जाम्बियाको राष्ट्रपतिमा हाकैंडे हिचिलेमा चयन

एजेन्सी   POSTED ON : भदौ ३, २०७८ (७:०० AM)

जाम्बियाको राष्ट्रपतिमा हाकैंडे हिचिलेमा चयन

लुसाका । दक्षिण अफ्रिकी मुलुक जाम्बियामा राष्ट्रपति हाकैंडे हिचिलेमा चयन हुनुभएको छ । जाम्बियामा हालै सम्पन्न चुनावमा ५० प्रतिशत मत ल्याई उहाँ विजयी भएपछि राष्ट्रपतिमा चयन हुनुभएको हो । 

युनाइटेड पार्टी फर नेसनल डेभलपमेन्ट (यूपीएनडी) का हाकैंडे कुल मतको २८ लाख प्राप्त गरी विजयी हुनुभएको हो । वर्तमान राष्ट्रपति इदगार लुंगुले १८ लाख मत प्राप्त गर्नुभएको थियो । हिचिलेमा यसअघि पाँचपटक राष्ट्रपतिको उम्मेदवार बने पनि जित हासिल गर्न सक्नुभएको थिएन । जाम्बियाको इतिहासमा कुनै पनि राष्ट्रपतिले ५० प्रतिशतभन्दा बढी मत ल्याई विजयी भएको यो पहिलोपटक हो । हाकैंडे जाम्बियाको सातांै राष्ट्रपति बन्नुभएको छ । उहाँ अर्थशास्त्री हुनुहुन्छ । 

हाकैंडेले ट्विट गर्दै जाम्बियालाई अगाडि बढाउन, पहिलो स्थानमा राख्न, सबै एकसाथ अघि बढ्नुपर्ने बताउनुभएको छ । यसका लागि सबैको साथसहयोग आवश्यक रहेको उहाँले लेख्नुभएको छ । 


Top