A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 63

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 63
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 73

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 73
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

eHimalayatimes | | कोभिड प्रभावित युवा जनशक्तिको व्यवस्थापन
10th August | 2020 | Monday | 4:21:35 PM

कोभिड प्रभावित युवा जनशक्तिको व्यवस्थापन

नमागिएको सल्लाह

शम्भु कोइराला   POSTED ON : असार १९, २०७७ (१२:५९ AM)

कोभिड प्रभावित युवा जनशक्तिको व्यवस्थापन

कोभिड १९ को संक्रमणबाट विश्वका १ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । ५ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वको कुल श्रमिकमध्ये लगभग आधाले जागिर गुमाइसकेका छन् अथवा गुम्ने अवस्थामा छन् । भारत र अन्य मुलुकहरूमा वैदेशिक रोजगारमा गएका नेपाली युवा जनशक्तिमध्ये करिब ५० लाखले रोजगार गुमाएर स्वदेश फर्कने अनुमान गरिएको छ । 

यद्यपि, कोरोनासँगै आर्थिक गतिविधि अघि बढाउने विश्वव्यापी क्रम सुरु भएपछि पहिले अनुमान गरिएभन्दा कम मानिस वैदेशिक रोजगारबाट फर्कने संकेत देखापरेको छ । स्वदेशमा पनि असंगठित क्षेत्रमा काम गर्ने ४० लाखभन्दा बढी मजदुरको रोजगारी समस्यामा परेको छ भने संगठित क्षेत्र राम्रो क्षमतामा सञ्चालन हुन सकिरहेको छैन । सरकारी सेवामा भर्तीका लागि योग्यता परीक्षण गर्ने निकाय लोक सेवा आयोगले विज्ञापन न गर्ने परिस्थिति देखापरेको छ । ‘क’ वर्गका बैंकहरूले समेत स्वेच्छिक अवकाशका नाममा कर्मचारी कटौती गर्न प्रारम्भ गरेका छन् ।

आगामी दिनहरूमा वैदेशिक रोजगारको माग संकुचित हुनेछ भने वैदेशिक रोजगारीका लागि जनशक्ति आपूर्ति गर्ने देशबीच प्रतिस्पर्धा भई वैदेशिक रोजगारको माग र सुविधासमेत घट्ने निश्चित छ । त्यसमा पनि वैदेशिक रोजगारप्रतिको सरकारको रवैया, पत्रकारिता जगतको अलिकतिमात्र भुल भयो भने मानव तस्करको बिल्ला भिडाउनेलगायत अनुदार दृष्टिकोण, आफूले सिन्को नभाँच्ने तर सबै आर्थिक अवसरको उपभोक्ता बन्न दलाली गर्ने र त्यस्तो अवसर न पाए भाँडभैलो मच्चाउन पल्केको अर्धशिक्षित तर स्वर चर्को भएको झुण्ड, गम्भीरता नभएको राजनीति, आफ्नो स्वार्थलाई मात्र प्रधान ठान्ने र सामन्ती दम्भ बोकेको कर्मचारीतन्त्रको कारण प्रतिस्पर्धी वैदेशिक रोजगारको बजारबाट अवसर लिन धेरै मिहिनेत गर्नुपर्ने अवस्था छ । 

यस्तो परिस्थितिमा कोरोना पछिको जनशक्तिको व्यवस्थापन गर्ने विषय धेरै नै चुनौतीपूर्ण छ । जति नै चुनौती भए पनि वैदेशिक रोजगारबाट फर्केको जनशक्ति र रोजगार बजारमा हरेक वर्ष थपिने करिब ५ लाख जनशक्तिको व्यवस्थापन गर्नुपर्ने अवस्था छ । यस्तो व्यवस्थापन कसरी गर्ने त ? 

