13th August | 2020 | Thursday | 8:56:23 AM

भारतका गृहमन्त्री शाहलाई कोरोना संक्रमण पुष्टि

  POSTED ON : श्रावण १८, २०७७ (६:०४ PM)

भारतका गृहमन्त्री शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । 

आइतबार उहाँले ट्वीटरमार्फत आफूलाई आफूलाई कोरोना संक्रमण भएको पुष्टि गर्नुभएको छ ।

उहाँले केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरूलाई पनि परीक्षण गराउन आग्रहसमेत गर्नु भएको छ ।

मन्त्री शाहले कोरोनाका केही सुरुवाती लक्षण देखिएर परीक्षण गराउँदा पोजेटिभ रिपोट आएको जनाउनु भएको छ । 


Views: 51