13th July | 2020 | Monday | 2:26:57 AM

पाकिस्तानमा भएको बिस्फोटमा ५ जनाको मृत्यु

  POSTED ON : असार १६, २०७७ (८:११ AM)

पाकिस्तानमा भएको बिस्फोटमा ५ जनाको मृत्यु

कराँची । पाकिस्तानमा ठूलो आतंकवादी हमला भएको छ । कराँचीको स्टक एक्सचेन्जमा प्रवेश गरेका ४ आतंकवादीले अन्धाधुन्ध फाइरिङ गरेका छन् । यो घटनामा पाँच व्यक्तिको निधन तथा तीन जना घाइते भएका छन् । 

आतंकवादीले स्टक एक्सचेन्जको भवनमा ग्रेनेडबाट पनि प्रहार गरेको पाकिस्तानी सुरक्षा निकायले जानकारी दिएको छ । यो घटनामा ४ आतंकवादी तत्कालै मारिएका छन् । स्टक एक्सचेन्जमा प्रवेश गरेका आतंकवादीबाट हतियार र ह्याण्ड ग्रिनेड फेला परेको सुरक्षा निकायले जानकारी दिएको छ । 

घटना सोमबार बिहान ९ बजे भएको थियो, जब आतंकवादी भवन भित्र छिरेर एक्कासी फायरिङ सुरु गरेका थिए । यसको जानकारी पाउने वित्तिकै प्रहरी र रेन्जर्स सेना तत्कालै घटनास्थल पुगेका थिए । उक्त स्थानलाई खाली गराएर प्रहरीले नियन्त्रणमा लिएको पाकिस्तानी सुरक्षा निकायले स्थानीय संचारमाध्यमहरुलाई जानकारी दिएको छ । घटना ठूलो भएकाले अझैं केही घाइते बढ्नसक्ने अनुमान प्रहरीको छ । प्रहरी अधिकारी अहमद अब्बासीकाअनुसार ६ घाइतेको सिभिल अस्पताल कराँचीमा उपचार भईरहेको बताउनुभयो । 


Views: 50