13th July | 2020 | Monday | 12:28:09 AM

कोभिड १९ मा अष्टांग योग

प्रल्हादप्रसाद दहाल   POSTED ON : असार १६, २०७७ (९:४३ AM)

कोभिड १९ मा अष्टांग योग

विश्व मानव समुदाय कोभिडको साझा समस्यामा जकडिएकोे ६ महिना नाघिसक्यो । यो अवधिमा हाराहारी ५ लाख व्यक्तिको यसकै कारणबाट ज्यान गुमिसकेको छ । प्रत्यक्ष होस् वा परोक्ष सम्पूूर्ण मानव समुदायमा यसको प्रभाव परेको छ । विश्वको अर्थतन्त्र धाराशयी हुँदैछ जसले मानवीय स्रोतमा नकारात्मक प्रभाव पर्न गएको छ जीवन मार्गमा अवरोध सिर्जना गरेको छ । 

मानव स्वास्थ्यमा देखापरेको यो विकराल अवस्थाबाट सहज मुक्ति असम्भव भएको कुरा डब्लुएचओले पनि बताइरहेको छ । आधुनिक स्वास्थ्य क्षेत्रका जाकारहरू पनि यसको नियन्त्रणका लागि भरपर्दो विकल्प दिन समर्थ देखिएका छैनन् । किनकि, आधुनिक स्वास्थ्य क्षेत्रको स्थापित सिद्ध्रन्तलाई हेर्दा यो औषधिको सेवनबाट नियन्त्रण गर्न सकिने खालको रोग नै होइन ।

भाइरसजन्य रोगको कुनै औषधि हुँदैन । यसर्थ रुघाखोकी होस् वा एचआईभी वा कोभिड १९ अर्थात् अन्य कुनै भाइरसजन्य रोगको नियन्त्रणका लागि शरीरमा रोग प्रतिरोधात्मक क्षमता बडाउनु नै अन्तिम विकल्प हो । 

कोभिड १९ को स्रोत संक्रमित व्यक्ति र माध्यम छिटा (थुक, सिँगान, खकार आदिको) भएकाले यो रोग सर्न संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आउनै पर्ने हुुन्छ वा एक मिटरभन्दा नजिक रहेर नाक मुख खुला राखी श्वासप्रश्वास भएको, हाच्छिउँ भएको, थुक वा खकार फ्याकेको अवस्था हुनुपर्ने हुन्छ । 

उल्लेखित तरिकाबाट मानिसमा सर्ने कोभिड १९ को प्रभाव भने समाजमा विशुद्ध शारीरिक समस्याको रूपमा मात्र सीमित छैन । लकडाउन भएसँगै यसले मानव समाजमा शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक, नैतिक, भौतिकलगायत चौतर्फी प्रभाव छोडेको छ । परिणामस्वरूप अनिंद्रा, डिपे्रसन, एन्जाइटी जस्ता रोगहरूको दर बढिरहेको छ भने हत्या, आत्महत्या, बलात्कार, चोरी, डकैतीजस्ता घटना तीव्ररूपमा बढिरहेको तथ्यांकले देखाएको छ । लाखौंको त जीवनलीला नै समाप्त भएको छ । 

मानव सभ्यतालाई नै चुनौती दिइरहेको यस्तो विकराल समस्याको न्यूनीकरण र निकारकरणका लागि चिकित्सा विज्ञानले भरपर्दाे विकल्प दिई नसकेको सन्दर्भमा रोग लाग्नबाट बच्ने प्रयत्न नै सबैभन्दा उत्तम विकल्प हो । यसका लागि डब्लुएचओले दिएको निर्देशन पालना गरी स्रोत, माध्यम र ग्रहण कर्ताबीच अवरोध सिर्जना गर्नुको कुनै विकल्प छैन । तसर्थ वर्तमान समयमा सिर्जना भएको यो परिस्थितिको सामना गर्नका लगि वैकल्पिक स्वास्थ्यको खोजी हुनु आवश्यक छ । खोजीका लागि चासोसमेत भइरहेको छ । यही वैकल्पिक चिकित्साको एउटा पाटोका रूपमा पूर्वीय दर्शनले अँगालेको योग दर्शनलाई लिन सकिन्छ । योगले धेरै पक्षलाई समेटेको हुन्छ । जसमध्ये आज यहाँ ऋषि पतञ्जलिले विकास गरेको अष्टांग योगको कोभिड १९ मा के भूमिका हुनसक्छ भनी चर्चा गर्ने प्रयत्न गरिएको छ । अष्टांगले यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलाई बुझाउँछ । 

