27th January | 2021 | Wednesday | 6:46:34 PM

डोनाल्ड ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव

  POSTED ON : पुष २८, २०७७ (८:४२ AM)

डोनाल्ड ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । ट्रम्प समर्थकले संसद भवनमा  हिंसा फैलाएपछि महाअभियोग प्रस्ताव ल्याइएको हो । बुधबार महाअभियोग प्रस्तावमा मतदान हुने छ ।  महाअभियोग पारित भए अमेरिकाको इतिहासमै दुई पटक महाअभियोग लाग्ने ट्रम्प पहिलो राष्ट्रपति हुने छन्। तल्लो सदनमा डेमोक्र्याटहरूको बहुमत भएकाले महाअभियोग सजिलै पारित हुने सम्भावना छ । सिनेटमा पनि उपराष्ट्रपति कमला ह्यारिसले भोट हालेर डेमोक्र्याटको प्रस्ताव पारित गर्न सक्नेछिन् । महाअभियोग पारित भयो भने ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपति चुनावमा भने उम्मेदवारी दिन पाउने छैनन् । यसअघि गत वर्ष पुसमा ट्रम्पविरूद्ध पहिलो पटक महाअभियोग प्रस्ताव ल्याइएको थियो। ट्रम्पको कार्यकाल सकिन अब ९ दिन बाँकी छ । 

Views: 44