भारतले सम्हाल्यो राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्षको कार्यभार

एजेन्सी   POSTED ON : श्रावण १९, २०७८ (६:४२ AM)

भारतले सम्हाल्यो राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्षको कार्यभार

न्यूयोर्क । राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्षको कार्यभार भारतले सम्हालेको छ । आलोपालो प्रणालीअनुसार भारतले अगष्ट महिनाका लागि अध्यक्षता प्राप्त गरेको हो । फ्रान्सको समर्थनपछि भारतले समितिको अध्यक्षताको मौका पाएको हो । भारतले अध्यक्षताको दौरान तीन उच्चस्तरीय बैठक गर्ने तयारी गरेको छ जसमा सामुद्रिक सुरक्षा, शान्ति स्थापना र आतंकवादजस्ता मूलभूत मुद्दामाथि छलफल हुने जनाइएको छ ।

साथै, भारतले शान्ति सैनिकको क्षेत्रमा पनि कार्य गर्ने जनाइएको छ । ९ अगष्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समितिको बैठक भर्चुअलरूपमा गर्न सक्ने सम्भावना रहेको बताइएको छ । 

सोमबारदेखि भारतले परिषद् अध्यक्षको रूपमा कामकाज सुरु गरेको छ । यस अवधिभर राष्ट्रसंघका लागि भारतीय राजदूत टिएस तिरिमूर्तिले मिडियालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सुुरक्षा परिषद्को अस्थायी सदस्यको रूपमा भारतको दुईवर्षे कार्यकाल जनवरी १, २०२१ मा सुरु भएको थियो ।


Top