स्थानीयस्तरमा रोजगारी सिर्जना

हाम्रो देशको एउटा विशेषता के छ भने हिमाल, पहाड, तराई जहाँ भए पनि जे जस्तो भए पनि मुन्टो लुकाउने घर, धेर थोर जे भए पनि करेसाबारीसहित केही जमिन भएको अवस्था छ । यसै कारणले धेरै युवाहरूलाई आकाशलाई नै छानो मानेर सडकमा आउनुपर्ने अवस्था छैन । वैदेशिक रोजगारबाट फर्केर आफ्नो पैतृक थलो आएकालाई स्थानीयस्तरमै रोजगारी सिर्जना गरेर जीविकोपार्जनको व्यवस्था मिलाउनु उपयुक्त विकल्प हुन सक्छ ।

करिब आगामी दुई वर्षसम्म कोरोनासँगै दौनिकी बढाउनुपर्ने परिस्थिति रहने भएकाले बहरभन्दा ग्रामीण क्षेत्रमा भौतिक दूरी कायम गरी आर्थिक गतिविधि गर्न सजिलो हुने र ठूला शहरमा मानिसको चाप कम हुने भएकाले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नु राम्रो विकल्प हुनेछ । 

यस्का लागि तीनै सरकारबाट विनियोजित बजेटलाई आगामी वर्षको प्रारम्भदेखि नै प्रक्रिया अघि बढाइ खÞर्च गर्न प्रोत्साहन गर्ने र त्यस्ता काममा सबैभन्दा कमजोर आर्थिक अवस्था भएका अझ स्पस्टसँग भन्नुपर्दा आज कमाएको रकमले आजै खानुपर्ने अवस्था भएका र अरू कुनै विकल्प न भएकालाई प्राथमिकतामा राख्नुपर्छ । तर, यो काम कार्यान्वयन चरणमा चुनौतीपूर्ण छ । 

यसको कारणले गर्दा लक्षित समूहका व्यक्ति छनौटमा पर्न मुस्किल छ । छनौटमा राजनीतिक कार्यकर्ता छानिने र उही खातामा हाजिरी जनाएर वा कार्य थलोमा आएर कामचोर प्रवृत्ति देखाई अरूमा पनि आलस्य पैदागरी कार्य वातावरण बिगार्ने सम्भावना रहन्छ । यो कार्यक्रमको सफलता वा असफलता यसको छनौटमा छ ।

लकडाउनको समयमा राहतको रूपमा काम दिने, कामबापत खाद्यान्न उपलब्ध गराउने अभ्यास कुनै–कुनै स्थानीय निकायले गरेका थिए जुन काम प्रभावकारी देखिएको पनि थियो । यो अभ्यास गरियो भने पनि लक्षित समूहले रोजगारी पाउने सम्भावना बढी रहन्छ ।

भूमि बैंकमार्फत जग्गा एकीकरण गरी जग्गा कमाउनेलाई उपलब्ध गराउने नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा भूमि बंैकको अवधारणा ल्याएको छ । विभिन्न देशमा यसको अभ्यास अलग अलग छ । जग्गाधनीको स्वामित्व सुरक्षित हुनेगरी जग्गा कमाउँने र जग्गाधनीबीच दुवै पक्षलाई लाभ हुनेगरी भूमिको अभिलेखीकरण र एकीकरण गरी समन्वयकारी भूमिका निर्वाह गर्ने संस्थालाई भूमि बैंक भनिन्छ । बैंकमा निक्षेपको रूपमा रकम राखेजस्तै भूमि बैंकमा निक्षेपको रूपमा जग्गा राखिन्छ । 

नेपालका सम्बन्धमा भूउपयोग सम्बन्धमा बनेको ऐन २०७६ को धारा २१ को उपदफा १ र २ मा भूमि बैंकको प्रावधान राखिएको छ । उपदफा १ मा ‘भूउपयोग वर्गीकरणसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न भूमिको अधिकतम उपयोग गरेर उत्पादकत्व वृद्धि गर्न नेपाल सरकारले आवश्यकताअनुसार स्थानीय तहमा भूमि बैंकको स्थापना गर्न सक्नेछ’ भन्ने व्यवस्था छ । 