यम : यो अष्टांग योगको पहिलो अंग हो । यसलाई सामाजिक अनुशासन तथा नैतिक बन्धन मानिन्छ । यसका पाँचवटा उपांग छन् । जस्तै ः अहिंसा, सत्य, अस्तेय, ब्रहृमचर्य र अपरिग्रह । यहाँ अहिंसा भन्नेबित्तिकै आपूm स्वयं वा अन्य कुनै पनि पक्षलाई हिंसा नगर्नु भन्ने हुन्छ । सत्य भन्नाले बास्तविकतालाई स्वीकार्नु र खुलस्त गर्नु भन्ने हुन्छ । अस्तेयले चोरी नगर्नु भन्ने बुझाउँछ । ब्रहृमचर्यलाई वर्तमान समयमा एक पति÷पत्नीव्रताको रूपमा परिभाषित गर्न सकिन्छ । अपरिग्रह भन्नाले लोभ नगर्नु वा आशक्ति कम हुनु भन्ने बुझिन्छ । 

नियम : यो अष्टांगको दोस्रो चरण हो । यस चरणमा शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वर प्रणिधान गरी व्यक्तिले पालना गर्नुपर्ने पाँचवटा आत्मअनुशासनका कुराहरू उल्लेख गरिएको छ । यहाँ शौच भन्नाले व्यक्तिको शरीरको आन्तरिक र बाहृय सरसफाइ र मानसिक शुद्धिलाई जनाउँछ । सन्तोषले जुनसुकै परिस्थितिमा पनि खुशी वा सन्तुष्ट रहनसक्ने अवस्थालाई बुझाउँछ । तप भन्नाले आत्म अनुशासनलाई जनाउँछ । यसले शरीर र मनलाई अनुशासनमा बाँध्ने कुरालाई जनाउँछ । स्वाध्यायले स्वअध्ययनलाई जनाउँछ । 

यहाँ स्वअध्ययनले एक्लै बसेर किताब पढ्नु भन्नेभन्दा पनि आपूmभित्रको तŒव ज्ञानको खोजीलाई संकेत गर्छ । ईश्वर प्रणिधान भन्नाले अदृश्य शक्तिप्रति समर्पित हुनु भन्ने जनाउँछ । जसले व्यक्तिको चाहनाले मात्र सबै कुरा निर्धारण हुन नसक्ने हुँदा शक्तिप्रतिको समर्पण र स्वीकारोक्ति हुनुपर्ने कुरालाई संकेत गर्छ । 

आसन : आसन अष्टांग योगको तेस्रो चरण हो । आसन भन्नाले बसाइ वा बस्ने कार्य भन्ने बुझिन्छ । आसनले स्थिरताका साथ बस्नु भन्ने बुझाउँछ । अर्थात् शरीरलाई कुनै कष्ट नपु¥याई सुखपूर्वक निरन्तर बस्न सक्ने स्थिति नै आसन हो । जबसम्म मानिस कुनै पनि अवस्थामा निरन्तर सहज रूपमा बस्न सक्दैन तबसम्म उसले मस्तिष्कमा नियन्त्रण ल्याउन सक्दैन । अझ भनौं शारीरिक, मानसिक तथा अन्य कुनै साधनको आधारशीलाका रूपमा आसनलाई लिइन्छ । शारीरिक तथा मानसिक रोगबाट मुक्ति प्राप्त गर्नलाई आसनको सही साधना हुन आवश्यक छ ।

प्राणायाम : यो अष्टांग योगको चौथो अंग वा चरण हो । यस चरणमा मानिसले आसनमा नियन्त्रण प्राप्त गरिसकेको हुनेछ । अर्थात् अष्टांगको अन्य चरणका लागि योग्य हुनेछ । प्राणायाम दुई शब्द प्राण र आयाम मिलेर बनेको हुन्छ । प्राणको अर्थ जीवनशक्ति हुन्छ भने आयामको अर्थ बराबर मिलाउनुहुन्छ । कसै कसैले यसलाई आयु बढाउनुसमेत भनेका छन् । समग्रम यसको अर्थ जीवनशक्तिलाई समान रूपमा वितरण गर्नु भन्ने हुन्छ । 

