A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 63

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 63
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 73

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 73
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

eHimalayatimes | | सहमतिको कमिटी सर्वेसर्वा
10th August | 2020 | Monday | 5:02:30 PM

सहमतिको कमिटी सर्वेसर्वा

कालिदासबहादुर राउत क्षत्री   POSTED ON : असार २३, २०७७ (१:१० AM)

सहमतिको कमिटी सर्वेसर्वा

संसारमा पुँजीवादको विकाससँगै संसदीय राजनीतिक प्रणालीमा अर्थात् प्रधानमन्त्रीय व्यवस्थामा ‘प्रधानमन्त्री’ अथवा प्रमुख कार्यकारी सर्वेसर्वा हुने परम्परा छ । नेपालमा पनि प्रधानमन्त्रीलाई तदनुरूप हेरिन्छ र अपेक्षा गरिन्छ । तर, २०७२ सालको संविधानमा समाजवादन्मुख (कम्युनिष्ट प्रणाली) राज्यव्यवस्था शब्द घुसाइएकाले त्यसैलाई व्यानर बनाई तदनुरूपको राज्यको चरित्र हुनुपर्छ भनेर प्रधानमन्त्री तथा प्रमुख कार्यकारीले नेकपाको सचिवालय तथा पोलिट ब्युरोको एकमात्र पात्रको रूपमा काम गर्नुपर्छ अर्थात् मञ्चन गर्नुपर्छ भन्ने नेकपाका मुखियाहरूको कथन छ । 

यसरी संविधान नै विवादास्पद बनेको छ । संविधान बन्यो पुँजीवादी, सरकार बन्यो समाजवादी (कम्युनिष्ट), यसरी परस्परविरोधी भएकाले देश अगाडि बढ्न सकेको छैन । सर्प, भ्यागुतो र विच्छी एकत्रित भए भने एकअर्काको भयले निश्चल हुन्छन्, यस्तै भएर नेपाल ठप्प भएको छ, जे जति भएको छ, कालव्रmमिक रूपमै भएको मात्र हो । विधि विधान बनाउने र व्याख्या गर्ने पनि कमरेड आफैंहरू भएर होला, प्रधानमन्त्री पद पनि सिंहदरबारको कमरेडमा साँघुरिएको छ । निर्दलीय प्रणालीको ठाउँ बहुदलीय प्रणालीले लियो । 

त्यो बहुदलीयको साइनबोर्डभित्र समूहगत गिरोह (स्वार्थी) सिष्टम झुण्डिएको छ । प्रकारान्तरले विभिन्न गुप्तचर सञ्जाल विगतदेखि विभिन्न भेषमा क्रियाशील छन् र आआफ्नो जहाजको कम्पासले गन्तव्यको गति जुन दिशातर्फ देखाउँछ, स्वतः जहाजले त्यही दिशा समाउँछ । राजनीतिक गति विभिन्न भए पनि आर्थिक नीति र गति–मति एउटै छ । पुँजीवादी मन वचन कर्म गरिरहेर कम्युनिष्टको नकाव लगाएर आमजनतालाई वेवकुब बनाइरहेछन्, जनता पनि सुँगुरलाई धोएर गाई बनाउन सकिँदैन भन्न थालिसकेका छन् । ‘गरिबी बढाउने–समृद्धिको नारा लगाउने’ कम्युनिष्ट राजनीतिलाई व्यवहारबाट अनुभूति कसरी गर्ने हो । 

कम्युनिष्टहरूको ‘कुराको चुरो व्यवहारबाट अनुभूत गर’ भन्ने माक्र्सवादको व्याख्यामा छ । काम गरेर खाने जनतालाई शोषणको जातोमा पारेर नेतृत्वमा पुगेका मुखियाहरू तथा भ्रष्टहरूले पार्टीको नाममा सामन्तवर्गमा रूपान्तरण गरेको जगजाहेरै छ । इतिहासले शासन गर्नेहरूलाई सामन्ति भनेर व्याख्या गरेको छ । सामन्तलाई राजा र महासामन्तलाई महाराजा भनेको छ । पार्टीको निर्णयको नाममा जनतालाई दिग्भ्रमित पारेर राखेको छ । अब चाहिँ सिधासाधा जनता पार्टीको निर्विवेकी निर्णयलाई उल्लंघन गर्न थालिसकेका छन् । यसबाट नवसामन्तलाई चुनौतीको सामना गर्नु परिरहेको छ । तदनुरूप शासनमा बस्ने नवसामन्तबीच समूह समूहबीच ‘फाइट टु फिनिस’ मञ्चन भइरहेको परिदृश्य सबैले हेर्दै छन् र बुझ्दैछन् । 