यो कनुनी आधारमा नेपाल सरकारको आर्थिक वर्ष २०७७ र ०७८ को नीति तथा कार्यक्रममा ‘भूमि, पुँजी र प्रविधिको संयोजनमार्फत कृषि भूमिको सदुपयोग गरी कृषिको व्यावसायिक उत्पादन बढाउन भूमि बैंकको स्थापना गरिनेछ’ भनी उल्लेख गरिएको छ । यसैबमोजिम आर्थिक वर्ष २०७७ र ०७८ को बजेट वक्तव्यमा, यो आर्थिक वर्षमा तीन सय स्थानीय तहमा भूमि बैंकको एकाइ स्थापना गरिने उल्लेख गरिएको छ । 

भूमि व्यवस्था तथा शहकारी मन्त्रालयअन्तर्गत तत्कालीन भूउपयोग आयोजनाले तयार गरेको र त्यसपछि पनि तयार गरिएको धेरैजसो स्थानीय तहको भूउपयोग नक्साको आधारमा कृषियोग्य जमिन बढी भएका स्थानीय निकाय पहिचान गरी भूमि बैंकको एकाइको सक्रियतामा उपयोग नभएको बाँझो जमिन र सही रूपमा उपयोग नभएको जग्गासमेत संकलन गरी कोरोना कहरबाट बेरोजगार भएका युवाहरूलाई प्रविधि, मल, बीउ उपलब्ध गराएर खेतीका लागि जमिन वितरण गरिनुपर्छ । 

यसरी वितरण गर्दा कसले किन र कसरी पायो ? भन्नेमा पारदर्शिता हुनुपर्दछ, राजनीतिक आस्था । सबै स्थानीय तहले बाँझो जमिन राख्न निषेध गर्नुपर्छ । 

बजारीकरणको लागि असामान्य अवस्थामा कृषि एम्बुलेन्स उत्पादित सामग्री बजारीकरणमा समस्या हुनु भनेको सारै नै निराशाजनक अवस्था हो । लकडाउन, बन्द, हड्ताल, कर्फ्यु, प्राकृतिक विपत्ति जे जस्तो परिस्थिति आए पनि त्यस्तो अवस्थामा स्थानीय निकायले बजारीकरणका लागि सहजीकरण गरिदिनु पर्नेहुन्छ । केही समयअगाडि प्रदेश नं ५ मा लकडाउनको समयमा उत्पादनको बजारीकरणका लागि कृषि एम्बुलेन्सको नयाँ अवधारणा ल्याइएको थियो । त्यो वास्तावमा राम्रो अभ्यास थियो । 

वैदेशिक रोजगारीलाई प्रोत्साहन सूचना, प्रविधि र यातायातको विकासको कारण एक भूगोलमा प्राप्त अवसरलाई अर्को भूगोलको मानिसले उपयोग गर्ने कुरा सामान्य भइसकेको छ । कोभिड १९ को खोप वा औषधि तयार भएर सबैको पहुँचमा नपुगेसम्म अबका केही महिना कोरोना भाइरससँग सावधानी अपनाउँदै सहयात्रा गर्नुपर्ने बाध्यतामा सबै देश पुगेका छन् । यसो भन्नुको अर्थ केही सुस्ताएका वैदेशिक रोजगारका गन्तव्यहरू पनि क्रमशः खुल्ने क्रममा छन्, खुल्ने वा खुलेका पुराना वा नयाँ गन्तव्यहरूमा कामदार पठाउने अवसरलाई हामीले पनि भरपुर उपयोग गर्नुपर्छ । 

हामीले हाम्रो जनशक्तिलाई आफ्नै देश निर्माणको काममा लगाउन सक्दा राम्रो हुने हो तर मुलुकभित्र तत्काल त्यति धेरै रोजगारीका अवसर सिर्जना हुने सम्भावना देखापरेको छैन । त्यसैले भावनामा डुब्नुभन्दा यथार्थपरक भएर सोच्न जरुरी हुन्छ । वैदेशिक रोजगारीको संकुचनको प्रभाव विप्रेषण कम भई विदेशी मुद्राको सञ्चितिमा कमी हुनेमा मात्र सीमित हुनेछैन, त्यसले देशभित्र बहुल क्षेत्रमा मागको सिर्जना गरी आर्थिक गतिविधिलाई चलायमान बनाइरहेको अवस्थालाई पनि नकारात्मक रूपमा धेरै प्रभाव पार्नेछ । 

