18th May | 2021 | Tuesday | 8:21:50 AM

अफगान सेनाको कारबाहीमा १५ लडाकू मारिए

  POSTED ON : माघ ३०, २०७७ (४:५४ PM)

अफगान सेनाको कारबाहीमा १५ लडाकू मारिए

सिन्ह्व, काबुल । अफगान सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन् ।  अफगान हवाईबलको सहयोगमा भएको यस कारबाहीको क्रममा अन्य सात जना घाइते भएका जनाइएको छ ।  

सेनाद्वारा शुक्रबार जारी विज्ञप्तिमा तालिबान लडाकू लुकेर बसेको भन्ने सूचनाका आधारमा सो  कारबाही गरिएको उल्लेख छ । 


सेनाले कारबाही मुख्यतः कान्दाहार प्रान्तको आर्घादाब जिल्लामा केन्द्रित भएको जनाएको छ । तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् ।


Views: 191