A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 63

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 63
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 73

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 73
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

eHimalayatimes | | ग्रामीण विकास र साना किसान अभियान
10th August | 2020 | Monday | 5:33:53 PM

ग्रामीण विकास र साना किसान अभियान

गोकुलचन्द्र अधिकारी   POSTED ON : असार २३, २०७७ (१:०७ AM)

ग्रामीण विकास र साना किसान अभियान

संसारमा लघुवित्तका पिता भनेर चिनिने बंगलादेशका प्राध्यापक मोहम्मद युनुसलाई गरिबी न्यूनीकरणका माध्यमबाट समाजमा शान्ति र समृद्धि निर्माण गर्न योगदान गरेवापत नोबेल शान्ति पुरस्कारबाट समेत विभूषित गरियो । विपन्न समुदायका महिलादेखि भिखारीसम्मलाई व्यावसायिक सीप प्रदान गर्दै उनीहरूलाई इलमी र आत्मनिर्भर तुल्याउने कार्यमा युनुसले अपनाएको लघुवित्तको मोडेल सफल र सार्थक भएका कारण उनी अन्तर्राष्ट्रिय जगतकै चर्चित व्यक्तित्व बन्न पुगे । उनले सन् १९७६ मा आफ्नो मुलुकमा नयाँ अवधारणाको रूपमा लघुवित्तको मोडेल आरम्भ गरेका थिए । 

उनको परिकल्पानाबाट सिर्जित यो मोडेलले लोकप्रियता हासिल गर्दै जाँदा आज नेपाललगायत संसारका एक सयभन्दा ज्यादा मुलुकले यस अभ्यासलाई अवलम्बन गरिसकेका छन् । विकासोन्मुख मुलुकमात्र होइन विकासमा फड्को मारेका देशका ग्रामीण क्षेत्रमा समेत यो मोडेल प्रचलित छ । यसरी लघुवित्तको मोडेलले विश्वमा लोकप्रियता हासिल गरेसँगै प्रोफेसर युनुसको व्यक्तित्व पनि विश्वव्यापी हुनपुगेको कुरा जगजाहेर छ । 

यहाँनेर चर्चा गर्न खोजिएको विषय प्रोफेसर युनुसको आयामिक योगदान र उनले प्रचलनमा ल्याएको लघुवित्त मोडेलको महिमा गान गर्नु नभएर नेपाली माटोमा पनि यस किसिमका अभ्यास त्योभन्दा आगडि वा त्यससँगै भएका छन् अनि प्रोफेसर युनुसको जस्तो सोच र अवधारणा त्यसअघि नै नेपालमा देखापरेका हुन् भन्ने कुरामा केन्द्रित छ । 

ग्रामीण क्षेत्रमा बसोबास गर्ने अति न्यून आय भएका किसानलाई सामूहिक जमानीमा स्रोत साधन प्रवाह गर्ने र बचतलगायत वित्तीय सेवा प्रदान गर्ने शैलीको ग्रामीण बैकिङ पद्धतिको अभ्यास युनुस मोडेल विकास हुनुभन्दा धेरैअघिदेखि नै नेपालमा भइरहेका थिए । भूमिसुधार बचत कार्यक्रम, साना किसान विकास कार्यक्रम आदि जस्ता सामाजिक आर्थिक अभियान यसका उदाहरण हुन् ।

हाम्रा यी मौलिक अभ्यासहरूलाई हाल प्रचलित युनुस ब्राण्डकै प्रारम्भिक स्वरूप मान्न सकिन्छ । कृषि विकास बैंकमार्फत सञ्चालन गरिएको साना किसान विकास आयोजना भन्ने कार्यक्रमले अपनाएका बचत र कर्जासम्बन्धी अभ्यास अहिलेको लघुवित्त मोडेलसँग धेरै मेल खान्छ । त्यसबेला हाम्रो आफ्नै मौलिक चिन्तनको रूपमा नेपाली माटोमा प्रयोग गरिएको यो साना किसान मोडेललाई त, लघुवित्तको आधारस्तम्भ पनि भन्ने गरिन्छ ।

