकताका कुनै पनि भौतिक पूर्वाधार वा चिजवस्तुहरू नेपालमा खासै उपलब्ध थिएनन् । त्यस्तै सुरुमा नेपाली पर्यटनको जग बसाल्न विदेशीहरू नै यहाँ पनि लागिपरेका थिए भन्न सकिन्छ  । 

त्यसका लागि पनि केही विदेशीहरू नै अघि सरेर नेपालमा पर्यटन व्यवसायको जग बसाले । तिनले व्यावसायिकरूपमा पर्यटन व्यवसायको सुरुवात गरे । त्यसरी नेपालको पर्यटनमा सुरुमा योगदान गर्नेहरूमा बेलायती, जर्मन, जापानी, स्वीस, रुसी, फ्रान्सेली आदि विदेशी नागरिकहरू थिए । ती विदेशी नागरिकहरू जो नेपाल आएर बसेका थिए उनीहरू सुरुमा शुद्घ पर्यटन व्यवसायीभन्दा पनि कुनै न कुनै उद्देश्यले नेपाल आएर बसेका थिए । 

जे भए तापनि नेपाली पर्यटनको विदेशमा प्रचारप्रसार र पर्यटन बजारको विस्तार गर्नमा सुरुदेखि नै विदेशी नागरिकहरूबाटै योगदान भएको हामीले स्वीकार्नु पर्ने हुन्छ । खासगरी विसं २००७ को राजनीतिक परिवर्तन र दोस्रोपटक विसं २०१७ सालको राजनीतिक परिवर्तनको बीचमा नेपाली पर्यटनमा विदेशी नागरिकहरूले योगदान दिएका थिए । तत्कालीन सोभियत संघका नागरिक जो ब्याले नर्तक पनि थिए, बोरिस लिसानोभिचले नेपाल आएर तारे होटल खोलेका थिए । 

उनी तत्कालीन सोभियत संघबाट सिधै नेपाल आएका होइनन् । उनी भारतको पश्चिम बंगालको राजधानी कोलकाता हुँदै नेपाल आएका थिए । उनले नेपालको राजधानी सहर काठमाडौंको कान्तिपथमा रहेको बहादुर समशेर राणाको दरबार बहादुर भवनलाई सिंगारपटार र साजसज्जा गरेर होटलको रूप दिएका थिए । उनले उक्त होटलको नाम ‘रोयल होटल’ राखेका थिए । 

त्यस्तै नेपालको चितवनमा ‘टाइगर टप्स’ नामक रिसोर्ट खोल्ने र नेपालमा त्यो बेला धेरैभन्दा धेरै विदेशी पर्यटक भिœयाउने विदेशी नागरिकका रूपमा बेलायती नागरिक जिम एडवर्डलाई लिइन्छ । स्मरणीय छ उनी शुद्ध पर्यटन व्यवसायी मात्रै नभएर नेपालस्थित बेलायती राजदूतावासमा पनि कार्यरत थिए । र, त्यही पहुँचलाई प्रयोग गर्दै एडवर्डले तत्कालीन राजा महेन्द्रसँग अत्यन्तै नजिकको सम्बन्ध बनाएका थिए । जुन विदेशी जुन सन्दर्भमा नेपाल आई नेपालको प्राकृतिक सुन्दरता र पर्यटनको सम्भाव्य बजार देखेर ती तिनको देश फर्किन चाहेनन् । यतै केही गरेर बस्न रुचाए । तिनको यो बसाइले नेपालको पर्यटन व्यवसायलाई धेर थोर योगदान पुगिरहृयो । 

त्यस्तै नेपालको पर्यटनलाई महŒवपूर्ण योगदान गर्ने अर्का विदेशी नागरिक हुन्, जापानका ताकासी मियाहारा । सुरुमा उनले ‘ट्रान्स हिमालयन टुर एण्ड ट्राभल’ नामक ट्राभल कम्पनी स्थापना गरे । त्यसपछि नेपालकै अग्लो स्थानमा तारे पहिलो होटल खोले । मियाहाराले सोलुखुम्बु जिल्लाको स्याङबोचेको ३ हजार ८ सय २३ मिटरको उचाइमा विश्वकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमाको प्रवेशद्वार नाम्चेबजारनेरको  स्थानमा ‘माउन्ट एभरेस्ट भ्यु’ नामक होटल खोले । जुन होटल विश्वकै अग्लो स्थानमा रहेको तारे होटल वा रिसोर्ट मानिन्छ ।

उल्लिखितबाहेक बारबरा एडम्स, रोबर्ट, तिलम्यान, एडमन्ड हिलारी, टोनी हेगन, मौसिर हर्जोग, रेनहोल्ड मेस्नरलगायत ज्ञातअज्ञात विदेशी नागरिकहरूले पनि नेपालको पर्यटनलाई वर्तमान अवस्थामा ल्याइपु¥याउन महŒवपूर्ण योगदान गरेका छन् । तीमध्ये अधिकांशको भौतिक अवसान भइसकेको छ । त्यसैले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को अवसरमा नेपालको पर्यटन व्यवसायलाई यो अवस्थासम्म ल्याइपु¥याउन महŒवपूर्ण योगदान गर्ने ती ज्ञातअज्ञात विदेशी नागरिकहरूमध्ये जो जीवित छन्, उनीहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै भौतिक संसार छाडेर गइसकेकोहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नु पनि हाम्रो दायित्व हुन आउँछ । 


Views: 264

सम्बन्धित सामग्री:

A PHP Error was encountered

Severity: Warning

Message: Invalid argument supplied for foreach()

Filename: site/single.php

Line Number: 81

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/views/frontend/site/single.php
Line: 81
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/core/MY_Controller.php
Line: 38
Function: view

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 87
Function: loadView

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once