31st October | 2020 | Saturday | 3:18:49 AM

विरोधका बीच छोटा लुगा लगाउन प्रतिबन्धको तयारी

एजेन्सी   POSTED ON : आश्विन ९, २०७७ (८:३८ AM)

विरोधका बीच छोटा लुगा लगाउन प्रतिबन्धको तयारी

नोहोमपेन । कम्बोडिया सरकारले छोटा लुगा लगाउन प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । प्रस्तावित कानून अनुसार कम्बोडियाका महिलालाई बहुत वा भड्काउ कपडा लगाउन र पुरुषलाई टपलेस हुनबाट रोक्नेछ । सरकारका अनुसार सांस्कृतिक परम्परा र सामाजिक प्रतिष्ठा बचाउने कोसिसअनुरूप यो कानुन ल्याउन लागेको हो । तर, धेरै मानिसले यस किसिमको नियमको विरोध गरिरहेका छन् ।

एक महिला मोलिका यसलाई आक्रमण भएको बताउनुुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘एक युवा कम्बोडियालीको रूपमा बाहिर सुरक्षित महसुस गर्न चाहन्छु, जसलाई म सहज महसुस गर्छु । म आफ्नो कपडाको माध्यमबाट आपूmलाई व्यक्त गर्न चाहन्छु र मलाई सरकारले बन्देज लगाओस् भन्ने चाहन्न ।’

उहाँले गत महिना अनलाइन याचिका सुरु गर्नुभएको थियो, र हालसम्म यसमा २१ हजारभन्दा बढी हस्ताक्षर पुगिसकेको छ ।


Views: 83