चीनले मनायो तिब्बतको ७०औं स्वतन्त्रता वर्षगाँठ

एजेन्सी   POSTED ON : भदौ ६, २०७८ (७:१६ AM)

चीनले मनायो तिब्बतको ७०औं स्वतन्त्रता वर्षगाँठ

ल्हासा । चीनले आफ्नो स्वायत्त क्षेत्र तिब्बतको ७०औं स्वतन्त्रता वर्षगाँठ मनाएको छ । ल्हासामा आयोजित कार्यक्रममा विभिन्न जातीय समूहका प्रतिनिधिसहित २० हजारभन्दा बढीको सहभागितमा वर्षगाँठ मनाइएको हो ।

राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) महासचिव सी जिनपिङले सुन्दर र सुखी तिब्बत निर्माण मुलुकको ठूलो सपना र अठोट रहेको शुभकामना समेत उक्त कार्यक्रममा प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा सीपीसीको राजनीतिक विभागका प्रमुख वाङ याङ मुख्य अतिथिको रूपमा सहभागी रहनुभएको थियो । 

Top