नेपाली कांग्रेसका तत्कालीन शीर्षस्थ नेता गिरिजाप्रसाद कोइरालाले सहमति र सहकार्यको सिद्धान्त प्रतिपादन गर्नुभएको थियो । कम्युनिष्टले त्यही नीतिलाई अंगीकार गरेर अन्तरसंघर्षको झन्डालाई उठाएका छन् । सत्तारुढ नेकपाभित्र विपक्षीले प्रमुख कार्यकारीमाथि यही शाब्दिक क्षेप्यास्त्रले प्रहार गरेको वर्ष दिन बढी भइसकेको छ । एउटा म्यानमा दुईटा तरवार राख्दा बेलाबेलामा सहमति–समझदारी गर्नुपरिरहेझँै नेकपामा २०७५ जेठ २ मा यस्तो सहमति भएको थियो–समानता र सहमतिका आधारमा आवश्यकता अनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने, सहमतिमा एकता महाधिवेशन गर्ने । 

सिद्धान्त, समानता, सम्मानजनक र न्यायोचित एकता–एकता महाधिवेशन नहुँदासम्म सम्पूर्ण विधिसम्मत गर्ने । दुवै अध्यक्षको सहमति र हस्ताक्षरलाई मात्रै आधिकारिक मानिने । एक वर्षपछि यो सहमति उल्टिएर २०७६ मंसिर ४ गते निम्नानुसारको सहमति भयो । केपी ओली पाँच वर्ष नै प्रधानमन्त्री बन्ने, प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने । अध्यक्षद्वयको वरियताक्रम यथावत् रहने । पार्टी र सरकार सञ्चालन अध्यक्षद्वयको सल्लाहमा गर्ने । बैठक संयुक्त अध्यक्षतामा गर्ने, आमरूपमा बैठकको अध्यक्षता दाहालले गर्ने । यस्ता सहमति यी आफैंले उल्लंघन गरेर परिणति यस्तो निस्क्यो । 

सरकारले एकलौटी काम गरेको भन्दै प्रचण्ड र माधव एकजुट भए, ओलीलाई हटाउन प्रचण्ड र माधवबीच लिखित सहमति भयो । भदौमा दाहाल र ओलीबीच सहमति, नेपालको बरियता झ¥यो, बामदेव गौतम उपाध्यक्षमा प्रस्तावित भए । पुसमा–ओली र दाहालबीच फेरि असमझदारी, सभामुख, एमसीसी र राष्ट्रिय सभामा मनोनयनबारे विवाद, भैंसेपाटी गठबन्धनको उदय भयो । फागुनमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने, सचिवालय निर्णय नमान्ने ओलीको घोषणापछि फेरि तिक्तता, संविधान संशोधन कार्यदल बनाउने र भंग गर्ने निर्णय पनि भयो । 

२०७७ वैशाखमा–सरकारद्वारा दल विभाजनसम्बन्धी अध्यादेश जारी, राष्ट्रपतिबाट तत्कालै प्रमाणीकरण । वैशाख १७ गते–सचिवालय बैठकमा पहिलोपटक ओलीको राजीनामा माग, गौतमलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव । असार १० मा– स्थायी कमिटी बैठक सुरु, अध्यक्ष द्वयबीच कटाक्ष । असार १४ मा नक्सा जारी गरेवापत भारतले हटाउन खोजेको र त्यसमा नेकपाकै नेताको साथ रहेको ओलीको भनाइ आयो । असार १६ मा स्थायी कमिटी बैठकमा दाहालसहितका १८ जनाबाट ओलीको राजीनामा माग भयो । १८ असारमा– सरकारद्वारा संसद अधिवेशन स्थगित, विवाद झन् चुलियो । 

