18th May | 2021 | Tuesday | 7:47:59 AM

कोरोना भाइरसबाट ब्राजिलमा एकै दिनमा १ हजार ३५१ जनाको मृत्यु

  POSTED ON : माघ ३०, २०७७ (४:५० PM)

कोरोना भाइरसबाट ब्राजिलमा एकै दिनमा १ हजार ३५१ जनाको मृत्यु

सिन्ह्वा ।  ब्राजिलमा गत २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण १ हजार ३५१ जनाको मृत्यु भएको सरकारी स्रोतले शुक्रबार जानकारी दिएको छ ।  सो अवधीमा ब्र्राजिलमा ५४ हजार ७४२ जना थप व्यक्ति कोरोना भाइरस संक्रमित भएपछि कुल संक्रमितको संख्या ९७ लाख १३ हजार ९०९ जना पुगेको सिन्हवा समाचार समितिले जानकारी दिएको छ । 


ब्राजिलमा कोरोना भाइरसको संक्रमण शुरुभए यता हालसमम २ लाख ३६ हजार २०१ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।  कोरोना भाइरसबाट  विश्वभरी १० करोड ८३ लाख भन्दा बढी संक्रमित भएका छन् । यसको संक्रमणको कारण  विश्वभरी २३ लाख ७९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

 सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस कोरोना भाइरस संक्रमणबाट ८ करोड ३ लाख ६० हजार भन्दा बढी व्यक्ति मुक्त भएका छन् ।


Views: 131