4th August | 2020 | Tuesday | 9:09:11 AM

ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

  POSTED ON : भदौ २९, २०७६ (४:१७ PM)

ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

ट्युनिस । ट्युनिसियामा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भइरहेको छ । 

पहिलो चरणको निर्वाचन अन्तर्गत आइतबार २४ प्रान्तमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । 

देशको राष्ट्रपति बन्नका लागि ट्युनिसियामा अहिले २६ जना नेता चुनावी मैदानमा रहेको आयोगको भनाई छ । 

आइतबारको निर्वाचनमा ७० लाखभन्दा बढीले मतदान गर्ने अपेक्षा गरिएको छ । ट्युनिसियामा सन् २०११ देखि अहिले दोस्रो पटक राष्ट्रपतीय निर्वाचन हुन लागेको हो । 

यसैबीच, पूर्व राष्ट्रपति स्वर्गीय बेजी सैड इस्सेब्सीकी श्रीमती चाड्लिया फार्रात इस्सेब्सीको निधन भएको छ । 

विभिन्न स्वास्थ्य समस्याका कारण उहाँको आइतबार निधन भएको स्वास्थ्य परिवारजनले जानकारी दिएका छन् ।  

नयाँ राष्ट्रपति चयनका लागि मतदान भइरहेकै दिन पूर्व राष्ट्रपतिकी पत्नी इस्सेब्सीको ९२ वर्षको उमेरमा निधन भएको हो । 

रासस


Views: 120