18th May | 2021 | Tuesday | 7:04:51 AM

सचिन तेन्दुलकर अस्पताल भर्ना

  POSTED ON : चैत्र २०, २०७७ (१२:२६ PM)

सचिन तेन्दुलकर अस्पताल भर्ना

काठमाडौं । केही दिनअघि कोभिड संक्रमित भएका सचिन तेन्दुलकर अस्पताल भर्ना हुनु भएको छ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान रहेका सचिन चिकित्सकको सल्लाहअनुसार आफू अस्पताल भर्ना भएको उनले ट्वीटमार्फत जानकारी दिनु भएको हो । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । कोरोनाको दास्रो लहर सुरु भएसँगै भारतमा अस्पतालहरु कोरोनाका विरामीले भरिन थालेका छन् भने मृतकको संख्या पनि बढेको छ ।

Views: 55