हाइटीमा नयाँ प्रधानमन्त्री नियुक्त

एजेन्सी   POSTED ON : श्रावण ७, २०७८ (७:४८ AM)

हाइटीमा नयाँ प्रधानमन्त्री नियुक्त

पोर्ट ओ प्रिन्स । हाइटीमा नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि अस्थिर भएको राजनीतिलाई सही ट्र¥याकमा ल्याउने वाचासहित एरियल हेन्रीले मंगलबार प्रधानमन्त्रीको शपथ लिनुभएको हो ।

हत्या गरिनुभन्दा केही दिन अगाडिमात्रै राष्ट्रपति मोइसले हेन्रीलाई प्रधानमन्त्रीमा सिफारिश गर्नुभएको थियो । तर, हेन्रीले पदभार ग्रहण नगर्दै राष्ट्रपतिको हत्या भएपछि राजनीतिक संकट चुलिएको थियो । कार्यवाहक प्रधानमन्त्री क्लाउडे जोसेफ राजिनामा दिन तयार भएपछि नयाँ प्रधानमन्त्री नियुक्तीको बाटो खुलेको हो ।

‘न्यूरो सर्जन’समेत रहनुभएका एरियल हेनरी पछिल्लो सरकारमा अर्थ मन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो । आगामी सेप्टेम्बरका लागि निर्धारित चुनाबबाट नयाँ राष्ट्रपति निर्वाचित नहुञ्जेल हेनरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहिरहनुहुनेछ । उहाँले आफ्नो सरकारको नेतृत्वमा गर्न लागेको निर्वाचनमा अत्याधिक मतदान गर्ने वातावरण तयार गर्ने प्रतिक्रिया दिनुभयो । 

गत जुलाई ७ तारिखमा हाइटीका राष्ट्रपति मोइसको बन्दुकधारीहरूले निवासमै हत्या गरेका थिए । कोलम्बियाका पूर्वसैनिकसहित भाडाका सेनाहरूको एउटा समूहले राष्ट्रपतिको हत्या गरेको त्यहाँको प्रहरीले दाबी गरेको छ ।

Views: 58

Top