नेकपाका प्रतिपक्षीको दाबी के छ भने कम्युनिष्ट आन्दोलनको नीति–परम्परा थियो महाधिवेशनले छिनोफानो गर्ने तर अहिले सहमतिले बनाएको केन्द्रीय कमिटी नै पावरफूल छ, यसले नै बर्खास्त गर्नसक्ने निर्णय लिनसक्छ र त्यही नै पार्टी निर्णय हो । ८ लाख पार्टी सदस्यको प्रतिनिधित्व ओली एक्लैले उपयोग गरिरहेका छन्, स्थायी समितिले उपभोग गर्न पाउनुपर्छ भन्ने विपक्षीको माग छ । लिम्पियाधुराको नक्सा छाप्न ओलीले नमानेको तर स्थायी समितिका हामीले गर्दा छापिएको र कब्जाबाट फिर्ता लिने पहल गरीरहेका छौं भन्ने पनि तिनको दाबी छ । बहुदलीय व्यवस्था प्रचण्डले त्रिपक्षीयको विरोध गर्दा एक्कासि राजीनामा दिनुपरेको इतिहास छ । 

प्रधानमन्त्री भइसकेकाहरू अब दोहो¥याएर हुँदैनन् अब नयाँ नै हुनेछन्, यस्तो लक्षण देखिन्छ । नेपालमा अहिलेसम्म ५ वर्षसम्म कोही पनि प्रधानमन्त्री पदमा रहन नपाएकाले शान्ति र स्थिरताको निम्ति जनताले बहुमत दिए । यतिबेला केपी ओलीलाई पूर्वमाओवादी र पूर्वएमाले बीचको गठजोर अभिशाप बन्दैगएको छ । 

मधेसवादी पार्टीमा एमालेकै कार्यकर्ताको पकड थियो । तसर्थ एमाले र मधेसवादी पार्टीबीच एकीकरण भएको भए शान्ति र स्थिरताले स्थायत्व पाउन सक्थ्यो । यतिबेला भारतमा नरेन्द्र मोदीको नेतृत्वमा मोडर्न कन्जरभेटिभ शासन छ । नेपालको शासन भौतिकवादी एवं संस्कृतिविरोधी छ । नेपालका शासकहरू सबैको सम्बन्ध कुनै न कुनै प्रकारले दिल्लीसँग छ । केपी ओलीलाई पदमा जोगाउन एमसीसीको म्याद थपिएको छ । ओली र शेरबहादुर देउवा मिलेर एमसीसी पारित गर्न पनि सक्छन् । अमेरिकाका कारण भारतले पनि एमसीसीमा सपोर्ट गर्न सक्छ । 

पार्टी नफुटुन्जेल नेकपाभित्र एमसीसीको बाहुल्य भैरहन्छ । प्रचण्ड र माधवको लाइन भारतसँग भएतापनि एमसीसीका कारण अहिले चीनतिर ढल्केको देखाउँदै छन् । जबजमा केपी र माधव मिल्छन् । प्रचण्ड र झलनाथको लाइन बेग्लाबेग्लै हुनाले एकता सम्भव छैन । ‘पुनरमुसिको भव’ को फर्मुला कम्युनिष्ट पार्टीमा लागू भइरहन्छ । मोर्चाबन्दी गरेर गलाउन खोजे पनि ओलीकै पल्ला अहिले भारी छ । यिनी आफैँ पनि कानुनी तवरले चुकेका छैनन तर मोर्चाबन्दी गर्नेहरू प्रचण्ड, माधव, झलनाथलगायतका स्थायी समितिका मुखियाहरू कानुनी रूपमा चुकिसकेका छन् । वादविवाद प्रतिवाद गरेर समाधान नहुने गरी गहिरिएको छ । परिस्थिति यसरी नै दन्किँदै जाँदा मोर्चाबन्दी गर्नेहरूलाई कसुरबमोजिम कारबाहीतर्फ नबढेसम्म यस्तो भइरहन्छ । 


Views: 241

सम्बन्धित सामग्री:

A PHP Error was encountered

Severity: Warning

Message: Invalid argument supplied for foreach()

Filename: site/single.php

Line Number: 81

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/views/frontend/site/single.php
Line: 81
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/core/MY_Controller.php
Line: 38
Function: view

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 87
Function: loadView

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once