मोदीले राष्ट्रसंघीय सुरक्षा समिति बैठकको अध्यक्षता गर्ने

एजेन्सी   POSTED ON : श्रावण २१, २०७८ (७:१४ AM)

मोदीले राष्ट्रसंघीय सुरक्षा समिति बैठकको अध्यक्षता गर्ने

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघीय सुरक्षा समितिको अध्यक्षता गर्दै हुनुहुन्छ । यो कुनै भारतीय प्रधानमन्त्रीलाई मिलेको पहिलो अवसर हो । 

भारतीय विदेश मन्त्रालयका अनुसार अगष्ट ९ मा मोदीले भर्चुअल माध्यममार्फत समितिको बैठकको अध्यक्षता गर्नुहुनेछ । सामुद्रिक सुरक्षा कायम गर्न शान्ति र स्थिरता कायम गर्नुपर्ने बारेको सत्रको अध्यक्षता मोदीले गर्ने प्रवक्ता अरिन्दम बागचीले जनाउनु भएको छ ।

अगष्ट महीनाका लागि भारतले सुरक्षा समितिको अध्यक्षताको अवसर पाएको छ । अस्थायी सदस्यको रूपमा भारतले सातौंपटक अध्यक्षताको अवसर पाएको हो ।


Top