न्युजिल्यान्डको अन्तर्राष्ट्रिय सीमा यो वर्षको अन्त्यसम्म बन्द हुने

एजेन्सी   POSTED ON : श्रावण ३१, २०७८ (६:३२ AM)

न्युजिल्यान्डको अन्तर्राष्ट्रिय सीमा यो वर्षको अन्त्यसम्म बन्द हुने

वेलिंटन । यस वर्षको अन्त्यसम्म न्युजिल्यान्डको अन्तर्राष्ट्रिय सीमा बन्द रहने भएको छ । प्रधानमन्त्री ज्याकिन्डा आर्डेनले कोभिड–१९ संक्रमण रोकथाम र अर्थतन्त्रलाई खुला राख्न यस्तो निर्णय लिइएको बताउनुभएको हो । उहाँका अनुसार  अर्को वर्षदेखि न्युजिल्यान्डमा निजी क्वारेन्टिन मोडल लागू गरिनेछ । सन् २०२१ भित्र सबै जनसंख्यालाई खोप लगाइने सरकारको प्राथमिकता रहेको उहाँले बताउनुभयो ।

कोभिड महामारी रोकथामका लागि न्युजिल्यान्डले विश्वमै महत्वपूर्ण सफलता हासिल गरेको छ । ५० लाख जनसंख्या रहेको मुलुकमा कोभिडबाट मृत्यु हुनेको संख्या जम्मा २६ रहेको छ ।

‘हामी अहिल्यै सीमा खुला गर्ने तयारीमा छैनौं,’ प्रधानमन्त्री आर्डेनले भन्नुभयो, ‘हामी यसबाट अगाडि बढ्दा निकै सतर्क हुनेछौं । हामी जतिसक्दो धेरै आत्मविश्वासका साथ अघि बढ्न चाहन्छौं ।’

उहाँका अनुसार अर्को वर्ष न्युजिल्यान्ड खुला हुँदा कोभिडको जोखिम कम भएका मुलुकका खोप लगाएका पर्यटकलाई बिना क्वारेन्टिन भ्रमणको अनुमति मिल्नेछ ।


Top