चीनमा ६ सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुद्ने रेल सार्वजनिक

एजेन्सी   POSTED ON : श्रावण ७, २०७८ (७:४९ AM)

चीनमा ६ सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुद्ने रेल सार्वजनिक

बेजिंग । चीनमा प्रतिघण्टा ६ सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुद्ने रेल सार्वजनिक गरिएको छ । हावाको गतिमा चल्ने म्याग्लेव ट्रेन सार्वजनिक गरिएको हो । यो रेल हाई टेम्परेचर सुपरकन्डक्टिंग पावरमा कुद्छ । यो कुद्दा यस्तो लाग्छ कि रेल चुम्बकीय ट्राकमा बगिरहेको छ । त्यसैकारण यो रेललाई ‘फ्लटिंग ट्रेन’ को नाम दिइएको छ ।

६ सय किलोमिटर प्रतिघण्टाको गतिले चल्ने यो रेलबाट बेइजिङबाट सांघाईसम्मको यात्रा केबल साढे दुई घण्टामा तय गर्न सकिन्छ । दुवै शहरबीचको दूरी एक हजार किलोमिटरभन्दा धेरै छ । यो रेलको लम्बाई ६९ फिट छ । यो रेल चीनको तटीय शहर किंगदाओमा तयार गरिएको हो । 


Views: 85

Top