13th July | 2020 | Monday | 1:17:28 AM

भारत र चीनबीच बढ्दो तनाव

श्रीमननारायण   POSTED ON : असार १६, २०७७ (९:३४ AM)

भारत र चीनबीच बढ्दो तनाव

झण्डै छ दशकअघि सन् १९६२ मा एक अर्कासित युद्ध लडिसकेका भारत र चीन हाल पुनः युद्धकै संघारमा उभिएका छन् । भारतको केन्द्र शासित प्रदेश लद्दाखमा भारतले सडक निर्माण गरिरहेको कुरामा चीनले आपत्ति जनाएपछि यो विवाद बढेको हो । हालै भारत र चीनका सैनिकबीच लद्दाखको गालिवान क्षेत्रमा भएको भिडन्तमा भारतका डेढ दर्जन बढी तथा चीनको तर्फबाट करिब चार दर्जन सैनिक हताहत तथा घाइते हुनाले सीमा क्षेत्रमा ४५ वर्षपछि युद्धको अवस्था सिर्जना भएको छ । यद्यपि भारत र चीनदुवै देशले शान्तिपूर्ण वार्ताको माध्यमबाट यस समस्याको समाधान सहज र सरल रूपमै हुनसक्ने विश्वास व्यक्त गरेका छन् । विभिन्न स्तरमा दुई पक्षीय वार्ता पनि भइरहेका छन् तर अहिलेसम्म सहमतिमा पुनः सकिएको छैन । 

चीनले, भारतको लद्दाख प्रान्तको सीमाक्षेत्रमा भइरहेको निर्माण कार्यको विरोध गर्नुको अर्थ केवल सीमा विवादमात्रै होइन यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ । खासगरी विश्व स्वास्थ संगठनको नेतृत्व भारतको हातमा आउनु, कोरोना संक्रमणका कारण विश्वका कतिपय देशहरू चीनमा स्थापित गरेका कार खानाहरूलाई त्यहाबाट हटाएर भारतमा लगानी गर्ने निर्णयसम्म पुग्नु र हिन्द–प्रशान्त क्षेत्रमा अमेरिका–भारत गठबन्धनले चीनलाई बढी चिन्तित बनाएको छ ।

लद्दाखमा सडक निर्माण हुनुको अर्थ पाकिस्तानको नियन्त्रणमा रहेका काश्मिरमा जारी चीन–पाकिस्तान आर्थिक मार्ग (सिपेक) अन्तर्गत चीनको खर्बांैको लगानीको विकास निर्माण कार्य प्रभावित हुनसक्ने डर हो । यसको निकट रहेको काराकोरम राजमार्ग चीनको लागि महŒवपूर्ण हो । वर्तमान अवस्थामा भारत र चीनमध्ये कुनै पनि देशले युद्धको चाहना गर्ने कुरामा विश्वास गर्न सकिँदैन तर परिस्थिति भने तनावको उत्कर्षसम्म पुग्ने निश्चित छ । वर्तमानको आर्थिक युगमा भारत र चीनबीचको वैदेशिक व्यापार खर्बाैं डलरसम्म रहेको छ । यस्तो अवस्थामा जोखिम लिने साहस कुनै पनि देशले गर्नेछैनन् । 

भारत र चीनबीच युद्ध भएको ५८ वर्ष बितिसकेको छ । गएको छ दशकमा दुवै देशबीच सीमा विवादका घटना देखिए पनि यस अवधिमा एक पटकबाहेक सीमा क्षेत्रमा गोली हानाहान भएको छैन । भारत र चनबीच सीमा विवाद पनि विगत लामो समयदेखि चल्दै आएको छ । संसारकै सबैभन्दा लामो सिमानामध्येको एक यो विवाद अहिलेसम्म समाधान हुन सकेको छैन । वास्तविक नियन्त्रण रेखाले दुवै देशको सिमानालाई छुट्याएको छ तर अहिले पनि कतिपय यस्ता क्षेत्र छन् जहाँ दुवै देशको दाबी छ र बेला बखत एक देशका सैनिक भुलबस अर्काे देशको सिमाना क्षेत्रमा प्रवेश गर्ने गर्दछन् । 

यस्तो बेलामा थाहा हुनासाथ आफैं फिर्ता पनि नान्छन् तैपनि कहिलेकहीँ तनावको अवस्था उत्पन्न हुनेगर्छ । नब्बेको दशकमा चीनले रूस, मध्य एसियाली राष्ट्रहरू तथा भियतनामसँगको सबै खाले सीमा विवाद समाधान गरिसकेको थियो तर भारतसँगको विवाद भने समाधान हुन सकेको छैन । साउथ चाइना सीमा फिलिपिन्स, जापान र लाओसजस्ता देशहरूसित उसको सीमाना विवाद अवश्य छ । आन्तरिक रूपमा चीन पनि हङकङ, ताइवान, सिञ्चयान आदि क्षेत्रमा समस्यामा छ । 

सीमा विवादलाई समाधान गर्ने उद्देश्यले यी दुई राष्ट्र विगत कैयांै वर्षदेखि स्वीकार्य सिद्धान्तका प्रयामा छन् । सबैभन्दा पहिला त सन् १९६०–०६१ मा नै यसको प्रयास भएको थियो तर सन् १९६२ मा दुवै देशबीच युद्ध नै भएपछि यो प्रक्रिया स्थगित हुनपुग्यो । युद्धभन्दा अघिसम्म भारत र चीनबीच सुमधुर सम्बन्ध थियो । तत्कालीन भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले नै चीनलाई संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी सदस्य बनाउन प्रस्ताव गरेका थिए भनिन्छ । 