जब जीवनशक्तिको वितरण समान रूपमा हुन्छ तब साधकहरूले स्वस्थ, सुन्दरता र दीर्घायुसमेत प्रप्त गर्छन् भने आसन सहजसमेत गराउन सकिन्छ । प्राणायाममा विशेषगरी पूरक (श्वास लिने क्रिया), कुम्भक (श्वास रोक्ने क्रिया) र रेचक (श्वास छोड्ने क्रिया) को सही उपयोग गर्ने कार्य हुन्छ । 

प्रत्याहार : यो अष्टांग योगको पाँचांै चरण हो । यहाँसम्मको चरणलाई बहिरंग योगसमेत भन्ने गरिन्छ । प्रति र आहार दुईटा शब्दको समिश्रणबाट बनेको यस शब्दको सामान्य अर्थ आहार अर्थात् खानाप्रतिको नियन्त्रण हो । तर, यौगिक भाषामा यसको अर्थ केही फरक छ । पञ्च इन्द्रियमा गरिने नियन्त्रणलाई नै प्रत्याहार भनिन्छ । अर्थात् इन्द्रियहरूलाई पूर्णरूपमा आप्mनो नियन्त्रणमा राख्न सक्नु नै प्रत्याहार हो । जसको अभावमा वर्तमान मानव समाजमा दैनिक देखा परिरहेका हत्या, हिंसालगायत नकारत्मक कुराहरूले प्रश्रय पाउँछन् । यसर्थ अनावश्यक कुरालाई ग्रहण नगर्न र समाजमा सकारात्मक सद्भाव कायम राख्न पनि यसको महŒवपूर्ण भूमिका छ । 

धारणा : यो अष्टांगको छैटौं चरण हो । यस अवस्थालाई शारीरिक अवस्थाबाट माथि निस्किएको अवस्थाको रूपमा लिन सकिन्छ । यसलाई मानसिक साधनाको पहिलो खुड्किलोका रूपमा लिन सकिन्छ । यस तहमा छरपष्ट भएको मनको अवस्थालाई एउटै मूलधारमा केन्द्रित गर्ने प्रयत्न हुन्छ । अर्थात् मनको चञ्चलतालाई नियन्त्रण गर्ने चरण नै धारणाको चरण हो । 

ध्यान : यो अष्टांगको सातौं चरण हो । मनको चञ्चलता नियन्त्रित हुँदै गएपछि एउटा अवस्था स्वयं घटित हुन्छ । सो अवस्था नै ध्यान हो । यसले मनलाई एकै ठाउँमा केन्द्रित पारी त्यसबाट उत्पन्न हुने क्रिया प्रतिक्रियाको जानकारी गराउँछ ।

समाधि : यो अष्टांगको आठौं तथा अन्तिम चरण हो । यसलाई साधनाको सबैभन्दा उच्च स्थान मानिन्छ । साधकहरूको अन्तिम लक्ष्य समाधिमा पुग्नु हो । यस अवस्थामा नपुगेसम्म आप्mनो साधना निरन्तर अगाडि बढाइरहनुपर्छ । वर्तमान सन्दर्भमा समाधिलाई सम्पूर्ण वास्तविकता बोधसहितिको आन्नदको अवस्थाको रूपमा व्याख्या गर्न सकिन्छ । 

अष्टांग योगमा उल्लेख भएका सम्पूर्ण चरणहरू पूरा गर्न नसकेता पनि यम, नियम, आसना, प्राणायाम र प्रत्याहारलगायत बहिरंग योगलाई दैनिक रूपमा प्रयोगमा ल्याउन सकेमा आत्मअनुशासन, सामाजिक अनुशासन कायम भई शारीरिक तन्दुुरुष्ति, मानसिक सन्तुलन, संवेगमाथि नियन्त्रण हुनका साथै स्वस्थ व्यवहार आदिमा परिवर्तन आई माथि उल्लेख भएका कोभिड १९ महामारीले सिर्जना भएका चुनौतीहरूबाट सहजरूपमा बाहिर निस्कन सक्ने कुरामा कुनै सन्देह छैन । 

(लेखक दाहाल १ नं प्रदेशको योग खेलकुद संघको टेक्निकल कोअर्डिनेटर तथा भादगाउँ सिनुवारी बहुमुखी क्याम्पस, झुम्का, सुनसरीको स्वास्थ्य तथा शारीरिक शिक्षा विभागमा उपप्रध्यापक हुनुहुन्छ ।) 


Views: 470