A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 63

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 63
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 73

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 73
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

eHimalayatimes | | कमजोर क्वारेन्टिन व्यवस्थापनमा अनाहकको मृत्यु
10th August | 2020 | Monday | 5:31:44 PM

कमजोर क्वारेन्टिन व्यवस्थापनमा अनाहकको मृत्यु

निनु कर्ण   POSTED ON : असार २४, २०७७ (१२:५७ AM)

कमजोर क्वारेन्टिन व्यवस्थापनमा अनाहकको मृत्यु

प्रदेश २ मा तीनै तहको सरकारको प्रशासनिक संयन्त्र अत्यन्तै निरिह र निकम्मा हुँदै गरेको अवस्थाको अनुभूति त्यहाँका आमनागरिकहरू गर्दैछन् । महामारीको सन्त्रास फैलिँदै गरेको अवस्थामा जनतालाई सुरक्षा र संरक्षणको अनुभूति गराउन सरकारले सकेको छैन । अत्यन्तै संवेदनशीलताका साथ मानव स्वास्थ्यको हेरचाह तथा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य सेवा केन्द्रहरू अव्यवस्थित प्रणालीले अनाहकमा मानिसलाई मृत्युशैयामा पु-याउँदै छन् । 

मानवको आधारभूत आवश्यकता गाँस, बाँस, कपास र शिक्षा हो तर वर्तमान परिस्थितिमा गरिब, निमुखा र विपन्न परिवारमा बाँच्नेको निम्ति छाक टार्ने अवस्था विकराल छ । आफ्नो मातृभूमिसँगको सामिप्य आफ्नो गाउँघर, परिवार र जन्मदाताको मातृत्वप्रेमले तान्दै ल्याएका युवाहरूको पीडादायी अन्त्य हुँदैछ । भारतबाट बल्लतल्ल सीमा क्षेत्रमा आइसकेर आफ्नै मातृभूमिमा अन्नपानीको कारण छट्पटिएर वीरेन्द्र यादवले प्राण त्यागेका थिए । 

पुलिस प्रशासनको नियन्त्रणमा रहँदा रहँदै शम्भु सदाले आत्महत्या गरे । जनताले न्याय पाउने र जनतालाई सुरक्षा प्रदान गर्ने पुलिस प्रशासनकै रोहवरमा आत्महत्या हुँदोरहेछ । अब शम्भु सदाको परिवारलाई कसले र कहाँबाट न्याय दिने हो ? देशका कर्णधार युवाहरू भोकभोकै प्राण त्याग्न बाध्य छन् । कोरोना कहरका पेण्डामिक, लकडाउन, क्वारेन्टिन, आइसोलेसन जस्ता केही शब्दहरू सबैलाई कण्ठ भइसको छ ।

क्वारेनटिन ‘मरेनटिन’ मा परिणत भएका छन् । यस्ता घटनामध्ये राजु सदाको घटना अत्यन्तै मार्मिक र हृदयस्पर्शी छ । उक्त घटना सम्झिदा मलाई लेखिरहेका बेला पनि हात काप्दै छ र मन भावविभोर भएको छ । 

जनकपुर प्रादेशिक अस्पताललाई राजु सदाका आफन्तले ‘मुर्दाघर’ नामकरण गरे । परिवारको एकमात्र सहारा राजु सानै उमेरमा पारिवारिक जिम्मेवारी वहन गर्ने उद्देश्यका साथ भारतको मद्राश शहरमा बसेर आयआर्जन गर्दै थिए । तर, विधिको विधानले राजुको जन्मदाताको सबै सपना अव्यवस्थित क्वारेनटिन र आइसोलेशनको कारण चकनाचुर गरिदियो । यस्तै बेसाहारा, गरिब, विपन्न, कमजोरमाथि नै हो अन्याय हुने । सानै भए पनि राजुको बुद्धि, विवेक, पारिवारिक समस्या आदिले गर्दा कमै उमेरमा परिपक्व जस्तो भएर उनी कमाउन अर्काको मुलुकमा गएका थिए । 

सायद यो परिपक्वता निष्ठुरी दैवलाई पनि असैहृय भएछ । राजु सदाकी आमा निलमले विलौना गर्दै आफ्नो कलिलो छोरा राजुको कुरा सम्झिँदै ‘बाहिर गएपछि ज्ञान बुद्धिसमेत भइहाल्छ र पैसा कमाएर ल्याउँछु अनि परिवारको आर्थिक अवस्था सबल हुन्छ’ भनेको कुरा सम्झिन्छिन् । भारतमा लकडाउन भएपछि त्यहाँका कम्पनी बन्द हुन थाले र आर्थिक समस्या हुन थाल्यो । अनि राजु र अरुण दुवैजना सरसामान लिएर घर हिँडेका थिए । भारत पुलिस प्रशासनको सहयोगमा नेपालको सिमानासम्म आइपुगेका थिए । 