यहाँनेर एउटा स्मरणीय कुरा के छ भने बंगलादेशमा युनुसले लघुवित्त मोडेललाई नयाँ प्रयोगका रूपमा व्यवहारमा उतार्ने प्रयत्न गर्दैगर्दा उनले नेपालको पनि भ्रमण गरेछन् । भ्रमणका क्रममा उनले हाम्रै साना किसान विकास परियोजनालाई पनि नजिकबाट हेरेका र अध्ययन गरेका रहेछन् । नेपालका ग्रामीण विकासका एकथरी विज्ञहरूको भनाइ छ साना किसान विकास परियोजना नाममा नेपाली माटोमा प्रयोग भइरहेको ग्रामीण वित्तको अभ्यासबाट समेत प्रेरित भएर युनुसले बंगलादेशमा ग्रामीण विकासको आफ्नो अवधारणालाई फराकिलो तुल्याएका हुन् । 

गाउँ नै गाउँले भरिएको र कृषि प्रधान मुलुक नेपालमा साना र विपन्न किसानमा केन्द्रित साना किसान कार्यक्रम भूमिहीन र नाम मात्रका जग्गा भएका किसानमा केन्द्रित अभियान थियो । यो कामको नेतृत्व त्यो समयमा किसानहरूको एक मात्र वित्तीय संस्थाको रूपमा रहेको (हाल वाणिज्य बैंकमा रूपान्तर भइकेको) कृषि विकास बैंकले गरेको थियो । साना किसान विकास कार्यक्रम अत्यन्तै लोकप्रिय र सफल हुँदैगएका कारण यसलाई देशभरि नै तीव्र रूपमा विस्तार गरियो । २०५० सालसम्ममा यस्ता आयोजनाको संख्या ६ सयको हाराहारीमा पुगिसकेको थियो । 

यसरी व्यापक रूपमा विस्तार भएका यी अनौपचारिक किसान समूहलाई व्यवस्थित र संगठित तुल्याउँदै उनीहरूमा थप व्यावसायिकताको विकास गर्नु अति आवश्यक भइसकेको थियो । यस्ता समूहलाई व्यवस्थित तुल्याउन र संस्थागत स्वरूप प्रदान गर्न कुन किसिमको औपचारिक संगठन उपयुक्त हुनसक्ला भनेर विकल्पहरूको खोजी गरियो । कम्पनी मोडेल, एनजीओ मोडेल, बैंकिङ मोडेल आदि विभिन्न स्वरूपका संगठनहरूको विश्लेषण गरिएपछि अन्ततः, सहकारीको पद्धति नै उपयुक्त हुनसक्छ भनी ठहर गर्दै सबै साना किसान आयोजनालाई साना किसान कृषि सहकारी संस्था लि. भनेर औपचारिक संस्थाको रूपमा दर्ता गरियो । हाल देशका लगभग सबैजसो जिल्लामा गरी एक हजारको हाराहारीमा यस किसिमका कृषि सहकारी संस्था छन् । 

केही अघिसम्म साना किसान आयोजनाको नाममा रहेका गरिब किसानका यस्ता समूहले सहकारी संस्थाको स्वरूप धारण गरिसकेपछि अब त्यस्ता सहकारीलाई मात्र संरक्षण, अभिभावकत्व र वित्तीय स्रोतसाधन प्रदान गर्ने छुट्टै निकायको आवश्यकता महसुस गरियो । त्यसअघिसम्म नेतृत्व र अभिभावकत्व प्रदान गरिरहेको कृषि विकास बैंक पूर्णरूपमा वाणिज्य बैंक बन्ने बाटोमा लागिसकेको हुँदा उसका लागि सामाजिक बैंकिङ र लोककल्याणकारी वित्तीय कार्यक्रमजस्तो विषय बोझिलो बन्न थालिसकेको थियो ।

आरम्भकालदेखि कृषि विकास बैंककै संरक्षकत्वमा हुर्केका साना किसानका यस्ता समूहहरूले धमाधम औपचारिक संस्थाको स्वरूप धारण त गरे तर कृषि विकास बैंकको साथ छुटेपछि त्यसमा संलग्न किसानहरूले आफूलाई मियोविहीन सम्झिरहे । फलस्वरूप आफ्नो आवश्यकताको पूर्ति गर्ने व्यवस्था आफैं मिलाउनुपर्छ र अभिभावक संस्थाको निर्माणसमेत हामी आफंैले गर्नुपर्छ भन्ने निर्णयमा उनीहरू पुगे । अन्ततः त्यस्ता कृषि सहकारी संस्थाको संयुक्त पहल र लगानीमा २०५८ साल असार २२ गते साना किसान विकास बैंकको स्थापना गरियो । 

साना किसानहरूलाई संगठित गर्दै व्यावसायिक सीप र वित्तीय संस्कारसमेत प्रदान गरेर यो अवस्थासम्म ल्याइपु¥याउने मूल अभिभावकको रूपमा रहेको कृषि विकास बैंक पनि यी किसानबाट पूरै टाढिन किन चाहन्थ्योे र ! सो बैंक पनि यो नयाँ संस्थामा २२ प्रतिशत को हिस्सेदार भयो । 

