29th September | 2020 | Tuesday | 4:52:58 PM

डुंगा दुर्घटनामा हुँदा ३९ बेपत्ता

रासस/एएफपी   POSTED ON : भदौ ३१, २०७६ (१०:१० AM)

डुंगा दुर्घटनामा हुँदा ३९ बेपत्ता

नयाँदिल्ली । भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतबार दिउँसो भएको डुंगा दुर्घटनामा परी ३९ जना व्यक्ति बेपत्ता भएका छन् । यहाँको गोदावरी नदीमा यात्रा गरिरहेका यात्रुको डुंगा दुर्घटनामा परेको थियो । त्यस दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

यस डुंगामा ७३ यात्रु रहेका र यसमा २६ जनालाई सकुशल उद्धार गरिएको स्थानीय प्रहरी अधिकारी आद्नान आज्मीले बताए । करिब तीन सय व्यक्तिले डुंगा तथा हेलिकोप्टरको समेत प्रयोग गरी हराइरेहका व्यक्तिहरूको खोजी कार्यलाई जारी राखेका बताइएको छ । खोजी अभियानमा भारतीय नौसेना र राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडिआरएफ) पनि संलग्न रहेका जनाइएको छ । 

आन्ध्र प्रदेशका मुख्यमन्त्री जोगान मोहन रेड्डीले डुंगा दुर्घटनामा केही पर्यटकको मृत्यु भएको र केही व्यक्ति बेपत्ता भएको पुष्टि गर्दै मृतकका परिवारलाई राहतस्वरूप दश लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

राज्य सरकारका तर्फबाट जारी विज्ञप्तिमा रेड्डीले राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडिआरएफ) सामुद्रिक सैन्य बल तथा ओएनजिसी हेलिकोप्टरलाई उद्धारका लागि तत्काल घटनास्थल जान निर्देशन दिएका छन् । उनले घटनास्थल नजिकमा रहेका मन्त्रीहरूलाई उद्धार कार्यको अनुगमन गर्न निर्देशन दिएका छन् । सरकारले जिल्लास्थित सबै डुंगा सेवालाई रोकी लाइसेन्स परीक्षण गर्न पनि निर्देशन गरेको छ । 


Views: 139