30th September | 2020 | Wednesday | 11:42:30 PM

हवाई आक्रमणमा अफगानिस्तानमा १६ लडाकू मारिए

  POSTED ON : माघ १२, २०७६ (४:५४ PM)

हवाई आक्रमणमा अफगानिस्तानमा १६ लडाकू मारिए

मजार ए शारिफ, अफगानिस्तान । अफगानिस्तानमा भएको भिडन्तमा परी कम्तीमा १६ लडाकू मारिएका छन् ।  

तालिवान लडाकूहरुको आश्रयस्थलका रुपमा चिनिने बाल्ख प्रान्तको बाल्ख जिल्लामा शनिबार दिउँसो भएको घटनामा परी उनीहरु मारिएका हुन् । 

अफगानिस्तानको उत्तरी क्षेत्रका सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले आइतबार दिएको जानकारी अनुसार तालिवान लडाकूहरुलाई नै लक्षित गरेर हवाई आक्रमण गरिएको जानकारी दिए ।  

लडाकूहरु लुकेर बसेको सूचना थाहा पाएपछि सुरक्षाकर्मीहरुले त्यस क्षेत्रमा केही दिनदेखि सुरक्षा कारबाही चलाएका थिए ।  

घटनाका बारेमा तालिवान लडाकूहरुको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । 

घटनास्थल केन्द्रीय राजधानी काबुलदेखि ३०५ किलोमिटर उत्तरतर्फ पर्दछ ।


Views: 129