21st June | 2021 | Monday | 12:22:19 PM

दक्षिण अफ्रिकाकी एक महिलाले एकैपटक जन्माइन् १० सन्तान

एजेन्सी   POSTED ON : जेठ २७, २०७८ (८:०३ AM)

दक्षिण अफ्रिकाकी एक महिलाले एकैपटक जन्माइन् १० सन्तान

दक्षिण अफ्रिकाकी एक महिलाले एकैपटक १० बच्चा जन्माएर एकैपटक सबैभन्दा धेरै बच्चा जन्माएको नयाँ रेकर्ड बनानु भएको छ । ७ जुनका दिन ३७ वर्षकी गोसियामी धमारा सिटहोल नामकी महिलाले एकैपटक १० बच्चा जन्माउनु भएको हो ।

उहाँले सात छोरा र तीन छोरी जन्माउनुभएको छ । गर्भावस्थाको जाँचको क्रममा डाक्टरले उहाँको गर्भमा ६ बच्चा हुनसक्ने बताएका थिए तर जन्मिँदा अपेक्षा गरिएभन्दा चार बच्चा धेरै जन्मिए । १० बच्चा जन्माएका दम्पती निकै कुशी छन् । उनीहरूको परिवारमा उत्सवको माहोल छ ।

सिटहोलले स्थानीय मिडियासँग कुरा गर्दै आफ्नो गर्भावस्थालाई लिएर आफैं चकित भएको बताउनुभयो । द सनको रिपोर्टनुसार सबै बच्चा पूर्णरूपमा स्वस्थ भएको बताइएको छ । बच्चाहरूलाई आगामी केही महिनासम्म इन्क्युबेटरमा राखिनेछ । सिटहोलले प्राकृतिक रूपमै गर्भधारण गर्नुभएको थियो । गर्भावस्थाको क्रममा आफूलाई असहज भएको बताउनुभयो । एक महिनाअघि मालीकी महिला हलिमा सिसीले मोरक्कोको एक अस्पतालमा एकैपटक ९ बच्चा जन्माउनु भएको थियो । 


Views: 47