13th August | 2020 | Thursday | 3:22:38 AM

कुवेत सरकारद्वारा नेपाली नागरिकलाई प्रवेशमा रोक

  POSTED ON : श्रावण १६, २०७७ (११:४७ AM)

कुवेत सरकारद्वारा नेपाली नागरिकलाई प्रवेशमा रोक

एजेन्सी   ।कुवेत सरकारले नेपाल लगायतका देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले नेपाली नागरिकको प्रवेशमा रोक लगाएको हो । कुवेतले भारत, पाकिस्तान, श्रीलका, बगलादेश, इरान तथा फिलिपिन्सका बिमान तथा त्यहाका नागरिकलाई भने प्रवेश नदिने घोषणा गरेको हा्े । 


भोलिदेखि अन्तराष्टिय उडान शुरू गर्ने घोषणा गरेको कुवेत सरकारले अन्य देशका बिमान कम्पनी तथा नागरिकलाई भने प्रवेश दिने जनाएको छ । कुवेतमा काम गर्ने नेपाली तथा अन्य देशका नागरिक अहिले बिचल्लीमा परेका छन ।  कुवेत नेपालीहरूको प्रमुख रोजगारीको गन्तव्य हो। छुट्टिमा आएका नेपाली तथा अन्य देशका नागरिकलाई समेत फर्कन नदिने  घोषणाले ती देशका नागरिक बिचल्लीमा परेका छन ।



Views: 51