गरिब देशका लागि एक अर्ब डोज खोप

एजेन्सी   POSTED ON : असार १, २०७८ (८:३० AM)

गरिब देशका लागि एक अर्ब डोज खोप

धनी राष्ट्रहरूको समूह जी-७ देशका नेताहरूले आगामी वर्षभित्रमा गरिब देशहरूका लागि एक अर्ब डोज खोप दिने घोषणा गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जी–सेभेनका नेताहरू एक अर्ब खोप दिन तयार भएको बताउनु भएको छ । जी-सेभेनका नेताहरू महामारीको समयमा ‘राष्ट्रवादी’ वा स्वार्थी प्रवृत्तिबाट माथि उठेर खोप सहयोगका लागि तयार भएको उहाँले बताउनु भएको हो । यो खोपमध्ये केही कोभ्याक्स कार्यक्रमबाट र केही सिधैं सहयोग गर्ने जी-सेभेन देशहरूको तयारी छ । 

बेलायतमा जारी जी-सेभेनको बैठकमा चीनमा मानवअधिकार रक्षाका सवालमा पनि छलफल भएको छ । चीनको शिनजियाङ क्षेत्रमा मानव अधिकारको रक्षा, हङकङमा धेरै स्वायत्तता प्रदान गर्ने विषय र पूर्वी र दक्षिणी चीन सागरमा जारी अस्थिरताका विषयमा जी–सेभेन नेताहरूले चासो व्यक्त गर्नु भएको हो । चीनका विषयमा जी-सेभेन बैठकमा धेरै चर्चा भएपछि चीनले जी-सेभेन देशले विश्वको ठेक्का लिन नसक्ने बताएको छ । 


Views: 103

Top