A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 63

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 63
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 73

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 73
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

eHimalayatimes | | फरक पहिचान अलग व्यक्तित्व–ज्येष्ठ नागरिक
10th August | 2020 | Monday | 4:50:37 PM

फरक पहिचान अलग व्यक्तित्व–ज्येष्ठ नागरिक

मधुसुदन ओझा   POSTED ON : असार १९, २०७७ (१२:४९ AM)

फरक पहिचान अलग व्यक्तित्व–ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिकहरू ज्ञान, विज्ञान, अनुभव र सीपका अक्षय भण्डार हुन् । भौतिक जीवन कहाँ कहिले र कसरी सकिन्छ भन्ने टुंगो नहुनाले गर्दा पुस्तान्तरण गर्न जति हतार ग¥यो उति नै मुलुकले सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, नैतिक र जीवन जिउने कलामा धरातलीय अनुभव, व्यावहारिक ज्ञान र लाभ प्राप्त गर्न सक्छ । ६० वर्षे उमेर पार गर्नु मानव जीवनको उत्तरार्धको प्रवेश बिन्दु मानिन्छ । यसलाई संयुक्त राष्ट्रसंघले समेत परिभाषित गरिसेकेको छ । 

अन्तर्राष्ट्रिय मान्यतालाई आधार मान्दा ६०–७४, ७५–८४ र ८५ वर्षभन्दा माथिको गरेर युवा, वयस्क र ज्येष्ठको तहगत उमेरलाई स्वीकार गरेको छ । पूर्वीय र पाश्चात्य दर्शनले अंगीकार गरेको महत्वपूर्ण पक्ष भनेको ज्येष्ठ नागरिक यस्तो सम्मानित वर्गभित्र पर्दछ, जहाँ पूर्ण समावेशिता र मानवोचित विवेकले महत्वपूर्ण स्थान पाएको हुन्छ । जुनसुकै जातजाति, धर्म वर्ग, लिंग वा धरातलीय थातबासको किन नहोस् यो सबैखाले मान्यतालाई अस्वीकार गर्दै संसारका सबै ज्येष्ठप्रति सम्मानजनक व्यवहार र एउटै नीति अवलम्बन गर्ने चरणको सुरुवात भई सकेको छ । 

यस्तो गौरवशाली इतिहासको प्रारम्भ हुनु, अग्रजहरूको जगेर्ना, आवश्यकता, महत्व र उपयोगिताको मर्मलाई विश्व जगतले एकसाथ अंगीकार गर्दै जानु नै ज्येष्ठ नागरिकप्रतिको भरोसा, सम्मान र औचित्य पुष्टि हुनु हो । यति ठूलो जिम्मेवारी, दायित्व र विश्वासलाई इमानदारीपूर्वक बहन गर्नैपर्ने बाध्यात्मक अवस्थामा पुगेको ज्येष्ठ नागरिक उमेर समूहभित्र पर्ने यो वर्गले स्वराष्ट्रियता, विश्वबन्धुत्व, इमान, जमान, लगनशीलता र नैतिक विवेक नगुमाई आदर्श नागरिकको अनुकरणीय नमुना प्रस्तुत गर्न भने चुक्नु हुँदैन । 

आआफ्नो संस्कार, संस्कृति, मान्यताहरू, सामाजिक र धार्मिक परम्परा, आर्थिक अवस्था र उपलब्ध स्रोतसाधनको परिधिभित्र रहेर ज्येष्ठ नागरिकहरूको छुट्टै पहिचान र अस्तित्व रक्षाको लागि ऐन, नियम, कानुन अझ व्यवहारमुखी बनाउँदै कार्यान्वयनमा थोरै भए पनि अग्रसरता देखाउने प्रयत्न गरेका छन् । हालसम्म प्राप्त उपलब्धि अपर्याप्त हुँदाहुँदै सन्तोषजनक नै ठान्नुपर्छ । 

नेपालको सन्दर्भमा संयुक्त राष्ट्रसंघले ज्येष्ठ नागरिकका सम्बन्धमा गरेका निर्णय र व्यक्त धारणाप्रति सम्मान प्रकट गर्दै ढिलै भए पनि ज्येष्ठ नागरिक ऐन २०६३ र नियमावली २०६५ जारी भयो । जसमा ज्येष्ठ नागरिकहरूको हक अधिकार संरक्षण र सम्बद्र्र्धनका लागि बनेको भनेर उल्लेख गरिएको छ । नेपालको अन्तरिम संविधान २०६३ ले नागरिकका मौलिक हकको धारा १८ मा महिला, बालबालिका र वृद्ध, अपांग, अशक्त, असहायका लागि कानुनमा व्यवस्था भएबमोजिम सामाजिक सुरक्षाको हक हुनेछ भन्ने उल्लेख ग¥यो । 