जेठ १४ गते घर आइपुगेको खुशी क्षणभरमै समाप्त भयो । अव्यवस्थित स्थानीय सरकारको निकम्मा पनले । राजुलाई गाउँको स्वास्थ्य चौकीमा सञ्चालित क्वारेनटिनमा राखियो । भर्ना भएको तीन दिनसम्म राजु ठीकै थिए तर त्यसपछि उनलाई पखाला लाग्ने र टाउको दुख्ने समस्या हुनथाल्यो । अरुण सदा राजुका काका हुन् र उनकोे भनाइअनुसार राजुलाई घरबाटै जीवनजल र औषधि दिने गरेको थियो । राजु फेरि निको भए । क्वारेनटिनको खाना अत्यन्तै निम्न स्तरको, बासस्थान पनि अत्यन्तै फोहोर र अव्यवस्थित भएको कारण राजुको घरबाटै खाना मगाइएको थियो । 

जेठ २७ गते आरडिटी टेस्ट गर्दा राजु र अरुण दुवैको नतिजा पोजिटिभ आयो । आरडिटी टेस्ट पोजिटिभ देखिएपछि टिपरमा राखेर राजु र अरुणलाई जनकपुर प्रादेशिक अस्पतालको आइसोलेसनमा राखियो । फेरि पनि १४ वर्षीय राजुलाई झाडापखाला लाग्यो र सामान्य झाडापखालाकै कारण उनको अवस्था नाजुक बन्दै गयो । तर, राजुलाई प्रादेशिक अस्पतालका डाक्टर नर्सहरूले कुनै उपचार गर्न सकेनन् । जीवनजल, स्लाइनपानी तथा रोगसम्बन्धी औषधोपचार गर्न पनि चुके । 

अरुण सदाले स्वास्थ्यकर्मीहरूलाई राजुको बिग्रँदो अवस्थाबारे बारम्बार सूचित गराइराखे । उनको भनाइलाई कतैबाट वास्ता गरिएन । उल्टै उनैमाथि अमानवीय व्यवहारसमेत गरियो । शरीरमा निरन्तर पानीको कमीले ‘जलावियोजन’ भई राजु छट्पटई राखे, तड्पी राखे । एक बुँद पानीविना तड्पीतड्पी छट्पटएर आखिर उनले प्राण त्यागे । राजु तिमीलाई जनकनन्दनीको नगरीमा पानीले भरिएका सयौं पोखरी भएर पनि पानीविना माछा तड्पेर मरेजस्तै मर्नु प¥यो । निःशब्द छु राजु म । सलाम छ भाइ राजु तिमीलाई, आफ्नै जन्मभूमिमा आएर प्रादेशिक सरकारको आइसोलेसनमा प्राण त्याग्यौ र आइसोलेसनलाई ‘मूर्दाघर’ को नामकरण गरायौ । अन्त्यमा देशको सबैजसो क्वारेनटिन र आइसोलेसनको अवस्था त्यस्तै छ । 

क्वारेनटिनमा किरा, साङ्ला भेटिने, रिपोर्टको लापरबाहीको कारण बास लम्बिने, त्यहाँको अस्वस्था खाना र दुर्गन्धित एवं अव्यवस्थित बासस्थानको कारण झाडापखाला लाग्ने, शरीर कम्जोर हुँदै जाने, जीवनजललगायत औसधि उपलब्ध नहुने, समयमै एम्बुलेन्स पनि उपलब्ध गराउन नसक्ने, टिपरजस्ता सवारीसाधन प्रयोग गरी आइसोलेसनमा पु-याउने, कोरोनाको कारण अस्पतालमा स्वस्थाकर्मीहरू छुन नमान्ने अनि राजु सदा जस्ताले तड्पिएर ज्यान गुमाउने अवस्था कहिलेसम्म रहनेछ सरकार ? गरिब परिवारको सहारा खोसियो, समाजको कर्णाधार युवाहरूले तड्पिइतड्पिइ मर्नुप-यो, आमाबुवा, श्रीमती र छोराछोरीहरूको खुशीलाई यो सरकारले दुःखको भवसागरमा डुबाइदियो । 

निःशब्द छु, स्तब्ध छु, नतमस्तक छु, भावपूर्ण श्रद्धासुमनमात्र भए पनि अर्पण गर्दैछु हाम्रो समाजका कर्णधार युवाभाइहरू वीरेन्द्र, शम्भु, राजु तथा अन्य ज्ञातअज्ञातहरूका आत्माहरूमा ।


Views: 303

सम्बन्धित सामग्री:

A PHP Error was encountered

Severity: Warning

Message: Invalid argument supplied for foreach()

Filename: site/single.php

Line Number: 81

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/views/frontend/site/single.php
Line: 81
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/core/MY_Controller.php
Line: 38
Function: view

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 87
Function: loadView

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once