यसप्रकार न्यून आय भएका साना किसानहरूले आफ्नो अभिभावकत्वको छानो आफैं निर्माण गरे, आफू संलग्न संस्थाको नियमन, सुसञ्चालन र नियन्त्रणको संयन्त्रसमेत आपैंmले तयार पारे । त्यसपछिका दिनमा क्षमता विकासका लागि तालिमका अवसर प्रदान गर्नेदेखि लगानीका लागि आवश्यक स्रोत साधनसम्मको खाँचो टारिदिने काम साना किसान विकास बैंक नामको यही संस्थाले गरिदियो । सबै किसान यसबाट खुशी थिए, आआफ्ना िमहिनेत र पसिनामा रमाएरै कृषि कर्म गरिरहेका थिए । भरअभरमा आफूलाई चाहिने वित्तीय स्रोत आफूले हुर्काएको कृषि सहकारी संस्थामार्फत यो बैंकबाट प्राप्त गरिरहे । 

तर विडम्बना, त्यसको केही वर्षपछि साना किसानले निर्माण गरेको आफ्नै अभिभावक संस्थासँगको सम्बन्ध र संलग्नता सरकारका दृष्टिमा गैरकानुनी सावित भयो । ‘अब कुनै पनि कम्पनीमा सहकारी संस्थाले संस्थापक शेयर लगानी गर्न नपाउने र गरेको रहेछ भने तुरुन्त फिर्ता गर्नुपर्ने’ भनी सरकारले निर्देशन जारी ग¥यो । 

सरकारको यस्तो अस्थिर र अव्यावहारिक नीतिका कारण देशभरि एक हजारको हाराहारीमा रहेका (पहिले साना किसान विकास आयोजनाका रूपमा गठन भई विकसित भएका) कृषि सहकारी संस्थाहरू र त्यससँग आबद्ध ८ लाखभन्दा बढी सदस्य परिवार अर्थात् झण्डै ४० लाख गरिब र साना किसान (कूल जनसंख्याको १४ प्रतिशत) ले आफ्नो अभिभावकत्वको ओतबाट अब छिट्टै अलग्गिनुपर्ने अवस्था आइपरेको छ । 

सरकारको यस्ता नीतिगत व्यवस्थाका कारण ४४ प्रतिशत हिस्सेदारका रूपमा रहेका साना किसानको समूह (मूल संस्थापक) नै अन्यौलग्रस्त भइरहेको परिस्थितिमा उनीहरूलाई वित्तीय स्रोत, क्षमता विकासका अवसर, अनुशासनको संस्कारलगायत सेवा प्रदान गरिआएको साना किसान विकास बैंक (साकिलविस) ले हिजो असार २२ गते आफ्नो १९औं वर्ष प्रवेशको उत्सव मनायो । नेपालको साना किसान अभियानमा संलग्न ४० लाख किसानका लागि यस दिनको विशेष महत्व छ । 

नीति नियम कसिलो भए खुकुलो पार्न सकिन्छ । नयाँ कानुनी संरचनाको निर्माण पनि गर्न सकिन्छ । तर, कृषि प्रधान मुलुक नेपालमा थोरै खेती भएका साना किसानलाई भरअभरको खाँचो टार्ने अनि व्यावसायिक र स्वावलम्बी तुल्याउन मद्दत गर्ने सहयोगी हातसँगको सम्बन्ध भत्कन दिनु हुँदैन । संसारमा लोकप्रिय अभियान मानिएको युनुस मोडेलको लघुवित्तभन्दा पनि जेठो नेपालको साना किसान अभियानको मोडेललाई सधैं सम्झाइरहने साना किसानले निर्माण गरेका कृषि सहकारी संस्थालाई सुदृढ तथा प्रभावकारी तुल्याउने हरेक संयन्त्र र पद्धतिलाई जोगारहनु आजको आवश्यकता हो । 

(लेखक नेपाल राष्ट्र बैंकका पूर्वउपनिर्देशक हुनुहुन्छ) 


Views: 653

सम्बन्धित सामग्री:

A PHP Error was encountered

Severity: Warning

Message: Invalid argument supplied for foreach()

Filename: site/single.php

Line Number: 81

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/views/frontend/site/single.php
Line: 81
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/core/MY_Controller.php
Line: 38
Function: view

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 87
Function: loadView

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once