13th August | 2020 | Thursday | 8:45:04 AM

इटलीमा कोरोना भाइरसका कारण एकैदिन ४ सय ७५ जनाको मृत्यु

  POSTED ON : चैत्र ६, २०७६ (९:१४ AM)

इटलीमा कोरोना भाइरसका कारण एकैदिन ४ सय ७५ जनाको मृत्यु

एजेन्सी । इटलीमा कोभिड–१९ रोगका कारण एकै दिनमा झन्डै ४ सय ७५ जनाको मृत्यु भएको छ।

त्यो संख्या, चीनमा गत डिसेम्बरमा कोरोनाभाइरसको महामारी सुरु भएपछि देशव्यापी हिसाबले एकै दिनमा मृत्यु हुने बिरामीको उच्चतम सङख्या हो । 

कोरोनाभाइरसको त्रासबीच युरोप र अन्यत्र पनि उच्च सतर्कता अपनाइएको छ। विभिन्न देशमा स्वास्थ्य सङ्कटकाल लगाइएका छन्।

इटलीमा एकैदिन थप ४७५ जनाको ज्यान गएपछि कोभिड–१९ रोगका कारण मृत्यु हुनेको संख्यया करिब ३,००० पुगेको छ।


Views: 123