10th August | 2020 | Monday | 5:33:17 PM

कोरोना फैलिएसँगै चीनमा फेरि लकडाउन

एजेन्सी   POSTED ON : असार १६, २०७७ (९:४८ AM)

कोरोना फैलिएसँगै चीनमा फेरि लकडाउन

बेइजिङ । कोरोनाको प्रभाव सबैभन्दा पहिले चीनमा परेको थियो तर अहिले विश्वका प्राय सबै राष्ट्रहरूमा परिसकेको छ । ठूला देशहरू अमेरिका, ब्रजिल, रूसलगायतमा कोरोनाको प्रभाव बढी देखिएको छ । तर कोरोनाको उद्गम बिन्दु चीनमा भने संक्रमण संख्या कम भएको छ । 

कोरोनाभाइरसको संक्रमण हुँदा यसको रोकथाम तथा नियन्त्रणको लागि लकडाउन गरेको चीनले कोरोना संक्रमण कम भएपछि लकडाउन खुकुलो बनाएको थियो । तर अहिले फेरि चीनमा नयाँ संक्रमण देखिएको छ । 

कोरोनाको नयाँ संक्रमण देखिएपछि करिब पाँच लाख जनसंख्या रहेको क्षेत्र आङसिन काउन्टीमा फेरि लकडाउन गरिएको छ । लकडाउन लागू भएसँगै अब उक्त क्षेत्रमा परिवारका एक सदस्यलाई मात्र दिनमा एकपटक खाद्यान्न तथा औषधीजन्य र अतिआवश्यक वस्तु किन्न बाहिर निस्कने अनुमति दिइको छ ।

पछिल्लो समय चीनको राजधानी बेइजिङ र छिमेकी हुबेई प्रान्तमा फेरि कोरोना संक्रमण देखिन थालेको हो । आङसिन काउन्टीमा सयौंको संख्यामा संक्रमित भेटिएपछि फेरि उक्त क्षेत्रमा लकडाउन गरिएको हो । चीनले पहिलो चरणमा कोभिड–१९ संक्रमित बिरामीलाई पूर्णतया नियन्त्रणमा ल्याएको घोषणा गरेको केही समयपछि समुदायमै संक्रमण फैलिएको आशंकामा बेइजिङ् नजिकैको सिनफादी क्षेत्रका बस्तीलाई बन्द गरी सक्रमण परीक्षण गरेको थियो ।

चीनको राजधानी बेइजिङ र छिमेकी हुबेई प्रान्तमा पछिल्लो समय पुनः संक्रमण देखिन थालेपछि सरकारले स्थानीय बस्तीलाई अन्य क्षेत्रसँगको सम्पर्कबाट पनि बन्द गरेको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार बेइजिङबाट करिब १ सय ५० किलोमिटर टाढा अवस्थित आङसिन काउन्टीमा सयौंको संख्यामा संक्रमित भेटिएपछि त्यस क्षेत्रलाई पूर्ण बन्द गरी संक्रमण फैलिन नदिने प्रयास गरेको छ ।

बेइजिङमा विगत २४ घण्टामा थप १४ व्यक्तिमा कोरोना सक्रमण पुष्टि भएपछि उक्त कदम चालिएको हो । राजधानी बेइजिङस्थित होलसेल बजार, रेष्टुरेन्ट, तथा सम्भावित बस्तीमा गत हप्ता परीक्षणलाई व्यापकता दिइएको थियो । 


Views: 57