वुहानका प्रत्येक नागरिकको कोरोना परीक्षण

एजेन्सी   POSTED ON : श्रावण २०, २०७८ (६:५३ AM)

वुहानका प्रत्येक नागरिकको कोरोना परीक्षण

बेजिंग । चीनको वुहान शहरका प्रत्येक नागरिकको कोरोना परीक्षण गरिने भएको छ । कोरोना भाइरसका केही संक्रमित थपिएपछि अधिकारीहरूले वुहानभरी परीक्षण गर्न लागेका हुन् । वुहान शहरमा मंगलबार ९० जना नयाँ संक्रमित पुष्टि भएको हो । राष्ट्रिय स्वास्थ्य आयोगले ९० जनामध्ये ६१ जना समुदायस्तरमै संक्रमित भएका हुन । अघिल्लो दिन ५५ जना संक्रमित भएका थिए । 

चीनको नाञ्जिङस्थित व्यस्त विमानस्थलमा पछिल्लो समय पहिलो संक्रमितको पुष्टि भएको थियो । त्यसयता दैनिक संक्रमित हुनेको संख्या बढ्नुका साथै झागिँदै गएको छ । नाञ्जिंगको करिब ९२ लाख जनसंख्यामा तीन पटक परीक्षण गरिएको छ भने कडा प्रतिबन्ध लगाइएको बताइएको छ । 

वुहान कोरोना भाइरसको उद्गमस्थल हो । वुहानमा गएको एक वर्षमा पहिलो पटक स्थानीयस्तरमा संक्रमित फेला परेका हुन । करिब एक करोड १० लाख जनसंख्या रहेको वुहानमा सन् २०१९ को उत्तराद्र्धमा कोरोनाभाइरसको पाइएपछि विश्वभरि चर्चामा आएको थियो । 

गत दश दिनमा चीनमा तीन सयजना संक्रमित पुष्टि भएको छ । चीनको १५ प्रान्तमा नयाँ संक्रमित फेला परेका हुन । संक्रमित फेला परेपछि चिनियाँ अधिकारीले लकडाउनसहित परीक्षणमा जोड दिन लागेका हुन । आन्तरिक पर्यटनको समयमा सर्वसाधारण एक स्थानबाट अर्को स्थान जाँदा कोरोनाको डेल्टा स्वरूपको संक्रमण बढेको बताइएको छ ।


Top