28th September | 2020 | Monday | 11:14:02 PM

तीन पाकिस्तानी खेलाडीका पदक खोसिए

एजेन्सी   POSTED ON : श्रावण २९, २०७७ (१२:१७ AM)

तीन पाकिस्तानी खेलाडीका पदक खोसिए

काठमाडौं । अघिल्लो वर्ष नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिबन्धित पदार्थ प्रयोग(डोपिङ) गरेको भेटिएपछि तीन पाकिस्तानी पदकधारीको पदक खोसिएको छ । व्यक्तिगततर्फ दुई स्वर्ण र एक कास्य तथा एक टिम इभेन्टमा काँस्य जितेका तीन खेलाडीको पदक खोसिएको हो ।

नेपाल ओलम्पिक कमिटीले विज्ञप्ति जारी गर्दै एथलेटिक्सतर्फ १ सय मिटर दौडमा कास्य पदक विजेता सामी उल्लाह, ११० मिटर हर्डल्समा स्वर्ण विजेता मुहमद नइम र ४०० मिटर हर्डल्समा स्वर्ण विजेता महबुब अलीले प्रतिबन्धित औषधि प्रयोग गरेको पुष्टि भएको जानकारी दिएको होे ।

‘विश्व एन्टि डोपिङ एजेन्सीको नियमअनुसार सहभागी खेलाडीहरुको डोपिङ टेस्ट दोहास्थित एन्टि डोपिङ ल्याबमा गरिएको थियो । ए श्याम्पलको परीक्षण गर्दा ती खेलाडीहरुले प्रतिबन्धित औषधि प्रयोग गरिएको पाइयो,’ विज्ञप्तिमा जनाइएको छ, ‘खेलाडीहरुलाई दुई खेलाडीले बी श्याम्पल परीक्षण गर्दा समेत डोपिङ गरिएको पुष्टि भएको छ ।’

डोपिङ गरेको खेलाडीहरुले पनि गल्ती स्वीकार गरिसकेको तथा उहाँहरुलाई २०१९ डिसेम्बर देखि २०२३ तारिखसम्म निलम्बन गरिएको कमिटीले जनाएको छ । पहिलो स्याम्पलमा नतिजा पोजेटिभ आएपछि महबुब र मुहमदले दोस्रो स्याम्पल दिनुभएको थियो । त्यसमा पनि पोजिटिभ देखि उहाँहरुले समेत स्वीकार्नुभएको छ । 

४०० मिटर हर्डल्समा महबुब अलीको पदक खोसिएसँगै अब त्यसबेला रजत जित्ने भारतका जाबिर मदारी पाले स्वर्ण पदक पाउनुहुने भएको छ । यस्तै पुरुष ११० मिटर हर्डल्समा स्वर्ण जितेका नइमको पदक खोसिँदा भारतका सुरेन्दर जयकले स्वर्ण हासिल गर्नुहुने छ ।


Views: 138