त्यसैले, विदेशमा रहेका नेपाली दूतावासलाई स्तरीय वैदेशिक रोजगार बजारको माग खोल्न, गएका कामदारको हकहितमा अझ मिहिनेतपूर्वक तल्लीन बनाउनुपर्ने देखिन्छ । सीप भएकालाई ऋणको उपलब्धता सीप सिकेर फर्किएको जनशक्तिलाई बैंकहरूमार्फत विनाधितो ऋण उपलब्ध गराएर व्यवसाय सञ्चालनमा सहयोग पु¥याउँन सके स्वदेशभित्रै अवसरहरू बढ्न सक्ने भएकाले यसतर्फ पनि प्रयास गर्नुपर्ने देखिन्छ ।

विनाधितो ऋणको लागि लगानी गर्न बैंकहरू सजिलै इच्छुक हुँदैनन् भन्ने कुरा २०७२ सालको भूकम्प पीडितलाई नेपाल सरकारको निर्देशनका बाबजुद ऋण दिन आनाकानी गरेको उदाहरण नै पर्याप्त छ । अहिलेको महामारीको सन्दर्भमा पनि कुनै भरपर्दो निकायको प्रत्याभूतिविना बैंकहरूले आनाकानी नै गर्नेछन् । यसको लागि नेपाल सरकार अथवा तीन तहका सरकारमध्ये कुनैको आडभरोस वा भरपर्दो भरोसाको खाँचो हुनेछ ।

सारांशमा, कोरोना भाइरसको संक्रमण भारतबाट फर्केका नागरिकहरूबाट अधिकमात्रामा भएको हुँदा सीमावर्ती भारतीय नाकाहरूलाई बढी व्यवस्थित बनाई, क्वारेन्टाइन र आइसोलेसन स्थलको समुचित व्यवस्थापन गरी भाइरसको रोकथामलाई प्रभावकारी बनाइनुपर्छ भने उपयुक्त सुरक्षा उपायहरू अवलम्बन गरी अन्तर्राष्ट्रिय विमानस्थल पनि खोल्न ढिलाइ गर्नुहुन्न । वैदेशिक रोजगार कम्पनीलाई पनि उपयुक्त सुरक्षात्मक उपाय अपनाई काम गर्न सहज बनाइदिनुपर्छ । विदेशमा कार्य सम्झौता सकिएको कारण भिसा अवधि पनि सकिएर बेखर्ची भई दुःखमा रहेका नेपालीलाई ल्याउँन पनि ढिलाइ गर्नु हुन्न । यो प्रक्रिया पनि विमानस्थल खुलेपछि सहज हँुदै जानेछ ।

कोरोना भाइरस महामारीको समयमा बेरोजगार भएका युवा जनशक्तिलाई माथि चर्चा गरिएका उपाय अवलम्बन गरेर स्थानीय स्तरमा रोजगारी सिर्जना गरेर, भूमि बैंकमार्फत जग्गा एकीकरण गरी न्यायिक आधारमा खेती गर्न चाहने युवालाई वितरण गरेर वैदेशिक रोजगार बजारको अवसरलाई उपयोग गरी सेवा सुविधा राम्रो भएको गन्तव्यमा वैदेशिक रोजगारीमा पठाएर र सीप भएको जनशक्तिलाई व्यवसाय सञ्चालनमा सहयोग पु¥याएर, कोरोना कहरको चपेटामा परेको युवाजनशक्तिलाई व्यवस्थापन गर्न सकेमा मुलुकको आर्थिक सामाजिक अवस्थामा सकारात्मक प्रभाव पर्ने देखिन्छ । 


Views: 310

सम्बन्धित सामग्री:

A PHP Error was encountered

Severity: Warning

Message: Invalid argument supplied for foreach()

Filename: site/single.php

Line Number: 81

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/views/frontend/site/single.php
Line: 81
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/core/MY_Controller.php
Line: 38
Function: view

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 87
Function: loadView

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once