13th August | 2020 | Thursday | 7:35:57 AM

भारतमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु–संक्रमित १ सय २५

  POSTED ON : चैत्र ४, २०७६ (५:२१ PM)

भारतमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु–संक्रमित १ सय २५

सिन्ह्वा । भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।  भारतको व्यापारिक राजधानी मुम्बाईमा ६४ वर्षीय पुरुषको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जनाएको छ । ती व्यक्ति दुबईको यात्राबाट फर्किएका जनाइएको छ । 

भारतमा यसअघि दुई जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए ।  कोरोना भाइरसको कारण सङ्क्रमित भई मृत्यु भएको तेस्रो व्यक्ति भारतको पश्चिमी राज्य माहाराष्ट्रका भएका जनाइएको छ ।

 गत बिहीबार कोरोना सङ्क्रमित पहिलो व्यक्तिको मृत्यु भएको भारतले घोषणा गरेको थियो । ती व्यक्तिको गत मङ्गलबार कर्नाटकमा मृत्यु भएको थियो । 

 यस अघि मृत्यु भएका  दुबै व्यक्ति पनि महिला भएका जनाइएको छ । भारतमा कोरोना भाइरसका कारण हालसम्म तीन व्यक्तिको मृत्यु भएको र  सङ्क्रमितको सङ्ख्या १२५ पुगेको छ ।


Views: 111