विसं २०६५ मा जारी नियमावलीले ज्येष्ठ नागरिकका लागि राज्यबाट प्रदान गर्ने सेवा सुविधा उल्लेख गर्दै ज्येष्ठ नागरिकप्रति राज्य केही हदसम्म जिम्मेवार बन्न खोजेको देखिन्छ । नेपालको वर्तमान संविधान २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकको हक सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छ । नागरिकको मौलिक हकमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सुरक्षाको हक हुनेछ भनी उल्लेख गरिएबाट ज्येष्ठ नागरिकप्रति राज्य उदासीन छैन भन्ने प्रष्ट हुन्छ । यी सबै ऐन, नियम, कानुनको व्यवस्थाभन्दा माथि उठेर ज्येष्ठ नागरिकको पीडा, आवश्यकता र सरकारको दायित्व सम्झिएर २०५१ सालको साउन महिनादेखि नै सरकारीस्तरबाट वृद्धभत्ता वितरण गर्ने कार्य प्रारम्भ भयो । 

हालसम्म यसले निरन्तरता पाउँदैआएको छ । तत्कालीन सरकारले मासिक १ सय रुपैयाँबाट सुरु गरिएको यो भत्ता २०७६ साउनदेखि ३ हजार पु¥याइएको छ । महँगी, मूल्यवृद्धिको अनुपातमा यो रकम अत्यन्त न्यून हुदाँहुँदै सरकारी कदमलाई सकारात्मक नै मान्नुपर्छ । सरकारले यसमा समय सापेक्ष वृद्धि गर्दै लानेछ भन्ने कुरामा आसावादी बन्न सकिन्छ ।

नेपालको सन्दर्भमा ज्येष्ठ नागरिक र आश्रम, ज्येष्ठ नागरिकको आवश्यकता चाहना, उनीहरूले भोग्दै आएका समस्या र उनीहरूमा अन्तरनिहित क्षमता, ज्ञान, सीप, अवधारणाको आकलन तथा उपयोगको महŒवपूर्ण तथ्यलाई मध्यनजर नै नगरी ज्येष्ठ भनेका बुढाबुढी÷वृद्ध हुन् खान, लाउन, बस्न, सामान्य उपचार र काल पर्खिनुमात्र उनीहरूको आवश्यकता हो भन्ने मानसिकताले गर्दा राज्यले जुन नीति अवलम्बन गर्न खोज्यो वृद्धाश्रम खोल्न दिनु नै वर्तमान समस्याको जड हो । 

वृद्धाश्रमको सहजताले लगानीकर्ताको व्यावसायिक क्षेत्र विस्तार भयो । पारिवारिक बेमेल, विखण्डन, विकृति, विसंगतिले प्रश्रय पायो । वृद्धाश्रम कसका लागि ? किन र कहाँ ? स्पष्ट नीति छैन । अहिलेजस्तो आश्रम खोल्ने, चलाउने, भरीभराउ गराउने, दाता खोज्ने, लगानीकर्ता आकर्षित गर्ने दौडले निरन्तरता पाउँदै गयो भने अबको केही दशकपछि परिवार खोज्न वृद्धाश्रममै जानुपर्ने हुन्छ । बुढो हुनेबित्तिकै (६० कट्ना साथ) वृद्धाश्रम पठाउने हो भने परिवारमा आधा सदस्यमात्र बाँकी रहन्छन् । 

समाजबाट प्रेम, सद्भाव, सहयोग, ऐकबद्धताको अन्त्य हुँदै सबै परिवार, समाज, छाडा अमर्यादित र यान्त्रिक बन्ने सम्भावना हुन्छ । परिवार, समाज र देशलाई दुर्घटनाबाट बचाउने हो भने आफ्नै घर परिवारभित्र सबै एकसाथ मिलेर बस्न पाउने अधिकार सुरक्षित हुनुपर्छ । परम्परादेखि संयुक्त परिवारवादमा आधारित हाम्रो सामाजिक बनोटमा हाल आएर देखा पर्दै गएको विचलन, आयातित संस्कार र संस्कृतिको उपज हो । 

यसमा राज्यले निगरानी बढाउन आवश्यक नठानेर नै होला वृद्धाश्रमहरू भरिभराउ र गुलजार हुनलागे । आश्रम, गृह, सेवा विभिन्न नाम उपनामबाट गैह्रसरकारी संस्था र धनाड्य लगानीकर्ता समाज सेवाको नाममा निर्ढुक्क व्यवसाय सञ्चालन गर्न लागे तर लक्षित वर्गको पहँुच त्यहाँसम्म पुगेको अवस्था छैन । 

राज्यले अनगिन्ती वृद्धाश्रम खोल्ने अनुमति दिएर जिम्मेवारीबाट पन्छिने घृष्टता गर्नुभन्दा हरेक प्रदेशमा एक÷एकवटा लक्षित वर्ग केन्द्रित सुविधा सम्पन्न ‘ज्येष्ठ नागरिक ग्राम’ सञ्चालन गर्ने, त्यो ग्रामका आश्रम कसका लागि किटानीसाथ लक्षित वर्ग केन्द्रित हुनुपर्छ । ज्येष्ठ नागरिक ग्राम सञ्चालनमा ल्याएर वृद्धाश्रमको नाममा खुलेका अनगन्ति संस्थामा हुने गरेका चलखेल अन्त्य गर्दै बुढो हुनासाथ वृद्धाश्रम जानैपर्छ भन्ने मानसिकताबाट मुक्ति दिलाउन सक्यो भनेमात्र ज्येष्ठ नागरिकप्रतिको सच्चा सम्मान हुनेछ । 

