भारत र चीनद्वारा उत्तरी सिक्किममा हटलाइन स्थापना

एजेन्सी   POSTED ON : श्रावण २०, २०७८ (६:५० AM)

भारत र चीनद्वारा उत्तरी सिक्किममा हटलाइन स्थापना

नयाँदिल्ली । भारत र चीनले दुई देशका सैनिकबीच सञ्चार गर्न सिक्किमको सीमावर्ती क्षेत्रमा हटलाइन स्थापना गरेका छन् । उत्तरी सिक्किमको काेंगालामा रहेका भारतीय सैनिक र तिब्बतको खाम्बा जोङमा रहेका जनमुक्ति सेनाबीच कुरा गर्न हटलाइन सेवा सुरु गरिएको बताइएको छ । हटलाइनको उद्घाटन गर्दै दुवै देशका स्थानीय सैनिक कमाण्डरले सन्देश आदान-प्रदान गरेका थिए । चिनियाँ जनमुक्ति सेना स्थापनाकै दिन सो हटलाइन सुरु भएको हो ।

हटलाइनबाट मित्रता र एकताको सन्देश आदान-प्रदान भएको भारतीय सेनाले जनाएको छ । करिब ३४ सय किलोमिटर सीमा निर्धारण हुन बाँकी रहेका भारत र चीनबीच गतवर्ष सीमामा तनाव बढेको थियो । गतवर्ष गल्वान उपत्यकामा भएको झडपमा दुवै देशका सैनिक मारिएका थिए । पछिल्लो समय दुवै देशले तनावलाई मत्थर गर्न प्रयास गरिरहेको बताएका छन् ।


Top