रूसी कूटनीतिज्ञलाई देश छाड्न आदेश

एजेन्सी   POSTED ON : श्रावण २०, २०७८ (६:५१ AM)

रूसी कूटनीतिज्ञलाई देश छाड्न आदेश

न्यूयोर्क । अमेरिकी सरकारले २४ रूसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ । उनीहरूको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकाले उनीहरूलाई सो समयसम्म अमेरिका छोडिसक्न भनिएको हो । अमेरिकामा रहेको रूसी दूतावासले सो कुराको जानकारी दिएको बताइएको छ । 

अमेरिकाका लागि रूसी राजदूत एन्टोली एन्टोनोभले भन्नुभएको छ, ‘हामीलाई आगामी सेप्टम्बर ३ तारिख अगावै ती कूटनीतिज्ञले अमेरिका छोड्नु भनेर अमेरिकाले २४ जनाको सूची पठाएको छ ।’ ती रूसी कूटनीतिज्ञले निर्धारित समयमै अमेरिका छोड्ने जानकारी राजदूत एन्टोलीले दिनुभएको छ । हाल अमेरिकाले प्रवेशाज्ञामा निकै नै कडाइ गरेकाले ती २४ जनाको स्थानमा तत्कालै अरू कूटनीतिज्ञ अमेरिका नआउने पनि उहाँले बताउनुभएको छ ।


Top