6th December | 2020 | Sunday | 6:57:01 AM

राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाईरसको सङ्क्रमण

रासस/एपी   POSTED ON : चैत्र १५, २०७६ (६:२१ PM)

राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाईरसको सङ्क्रमण

जेनेभा । संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन् । राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार सङ्क्रमित मध्ये अधिकांश युरोपेली मुलुकमा खटिएका कर्मचारी छन् । त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि सङ्क्रमित भएका छन् ।
बिरामी भएकामध्ये अधिकांश सामान्य अवस्थामा रहेको पनि उहाँले जानकारी दिनुभयो । उनीहरुले घरबाटै काम गरिरहेको पनि प्रवक्ता डुजारिकको भनाइ छ । राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा झन्डै चार हजार कर्मचारीमध्ये बिहीबार ७० जनाले कार्यालयमा रहेर काम गरेका थिए । त्यसैगरी भियनामा ९७ प्रतिशतभन्दा बढी राष्ट्रसंघका कर्मचारीले अहिले नियमित रुपमा टाढा बसेर काम गरिरहेका छन् भने अडिस आबाबा र इथोपियाका ९९ प्रतिशत कर्मचारीले घरमै बसेर काम गरेका छन् ।

Views: 406