अन्त्यमा, 

सरकारी क्षेत्रबाट ज्येष्ठ नागरिकहरूको हित संरक्षणमा अहिलेसम्म जे जति कार्य भएका छन् ती अपर्याप्त भए पनि महŒवपूर्ण र ज्येष्ठ नागरिक केन्द्रित छन् । यसलाई अझ प्रभावकारी र अनुकरणीय बनाउन राज्यको थोरै मिहिनेत र सामान्य लगानीबाट निम्न समस्यामाथि ध्यान दिन सकेको खण्डमा ज्येष्ठ नागरिकको गरिमा वृद्धिमा थप मद्धत पुग्न जान्छ । 

वृद्धाश्रम थप्दै लैजाने वर्तमान अवस्थामा बन्देज, प्रदेशस्तरीय ज्येष्ठ नागरिक ग्राम सञ्चालन गरी तथ्यमा आधारित अशक्त, वृद्ध, अपांग, असहाय, अन्ध, अपहेलित र तिरस्कृत व्यक्ति पहिचान गरी तिनलाई निःशुल्क सेवा उपलब्ध गराउने, ऐन नियम हुँदाहुँदै प्रभावकारी रूपले कार्यान्वयन हुन बाँकी रहेको सार्वजनिक यातायातको क्षेत्रमा दिने भाडा सहुलियत र आफ्नो पायक पर्ने जुनसुकै स्वास्थ्य संस्थाबाट निःशुल्क (स्वास्थ्य परीक्षण, औषधोपचार सेवा पाउने अधिकारको संरक्षण गर्ने र हालसम्म ज्येष्ठ नागरिकका नाममा दर्ता भएका जे जति संघ छन् सुनिश्चितता गर्नुपर्ने हावश्यकता देखिन्छ । 

भएका संस्थाहरू विशुद्ध ज्येष्ठ नागरिकको हितमा केन्द्रित भई सञ्चालन हुनुपर्छ । तिनको स्थलगत अनुगमन गरी तिनलाई प्रभावकारी बनाउने, आश्रमस्थल हरेक पायक पर्ने स्थानमा स्थापना गर्दै जाने, विशुद्ध ज्येष्ठ नागरिक केन्द्रित संस्थाहरूलाई राज्यबाट सहयोग, प्रशिक्षण, स्वास्थ्य परीक्षण र परामर्शलगायत सेवा उपलब्ध गराउने, अनुमति प्राप्त ज्येष्ठ नागरिक संस्थाहरूमा प्राथमिक उपचारसहितको कम्तीमा एकजना परामर्शदाता स्वास्थ्यकर्मी उपलब्ध गराउने, उमेरगत र आकस्मिक शारीरिक समस्याबाट अकालमा मृत्युवरण गर्नु नपरोस् भन्न घर परिवारका सदस्यबाट ज्येष्ठ नागरिकप्रति एम्बुलेन्स तयारी अवस्थामा उपलब्ध हुनुपर्ने जस्ता व्यवस्था मिलाउन सके उनीहरूका लागि निकै सहयोग पुग्नसक्ने थियो । 

यसैगरी उनीहरूको मानसिक, शारीरिक, भौतिक, आर्थिक वा अन्य कुनै प्रकार वा प्रकृतिका दुव्र्यवहार भएको राज्यले प्रदान गर्ने सेवा, पाइएमा तत्काल स्थलगत कानुनी उपचारको व्यवस्था मिलाउने, ज्येष्ठ सुविधा र सहयोग सम्बन्धित व्यक्तिकै पहुँचमा पुग्ने व्यवस्था मिलाउने, नागरिकको पूर्णपहिचान र सेवा प्रवाहमा सम्पूर्ण विवरण समेटिएको मान्यताप्राप्त एउटै परिचयपत्र (यातायात, अस्पताल वा अन्य प्रयोजनमा समेत) लागू हुने नीति बन्न सके ज्येष्ठ नागरिकका लागि केही सहज हुने थियो भन्ने कुरामा विश्वस्त हुन सकिन्छ । (लेखक हाम्रो ज्येष्ठ नागरिक हातेमालो सेवा समाज, मुख्य कार्यालय विराटनगरका सल्लाहकार संयोजक हुनुहुन्छ ।) 


Views: 770

सम्बन्धित सामग्री:

A PHP Error was encountered

Severity: Warning

Message: Invalid argument supplied for foreach()

Filename: site/single.php

Line Number: 81

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/views/frontend/site/single.php
Line: 81
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/core/MY_Controller.php
Line: 38
Function: view

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 87
Function: loadView

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once