प्रधानमन्त्री हुसेनलाई नयाँ मन्त्रिपरिषद् बनाउन आहृवान

एजेन्सी   POSTED ON : श्रावण १९, २०७८ (६:४१ AM)

प्रधानमन्त्री हुसेनलाई नयाँ मन्त्रिपरिषद् बनाउन आहृवान

दमास्कस । सिरियाका राष्ट्रपति बसर अल असदले नयाँ मन्त्रिपरिषद् गठन गर्न प्रधानमन्त्रीलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री हुसेन अर्नौसलाई उहाँले आइतबार नयाँ मन्त्रिपरिषद् बनाउन आहृवान गर्नुभएको हो । जुलाई १७ मा आफ्नो चौथो कार्यकालका लागि राष्ट्रपतिको शपथग्रहण गरेकाले राष्ट्रपति असदले प्रधानमन्त्रीलाई नयाँ मन्त्रिपरिषद् गठन गर्न आहृवान गर्नुभएको हो । गत मे महिनामा भएको निर्वाचनमा उहाँ फेरि राष्ट्रपतिका लागि निर्वाचित हुनुभएको घोषणा गरिएको थियो । 

राष्ट्रपति असदले गत अगष्टमा अर्नौसलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गर्नुभएको थियो । तत्कालीन प्रधानमन्त्री इमाद खामिसलाई सन् २०२० को जुनमा बर्खास्त गरी राष्ट्रपति असदले अर्नौसलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । 

मध्यपूर्वको संकटग्रस्त मुलुक सिरियामा नयाँ मन्त्रिपरिषद् गठन भएसँगै संकट समाधान हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री बन्नुअघि अर्नौसले जलस्रोत मन्त्रीका रूपमा पनि काम गरिसक्नुभएको थियो ।


Top