25th September | 2020 | Friday | 10:35:55 PM

भारत–पाकिस्तान सीमानामा भूकम्प

  POSTED ON : आश्विन ७, २०७६ (६:४० PM)

भारत–पाकिस्तान सीमानामा भूकम्प

एजेन्सी । कश्मिरको मिरपुर नजिकै केन्द्रबिन्दु भएर पाकिस्तानमा पाँच दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको छ । 

भूकम्पमा परी कश्मिरमा ८ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । करिब ५० जना भन्दा बढी घाइते भएको विभिन्न संचार माध्यमले जनाएका छन् ।

पाकिस्तानी सैनिकले उद्दार कार्य शुरु गरेका छन् । भूकम्पको धक्का पाकिस्तानको लाहौर, भारतको पञ्जाबस्थित अमृतसर एवं नयाँ दिल्लीसम्म पुगेको थियो ।

 भूकम्पपछि पराकम्प आउने क्रम चलिरहेको र हजारौँ मानिस अझै घर बाहिर रहेको बताइएको छ ।


Views: 408