28th September | 2020 | Monday | 9:43:20 PM

भारतमा कोरोना संक्रमित ४९ लाख ३० हजार २३७ पुगे, मृतकको संख्या ८० हजार ७७६

  POSTED ON : भदौ ३१, २०७७ (२:३५ PM)

भारतमा कोरोना संक्रमित ४९ लाख ३० हजार २३७ पुगे, मृतकको संख्या ८० हजार ७७६

नयाँ दिल्ली  । छिमेकी देश भारतमा कोरानोभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या झण्डै ४९ लाख नाघेको छ ।


पछिल्लो २४ घण्टामा मात्रै भारतमा ८३ हजार ८०९ जना सङ्क्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशभर अहिलेसम्म कुल सङ्क्रमितको संङ्ख्या ४९ लाख ३० हजार २३७ पुगेको छ ।


सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार सोही अवधिमा एक हजार ५४ जना सङ्क्रमितको मृत्यु पनि भएको छ । कोरोनाकै कारण कुल मृतकको सङ्ख्या ८० हजार ७७६ पुगेको छ ।


मन्त्रालयका अनुसार सङ्क्रमुक्त भएकाहरुको अनुपात ७८।२८ प्रतिशत रहेको छ । यो एकदमै सकारात्मक अवस्था रहेको सरकारी अधिकारीहरुको भनाई छ ।


भारतमा कुल सङ्क्रमित मध्ये नौ लाख ९० हजार ६१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ३८ लाख ५९ हजार ४०० जना सङ्क्रमणमुक्त भइसकेका छन् ।


सङ्क्रमितमध्ये झण्डै आधा अर्थात ४८।८ प्रतिशत सङ्क्रमितहरु महाराष्ट्र, कर्नाटक र आन्द्र प्रदेशमा मात्रै रहेका छन् । भारतमा दैनिक सङ्क्रमितको अवस्था उच्च रहेको छ ।

भट्टका अनुसार सो सडकको सत्रकिलो, सिमलताल, रिग्दीखोला र भालुढुङ्गामा एकतर्फी सडक खुलेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार एकतर्फी सडक खुलेका ठाउँमा दुईतर्फी खुलाउने काम शुरु भएको छ । सो सडकखण्डमा सोमबार राति ठाउँठाउँमा पहिरो खसेको थियो । पाँच वर्षयताको सबैभन्दा बढी पहिरो खसेको कार्यालयले जनाएको छ । मङ्गलबार दिनभर १६ उपकरण प्रयोग गरेर पहिरो पन्छाइएको थियो ।

Views: 38