१९६२ को युद्धपश्चात् २ दशकभन्दा पनि लामो समयसम्म यी अुई देशबीच तिक्तापूर्ण सम्बन्ध रहृयो । सन् १९८१ मा पनि यी देशबीच सीमा वार्ता भएको थियो तर केही विषयलाई लिएर सहमति कायम हुन नसकेपछि वार्ता स्थगित भएको भए पनि वार्ताको प्रक्रियै भने रोकिएको थिएन । सन् १९८१–०८५ मा कूटनीतिक वार्ता भएको थियो । सन् १९८७ मा सीमा वार्ता निष्कर्षविहीन हवस्थामा टुंगिएको थियो ।

सन् १९८८ मा राजीव गान्धीको चीन भ्रमणपश्चात् संयुक्त कार्यदलस्तरमा तेस्रो चरणको वार्ता सन् १९८९ मा थालियो जसमा आपसी विश्वास बढाउनुका साथै वास्तविक नियन्त्रण रेखामा स्थिरता कायम राख्नुपर्ने विषयमा जोड दिइएको थियो । चिनियाँ प्रधानमन्त्री बेन जियाबाओ र भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंहबीच वर्षौं पुरानो सीमा विवाद समाधान गर्ने विषयमा सहमति भएको थियो जसमा दुवै नेताले आर्थिक र व्यापारिक सम्झौताका साथै सैन्य र सांस्कृतिक महŒवका विभिन्न १२ बँुदामा सहमति गरेका थिए । 

सन् २००३ मा भारतका तत्कालीन प्रधानमन्त्री अटलविहारी बाजपेयीको चीन भ्रमणका बेला चीनले भारतीय सिमाना नाथुला नाकाबाट व्यापारिक मार्ग खोल्ने विषयमा सहमति भएको थियो । पछि गएर चीनको विदेश मन्त्रालयले आफ्नो ‘वेभसाइट र चाइनाज फोरेन अफेयर्स २००४’ बाट स्वतन्त्र राष्ट्रहरूको सूचीबाट हटाउने काम गरेको थियो । 

भारतले पनि तिब्वतबारे चीनलाई अनुकूल हुनेगरी प्रतिक्रिया दिएको थियो, अर्काे शब्दमा भन्नु पर्दा तिब्बतको मामिलामा एक चीन नीतिप्रति समर्थन गरिएको थियो । विगत सात दशकदेखि भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बतका महान धार्मिक नेता दलाई लामाको अडानमा पनि परिवर्तन आएको छ । दलाई लामासहित अनेकौं तिब्बती धार्मिक नेताहरूले भारतमा शरण लिएको चीनलाई कहिल्यै मन परेन ।

हङकङ र ताइवानको बारेमा भारतको धारणा अमेरिका र युरोपेली राष्ट्रहरूभन्दा पृथक छैन, जुनकुरा चीनलाई मन परेको छैन । साउथ चाइना सीमा पनि भारतको बढ्दो सक्रियता र भूमिका पनि चीनलाई मन परेको छैन । चीनका छिमेकी राष्ट्रहरूसँग भारतको सम्बन्ध घनिष्ठ हुँदै गएको छ र यो कुरा पनि उसलाई मन परेको छैन । क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतको बढ्दो सक्रियता र भूमिकाले उसलाई चीनको प्रतिद्वन्द्वीका रूपमा उभ्याइदिएको छ । वर्तमान समयमा अमेरिका र भारतको बाक्लिदो सम्बन्धका कारण चीन भारतप्रति आक्रोशित रहँदै आएको छ ।

कोभिड–१९ को संक्रमण चीनबाटै फैलिएको विश्वव्यापी धारणा बनेको छ । अमेरिकाले यसको नामै चिनियाँ भाइरस राखेको छ । निकट भविष्यमा विश्वस्वास्थ्य संगठनले कोरोना महामारीको संक्रमण काहाँबाट किन र कसरी फैलियो भन्नेबारे जाँच गरी त्यसको छानविन प्रतिवेदन सार्वजनिक गर्नेछ । हाल भारतकै स्वास्थमन्त्री डा. हर्ष वद्र्धनलाई विश्व स्वास्थ संगठनको प्रमुख बनाइएका कारण चीनले भारतमाथि अत्यधिक दबाब सिर्जना गर्न खोजेको हुन सक्दछ । 

अमेरिकी राष्ट्रपति यस संस्थासँग आफ्नो सम्बन्धै विच्छेद गर्न खोजिरहेका छन् । कोराना महामारीका कारण चीनबाट चिढिएका कतिपय राष्ट्रहरू अब चीनसित आर्थिक र व्यापारिक सम्बन्ध विच्छेद गरी भारतमा आफ्नो लगानी गर्न चाहन्छन् । यो कुरा पनि चीनलाई मन परेको छैन । भारतको सिक्किम, लद्दाख र अरुणाचल प्रदेश तथा भुटानको सीमा क्षेत्रमा पनि चीनले समय समयमा विरोध तथा अवरोध खडा गरी तनाव उत्पन्न गर्दै आएको छ । यो सीमा विवादको शीघ्र समाधान सबैको हितमा हुनेछ । 


Views: 61